निःसर्त 'गोलमेच सम्मेलन’ (15 Votes) 1 2 3 4 5 सौरभ २ मोहन वैद्य एन्ड कम्पनीविरुद्ध सञ्चारमा सुरु हुनथालेको आक्रमण सुनियोजित नै होला । तर नेपालीहरूको बिर्सने रोग पनि यसको अत्यन्त प्रबल कारक हो । अग्रगामीका नाममा आकाशे र परिवर्तनकारीका नाममा सैलुङ्गे हुने चिन्तन प्रवृत्तिको कुनै जग नै छैन । पृष्ठभूमि एक : ठ्याम्मै ऐना क) त्रिभुवनलाई भगाएर पाल्पा पुर्‍याउने र मोहनशमशेरलाई बर्खास्त गर्ने योजना त्यतिबेला तुहियो, जब एरिका ल्युस्ट्यागले यो सूचना सीपीएन सिंहलाई चुहाइन् । फलस्वरूप, त्रिभुवनलाई दिल्ली भगाइयो । त्यसैगरी जब माओवादी र इतर दलहरू रोल्पामा बैठक गर्न एकातिर तयारी गर्दै थिए, अर्कोतिर पश्चिम पनि आफ्नो हात माथि पार्न उनीहरूलाई जेनेभा लैजान खोज्दै थियो, त्यही बेला अन्ततः दिल्लीमै १२ बुँदे समझदारीका निम्ति उनीहरूलाई लगियो । ख) राणाहरू र कांग्रेसका नेताहरूले सम्झौता गर्नुअघि एकअर्कोलाई कहिल्यै भेट्न पाएनन् । उनीहरू बीचको कुराकानी बिचौलियाले ओसारे उतिबेला । यतिबेला पनि माओवादी र इतर दलहरू बीचको १२ बुँदे, जसले बिना दुई पक्षसँगको सल्लाहमा लेख्यो हिन्दी भाषामा, उही राजदूत भएर आउँदैछन् । ग) त्यतिबेला पनि तीनजना सहिद -शुक्रराजबाहेक) दिने प्रजापरिषदका नेता टंकप्रसाद आचार्य नेपालका जेलमै थिए, दिल्लीमा सम्झौता हुँदा । यतिबेला पनि १२ बुँदे समझदारी हुँदा हजारौंको बलिदान सुरुवात गर्ने माओवादी विद्रोहका नेताहरू वैद्य र गजुरेल भारतीय जेलमै थिए । घ) त्यतिबेला पनि नेपालले स्थापना गरेको बेबी किङ (ज्ञानेन्द्र) लाई भारतले अस्वीकार गरेर त्रिभुवनलाई ल्याएको थियो । यतिबेला पनि नेपालमा कुरा उठेको बेबी किङ -हृदयेन्द्र) लाई उसैले अस्वीकार गरायो । (राणाहरूले ज्ञानेन्द्रलाई स्थापना नगरिहालेको भए भन्न सकिन्न के हुन्थ्यो ?) ङ) त्यतिबेला पनि महासामन्त, शोषक दरिएका भए पनि राष्ट्रिय निर्णयको मियो राणातन्त्र फालिएको थियो । यतिबेला महासामन्त, हैकमवादी दरिएको भए पनि राष्ट्रिय स्वार्थमा सम्झौता गर्न नसक्ने राजतन्त्र उसले फालेर छोड्यो (कालापानीको अपवादबाहेक) । च) त्यतिबेला पनि ऊसँग हरेकपल्ट सल्लाह लिने र उसको आदेश पर्खने मातृकाप्रसाद कोइरालाहरू पि्रय थिए । यतिबेला सयौं मातृकाप्रसाद कोइराला उसका दाबेदार छन् । छ) २००७ सालपछि मातृकाप्रसाद कोइरालाले हिन्दीलाई राष्ट्रिय भाषा बनाउन वकालत गरे, २०६३ पछि परमानन्दले गरे । ज) उसबेला सन् १९५४ मा नेहरूले चीनबारे कुनै पनि कुरा गर्दा आफूलाई सोध्न गरेको प्रस्ताव त्रिभुवनले अस्वीकार गरेका थिए । १९८९ मा वीरेन्द्रले त्यस्तै खालको सन्धि अस्वीकार गरे । २००८ मा शिवशंकर मुखर्जीले नेपालका निम्ति लेखिएको संविधानको हिन्दी र अंग्रेजी प्रति गिरिजाप्रसाद कोइरालालाई बुझाए,बाबुरामले सार्वजनिक गरेको प्रति त्यही हो । २०६३ मा परराष्ट्र र रक्षा भारतलाई दिने हो भने सडक आन्दोलन बन्द गरिदिन्छौं भनेर कर्ण सिंहले ज्ञानेन्द्रलाई भनेकै हो । अर्थात् २०६३ सालको कथित परिवर्तन, २००७ सालको भारतीय व्यवस्थापनको ठ्याम्मै ऐनामात्रै हो । मोहन वैद्य एन्ड कम्पनी त्यसलाई उल्टाउन चाहन्छ र बिनाबिचौलिया नेपाली-नेपालीबीच नै गोप्य सहमति सम्झौतामा पुग्न चाहन्छ भने परम्परागत बिचौलिया र उसका मतियारहरूलाई झोक चल्नु स्वाभाविक हो । आफ्नो खाइपाइ आएको बजार वैद्यले बिथोलिदिन खोज्नु मनपर्ने कुरा पनि भएन । पृष्ठभूमि दुईः सूत्रधार क) 'एकमाथि कसैले आक्रमण गर्‍यो भने अर्काेले नसहने' भनेर नेहरूले भनेका हुँदा नै हिमाल हाम्रो सिमाना हो भन्ने कुराप्रति विश्वेश्वरप्रसाद कोइराला लगायतको प्रतिवाद आएको हो । तर के भुल्नु हुँदैन भने पछिबाट नेहरूले गल्ती स्वीकार गरे पनि हिमालयलाई सीमा मान्ने भारतको रक्षानीतिका प्रेरक नेहरू नै हुन् । ख) हृदयरोगी त्रिभुवनको अन्तिम जेनेभा यात्राका बेला सुतेर जान मिल्ने सिट भएको पानआम एयरलाइन्सको टिकट रद्द गराई बसेर जानुपर्ने इन्डियन एयरवेजको विमान चढेर जान आदेश दिने/बाध्य पार्ने नेहरू नै थिए । अर्थात् मिजोरम, नागाल्यान्ड, असम, दार्जिलिङ, बंगाल लगायतका नेपालीलाई दुःख दिने नीतिका प्रेरक उनै हुन् । ग) छिप्पिँदो साँझ त्रिभुवन लैनचौर छिर्ने बित्तिकै नेहरूले हटलाइनमा भनेका थिए, 'सिंह तुम ने प्रशंसनीय काम किया है ।' सिंहको जवाफ थियो, 'पण्डितजी आप जिते रहिए । ऐसा काम हम बहुत करेंगे ।' अर्थात् दिल्लीको मध्यस्थबिना नेपाललाई आन्तरिक निर्णय गर्ने अधिकार छैन भन्ने मान्यताका प्रेरक नेहरू नै हुन् । घ) दिल्ली पुगेपछि तेञ्जिङ शेर्पालाई 'नेपाली हुँ भन्नु' भनी एकजोर दौरासुरुवाल राजदूत विजयशमशेरले दिँदा तेञ्जिङले भने- 'थाहा छ, थाहा छ ।' नेपाली दूतावासमा पत्नी छोराछोरीसहित बसे उनी, छ्याङ मगाई खाए पनि । तर भोलिपल्ट बिहान भारतीय राहदानी थमाएर 'ये पश्चिम बंगाल निवासी हैं' भनियो । अर्थात् वाल्मीकि आश्रम, बुद्धमाथिको दाबी, भीएस नयपालदेखि उत्तमनारायण राजभण्डारीसम्मलाई भारतीय भन्ने प्रवृत्ति, उदितनारायणदेखि आचार्य बालकृष्णसम्मलाई भारतीय हुँ भन्नुपर्ने बाध्यता आदि संस्कृतिका मूल सूत्रधार नेहरू नै हुन् । ङ) काठमाडौंमा अभिनन्दन सकिएपछि पूर्णबहादुर एमएले पञ्चशीलबारे जब कुरा उठाए, 'कहाँ हैं पञ्चशील, पञ्चशील किस ने माना हैं ?' भने नेहरूले । अर्थात् यी सीमा मिचाइ, हस्तक्षेप, कूटनीतिक मर्यादा अवहेलनाका सूत्रधार पनि उनी नै हुन् । च) नेहरूले जिन्नालाई प्रधानमन्त्री मान्न अस्वीकार गर्दा नै पाकिस्तान बनेको हो भन्ने कुरा रिचर्ड एटेनबरो अभिनित गान्धी सिनेमामै छ । नेहरूले गर्दा नै १९६२ को चीनसँग युद्ध भएको हो भन्ने नेभिल म्याक्सवेलको सन् १९७० मा प्रकाशित 'इन्डियाज-चाइना वार'को भनाइ छ भन्ने सुनिएको छ । यसलाई भारतले प्रतिबन्धित गरेको छ । अर्थात् छिमेकमा प्रतिरोधीहरू जन्माउने र छिमेकीहरूसँग सम्बन्ध बिगार्ने अभियानका मूल सूत्रधार नेहरू नै हुन् । छ) माथि बुँदा 'ञ'मै भनिसकियो, नेपालको रक्षा र परराष्ट्र हातमा पार्ने बारम्बारको भारतीय प्रयत्नका सूत्रधार पनि नेहरू नै हुन् । अब बुझ्नु, नबुझ्नु पाठकहरूको कुरा । पृष्ठभूमि तीनः पुरानो बोतल क) सुवर्णशमशेर राणालाई नेपालको राष्ट्रपति हुने प्रस्ताव उसले राखेको थियो भन्ने कुरा छापामै आइसकेको छ । ख) गणेशमान सिंहलाई राष्ट्रपति हुने प्रस्ताव राखेको कुरा मंगलादेवी सिंहको मुखबाट निस्केर छापामै छरिएको हो । ग) पुस २०६० मा इन्दिरा गान्धी विमानस्थलमा एमाले नेता ईश्वर पोखरेललाई सिभिल ड्रेसका भारतीय सुरक्षा अधिकारीहरूले चौध घन्टा राखेर अन्त्यमा तिमीहरू 'किन गणतन्त्रतर्फ नगएका ?' भनेको कुरा छापामै आएको हो । घ) २०५९ मै यतिबेला नेपाल आउँदै गरेको राजदूतले अमेरिकाभरि 'नेपालमा अब गणतन्त्र आउँदैछ' भनेको कुरा विकिलिक्सबाट सार्वजनिक भएकै हो । ङ) गिरिजाप्रसाद कोइरालालाई होइन, रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउन खोज्दा नसकिने भएपछि अन्ततः रामवरण यादव र परमानन्दहरू छानिएको अझै यथार्थ छ । निर्क्यौल के भने नेपालको राजतन्त्र अत्यन्त अपि्रय रह्यो । त्यो व्यापारी बन्यो । हरेक उद्योग र व्यापारमा सेयर खोजेर त्यो बोझिलो भयो । नेपालीहरू अशिक्षा र गरिबीमा जेलिए । विदेशमा नोकर हुन बाध्य भए । पक्कै हो । तर त्यसलाई फाल्ने कुरामा नेपालीहरूलाई भन्दा बढी भारतको त्यत्रो चासो र सक्रियता किन ६० वर्षदेखि थियो भन्ने कुरा रहस्यमय छैन ? मोहन वैद्यले राजतन्त्रको कुरा होइन, सार्वभौमसत्ताको पोषण हुने शब्दहरू प्रयोग गर्ने बित्तिकै भारतका मतियारहरू किन सञ्चारमा कुर्लिन्छन् ? बुझ्नु-नबुझ्नु पाठकहरूको कुरा । त्रिपुरेश्वरको डब्लुटीसीमा प्रदर्शन गर्न खोज्दा लैनचौरले परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय गुहारेर