नेपाली हरुले नेपाल पर्ती को भारतीय व्यवहार ठिक छैन भनेर दसकौ देखि भन्दै आएका छन्. नेपाल भारत सम्बन्ध मा भारत को व्यवहार बाधक रहेको कुरा पनि भन्दै आएका छन् . भारत ले आफ्नो बानि सछौन पर्ने पनि भन्दै आएका छन् कति पाए ले एस्लाई नेपाली को भारत बिरोधि भावना पनि भन्छन तर हाल बेजिंग मा भारतीय राजदुत ले राखे को भनाइ सुन्दा नेपाल भारत सम्बन्ध मा नेपाल को भनाइ ठिक देखिन्छ , तल को लेख पढ्नुस भारतको चीन र नेपाल दृष्टि करबि दुई साताअघि नयाँदिल्लीस्थित अब्जर्वर रसिर्च फाउन्डेसन (ओआरएफ) र चीनको विदेश मामिला विश्वविद्यालयको संयुक्त आयोजनामा बेइजिङ्मा भएको एक अन्तरक्रियासम्बन्धी समाचार भारतीय सञ्चार माध्यमबाट सार्वजनिक भयो। समाचार अनुसार बन्द ढोकाभित्र भएको भनिएको 'पुरानो सम्बन्ध-नयाँ मोडल' शीर्षकको त्यस छलफलमा चीनमा भारतका राजदूत एस जयशंकरले 'सिमानामा भएको कुनै पनि गतिरोधले द्विपक्षीय सम्बन्धको सुधारमा सर्वसाधारणको नजरमा ठूलो महत्त्व राख्ने' बताएका थिए। राजदूत जयशंकरको अभिव्यक्ति ठूलो भूभाग ओगटेका, 'अब एसियाको विश्व शताब्दी' भनिएको समयका प्रमुख राष्ट्र चीन र भारतका सम्बन्धको सन्दर्भमा मात्र लागू हुने हो कि अन्यका सन्दर्भमा पनि? तर, ठूला राष्ट्रबीचको सम्बन्धमा मात्र लागू हुने, अन्यका हकमा नहुने भन्ने त पक्कै नहोला। गत अपि्रल (चैत-वैशाख)मा नियन्त्रण रेखा नाघी भारतीय सीमा क्षेत्रमा पुगेका चिनियाँ जनमुक्ति सेनालाई फिर्ता पठाउन राजदूत जयशंकरले निकै प्रयास गर्नुपरेको थियो। दुवै पक्षका दिग्गज विश्लेषकहरूले भाग लिएको बेइजिङ्को छलफलमा जयशंकरले भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा रक्षामन्त्री एके एन्थोनीले सीमा क्षेत्रको शान्तिमा निकै महत्त्व दिएको जानकारी सहभागीहरूलाई गराएका थिए। र, उनले 'आजको दिनमा द्वन्द्व र मुकाबिलालाई रोकथाम गर्नुपर्ने काम विवादरहित छ। तसर्थ, भारत र चीनका बीचको विवादित सीमा क्षेत्रमा शान्ति र अमनचैन कायम राख्नु अहिलेको मुख्य कार्य हो' भनेछन्। आफ्ना प्रधानमन्त्री र रक्षामन्त्रीको भनाइमा सहभागीहरूको ध्यानाकर्षण गर्दै शान्ति र अमनचैन बिगि्रए त्यसबाट दुई मुलुकबीचको विस्तृत सम्बन्धमा पनि खलल पर्न सक्ने उनले बताएछन्। बेइजिङ्को यस्तो छलफलसम्बन्धी समाचारबाट यो टिप्पणीकर्तालाई नेपाल-भारतबीचको खुला सिमाना कहिले पूर्व त कहिले पश्चिममा सीमा स्तम्भ हटाइएको, दसगजा नै मासेर भारतीय सीमा सुरक्षा बल (बीएसएफ)को भवन बनाइएको, एकतर्फी रूपमा सीमा सारिएका कुराहरू बारम्बार समाचारमा आइरहेको झलझली सम्झना भयो। यी प्रसंगमा हाम्रो परराष्ट्र मन्त्रालय तथा नयाँदिल्लीस्थित राजदूतावासले नै कहिल्यै भारतीय पक्षको ध्यानसम्म पनि आकर्षण गरेको खबर सुन्न पाइएको छैन। भारतको नजरमा त्यति नजँचिएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले हालैको बाँकेको आफ्नो भ्रमणको अनुभव संगाली भारत भ्रमणका दौरान भारतीय अधिकारीहरूसमक्ष त्यस क्षेत्रको डुबानबारे कुरा उठाएको भने सार्वजनिक जानकारीमा आयो। हो, भारत हामीभन्दा ठूलो छ। शक्तिशाली छ। राजकाज चलाउनमा समेत हामीलाई उसको मद्दत चाहिन्छ भन्ने हाम्रा नेताहरूले सोच्नु स्वाभाविक छ। तर, आफ्नो मर्काका कुरा त कम शक्तिशालीले बढी शक्तिशालीलाई यस्ता बैठकमार्फत भन्न मिल्ने रहेछ। र, अर्को पक्षले सुन्नु पनि त पर्ने रहेछ। त्यही नै देखियो बेइजिङ्मा। अर्को कुरा भर्खरै सीमामा त्यत्रो गतिरोध समाप्त भएको मुलुकका बीचमा समेत लगत्तै छलफल त हुन सक्ने रहेछ भन्ने पनि त्यस बैठकले प्रमाणित गरिदिएको छ। हामीचाहिँ यस्तै बैठक बीच-बीचमा नयाँ दिल्लीमा किन गर्न सक्दैनौँ? तथाकथित बुद्धिजीवी/प्राध्यापक/अग्रणी नागरकि पनि किन सधैँ चुप मात्रै लागेका? दैनिकजसो देखिने/सुनिने साधारण व्यवहार मात्र पनि गर्न जाने छिमेकीले हामीलाई यसरी हेप्न पाउने थिएनन्। केही बोल्ने बित्तिकै सैनिक नै छिराउँछन् भनेर डराउनुपर्ने जमाना अहिले होइन। देखावटी रूपमै भए पनि पञ्चायतकालमा अहिले जसरी भारतीयले हस्तक्षेप गर्ने साहस गर्दैनथे। जयशंकरले चीनमा ब्रह्मपुत्र तथा अन्य नदीहरूमा निर्माण भइरहेको बाँध एवं संरचनाहरूका बारेमा भारतको चासो रहेको बताउँदै त्यसलाई चीनले सम्बोधन गर्नुपर्ने तर्क गरेछन्। र, उनले कानुनको साँघुरो घेराबाहेक पनि सोच्नु जरुरी रहेको छ। किनभने, भारत र चीनले छिमेकीका नाताले पनि एउटा बृहत् राजनीतिक दृष्टिकोण निर्माण गर्नुपर्ने परिस्थितिको सामना गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेछन्। सायद जयशंकरले वर्तमान विश्व राजनीतिको परपि्रेक्ष्यमा त्यसो भनेका होलान्। उनको भनाइ यस पंक्तिकारलाई असाध्यै घत लाग्यो। त्यसैले यससम्बन्धी समाचार छापिएको 'क्लिपिङ्' संलग्न राखी हाम्रो विश्व सम्बन्ध परिषदले भारतीय विदेश मन्त्रालय 'साउथ ब्लक'मा एउटा पत्र पठाइदिने हो कि, सचेतनाका लागि? नेपालको सिमानाका 'महली सागर'हरू र पूर्व-पश्चिम तेस्र्याइएका 'सडक'हरूमा जयशंकरले भनेजस्तै राजनीतिक दृष्टिकोणको आवश्यकता त नपर्ला तर पाकिस्तान, श्रीलंका र वंगलादेश पनि त छन् वरपर, त्यसको हेक्का रहनुपर्ने होइन? जयशंकरले चीनमा नदीहरूमा भइरहेका विकास निर्माणबाट भारतलाई प्रभाव पर्ने प्रसंग त झिके, भारतले नेपालको मतलब नै नराखी सीमा क्षेत्रका हाम्रा वस्ती र खेत डुबानमा पर्ने गरी बनाएका संरचनाबारेमा सोच्ने कि नसोच्ने? यो क्षेत्रको बृहत् राजनीतिक दृष्टिकोणमा नेपालीहरूको भूमिका हुनुपर्ने कि नपर्ने? दक्षिण एसिया भनेको भारत मात्रै हो भनेर चीनले पनि त बुझ्दैन होला? दक्षिण एसियाका अन्य मुलुकबारे भारतीय विदेश नीति निर्माणमा मूलभूत रूपमै कहीँनेर दृष्टिकोण (भिजन)मा त्रुटि छ। अधिकांशतः आफू स्वतन्त्र हुनुअघिको औपनिवेशिक राष्ट्रको नीतिकै निरन्तरतालाई जानी नजानी उसले पछ्याएको छ। अझ नीतिभन्दा पनि बढी अचेतन मनले नै धेरै क्रियाकलापलाई निर्देशित गरेको छ। समष्टिमा भन्नुपर्दा नेपालबारेका गतिविधिमा भारतका करबि करबि सबै शक्तिको दृष्टिकोण एउटै हो। तर, यसबाट उसलाई दशकौँदेखि धेरै घाटा पनि भएको छ। अरूलाई 'मोरलाइज' बनाउन अग्रणी हुने भारत आफ्नै छिमेकमा निरन्तर गल्ती गर्दै छ। यसलाई चाहिँ कसरी सच्याउने? कि नसच्याउने ? http://www.ekantipur.com/nepal...
_____ · Sep 2, 2013 9:17 AM · 1,448 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion