अर्थ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अर्थ सुनका कोपरा हुनेहरू  भोक ओढेर  निराहार लमतन्न पल्टेका केटाकेटीका आँखामा आँखा मिलाई   सम्पन्नताको अर्थ बुझाउन सक्छौ?   ईश्वरमा विश्वास गर्छु  भन्नेहरू  आँखाको बदला आँखा फुटाउदा  गोलीको बदला बम पड्काउदा  ज्यान गुमाएका निर्दोष निहत्थाको लासमाथि उभिएर धर्मको अर्थ बुझाउन सक्छौ ?   भौतिक भोगको लागि घम्साघम्सी गर्नेहरू   एक्लोपनमा आत्मदाह गर्ने धनकुबेरहरूलाई  हस्याङफस्याङमा सधै बेचैन हुनेलाई  अनि  अरुको राम्रो देखेर डाह भई लुटपाट हानमार गर्नेलाई  तिम्रा शैक्षिक प्रमाणपत्र च्यापेर  सन्तुष्टिको अर्थ बुझाउन सक्छौ ?   अन्तरिक्षमा रकेट पठाउनेहरू  मंगल यात्राको टिकट काट्नेहरू  यहि धर्तीमा मामुली झाडा पखालाले  लाखौँ मानिसको मृत्यु हुँदा  ति बीभत्स दृश्यको वारिपरि  बिकासको अर्थ बुझाउन सक्छौ ?   मुखमा राम राम  बगलीमा छुरा हुनेहरू व्यवहारमा बेकाम ठुला ठुला कुरा हुनेहरू अन्तर्मनको ऐना हेरेर सत्य अनि झुटको अर्थ बुझाउन सक्छौ ? http://merasabdaharu.blogspot....  

santoshlmn · Sep 4, 2013 10:56 AM · 13,417 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all