आजसम्म 'गे्रटर नेपाल' वृत्तचित्र चलाउन नदिनु, तर आफ्नै गतिले राजतन्त्र गएको हो भन्ने 'द लास्ट मोनार्क' चल्न पाउनुको रहस्य के हो ? भन्ने बुझिँदैन भने नेपालीका घैंटामा कहिल्यै घाम लाग्दैन । पुछारमाः एक क) ज्ञानेन्द्रलाई थुन्नुपर्छ भन्ने बाबुराम पहिलो होइनन् । माधव नेपालले करिब दुई महिनाअघि छापामै भनेका हुन् । र करिब दुई वर्षअघि पनि । तर २०४६ सालमा ललितपुरमा बसेको मालेको बैठकमा भारतीय सेना बोलाएर भए पनि जनआन्दोलन गर्नुपर्छ भन्ने माधव नेपाल नयाँ अवतार हुन्, सन् १९५१-५३ बीच तीन-तीनपल्ट भारतीय सेना बोलाउने मातृकाप्रसाद कोइरालाका । ख) जनमत संग्रह आजभोलि नेपालको थेगो हो । सम्भवतः कर्ण सिंहबाट जनमत संग्रह भन्ने थेगो सिक्ने कमल थापाको अनुकरण हो यो । तर १५ जेठ २०६३ मा नितान्त गैरनिर्वाचित सदस्यले ल्याएका प्रस्तावहरू जनमत संग्रहबाट आएका हुन् ? सकेदेखि माधव नेपालले संयुक्त राष्ट्रसंघमा कस्मिरमाथि जनमत संग्रह गरिनेछ भनेर वचन दिने नेहरूको इच्छाचाहिँ तिमीहरूले साकार किन नगरेको हो ? भनेर दिल्लीलाई सोधे हुने थियो । 'इकोनमिक टाइम्स'का सम्पादक स्वामीनाथन ऐयर र अरुन्धती रोयहरूले नै त्यो कुरा उठाइसकेपछि भारतको कोपभाजन त पक्कै भइँदैन होला ! पुछारमाः दुई क) १२ बुँदे समझदारीमा नेपालले भारत र चीनसँग विशेष सम्बन्ध राख्छ भनिएको छ । यो विशेष सम्बन्धलाई अस्वीकार गरेकैले राणा-कांग्रेस दिल्ली सम्झौताका यावत् विरोधीदेखि महेन्द्र-वीरेन्द्र-ज्ञानेन्द्रसम्म सबै उसका निम्ति अलोकप्रिय भएका हुन् । माओवादी नफुट्दै सीपी गजुरेलले अंग्रेजीको 'द हिमालयन टाइम्स'मा 'पलिसी अफ इक्विडिस्ट्यान्स' लेखे । यसरी गजुरेल भारतका आँखामा आजीवन आँखाको कसिंगर हुनपुगे । अब गजुरेल मन्त्री बन्न नपाएर भड्किएको भन्ने दुष्प्रचार गरिरहने कि एउटा राष्ट्रप्रेमीले रणवीर सुब्बाको हालत किन बेहोर्नुपर्ने भनी सोच्ने ? ख) गोलमेच सम्मेलनको अर्थ पंक्तिकारले बुझेसम्म सर्वदलीय सम्मेलन होइन, सर्वपक्षीय हो । तर नेपाली-नेपालीहरू नै मुस्ताङको कुनै कन्दराभित्रको गुफामा बसेर एउटा साझा निर्णय लेलान् भन्ने सन्त्रासले पारि उर्लेको उखरमाउलो पिरलो नबुझेर वैद्यमाथि यावत् हुंकार खनिनु भनेको आफैंलाई नचिन्नु हो । वैद्यको स्टालिनवादी सोच र जडसूत्रवाद लागू नै गर्नचाहिँ नब्बे डिग्रीको मुस्ताङे भीर हुनेछ भन्ने उनैलाई पनि थाहा होला नै । ग) अर्कोतिर टुंगिइसकेको संविधानसभाले गरिसकेका निर्णयहरूलाई यथावत् राखेर अरु नमिलेका कुरामात्रै गर्ने भनी कम्तीमा तीन महिनाको लागि त्यसलाई ब्युँताएर धर्मनिरपेक्षता लाद्ने अभियानमा पश्चिमा फिरंगीहरू पैसाका बोरा बोकेर पूरै लागेका छन् । घ) बोर्डर सेक्युरिटी फोर्समा परिणत भइदेलान् माओवादी डफ्फाहरू भनेर छापामारहरूलाई सेनामा रातारात मिसाइएको बुझ्न जति गाह्रो छैन, त्यसमा वैद्य एन्ड कम्पनी आगो हुनु पनि गलत होइन । अधिनायकवादीहरू अन्ततः मिल्छन् भन्नेहरूले के बुझ्दा वेश हुनेछ भने अधिनायकवादीहरूको निन्दाले आफू प्रजातन्त्रवादी भएको सावित गर्दैन, बरु उल्टो दिल्लीको नुन यसले पनि चाटेछ भन्ने सार्वजनिक पुष्टि गरिदिन्छ । अन्त्यमा, शब्दकल्पद्रुमले दुईवटा 'श्री' नोकरलाई र चारवटा 'श्री' शत्रुलाई लाग्छ भनेको छ । यसैले नेवारहरू भगवानको नोकर बनेका राजालाई जुजु -श्रीको पर्यायवाची जय हो) भन्छन् । त्यसैगरी अहिले चार श्री अर्थात् नेपालकै शत्रुहरूको सिन्डिकेट राज्य चलेको छ, जो १२ बुँदेमा विशेष सम्बन्धमाथि सही गरेकाले जी-हजुरी गर्न बाध्य छन् । यो नेपाल सरकार नै होइन । हालत कतिसम्म पुगेको छ भने एक पूर्व असक्षमले फेरि पनि असक्षम घोषित हुने मौका नपाओस् भनी अर्काेले दिल्लीमा उपचारको निहुँमा बेलाबेला धर्ना कसिरहन्छ । चुनाव हुनुपर्छ भन्ने कुरामा शंका छैन । तर कथित संविधानसभाले दिने संविधानमा विशेष सम्बन्ध र धर्मनिरपेक्षताको बुँदा हुनेछ नै । यो भनेको १९५० को सन्धिभन्दा खतरनाक व्यवस्था हो । ६० वर्षदेखि खोज्दै आएको रक्षा र परराष्ट्रमाथिको पकड विदेशले प्राप्त गर्नु हो । त्यस विरुद्ध वैद्यवादी, ज्ञानेन्द्रवादी, जेलमा परेका चाल्र्स शोभराजका अह्रौटाहरू जोसुकै जान्छन् भने पनि प्रशंसनीय छन् । 'मुस्ताङफेस क्रुकहरू' जति मुर्मुरिए पनि हुन्छ । किनभने तिनलाई थाहा छ, एमाओवादी पश्चिम र भारतको संयुक्त कमाण्डमा नेपालविरुद्ध भएको 'प्रोक्सी वार'को 'फ्रन्ट रनर' हो । - See more at: http://www.ekantipur.com/np/20...
_____ · Sep 4, 2013 8:30 AM · 12,271 views
Very nice article. This is the type of an article that would keep a person thinking for a long time even after reading. Thanks for the share.
worldwideweb · Sep 4, 2013 12:09 PM
Nice article, gets me thinking, but I am not able to discern many facts from fiction. Although I agree with main theme, that all Nepali should have their own internal agreement or consensus among ourselves, I do not agree with many pot-shots at people, parties, or ideas.
santoshlmn · Sep 4, 2013 1:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion