विद्युत प्राधिकरणका निर्देशकसहित १० प्रक्राउ धरहराबारे अख्तियारले गल्ती सच्यायो १६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सर्फमर खरिद प्रकरणमा नेपाल विद्युत प्राधिकरणका निर्देशक अर्जुनकुमार चौहानसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा सहनिर्देशकबाट अबकास पाएका शिशिरबम थापा, उपनिर्देशक महेशकुमार कार्की, तत्कालिन महाप्रवन्धक युगलकिशोर साह, प्रवन्धक हरिबहादुर गःसी, सहायक प्रवन्धक निमेशकुमार पोखरेल, इलेक्टि्रकल इन्जिनियर बिनोदकुमार स्वर्णकार, उपप्रवन्धक मनोज बराल, सहायक इलेक्टि्रकल इन्जिनियर रामबिजुल मंडल, इन्जिनियर सुरजप्रसाद साह रहेका छन् । गुणस्तरहीन ट्रान्सर्फमर खरिद गरि विद्युत प्राधिकरणलाई ४१ करोडभन्दा बढी नाक्सानी पुर्‍याएको दावीसहित अख्तियारले कार्यकारी निर्देशक रामेश्वर यादवसहितका २२ कर्मचारी, ३ चिनियाँ निर्यातकर्ता र एक नेपाली एजेन्टविरुद्ध भदौ ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ । धरहराबारे अख्तियारले गल्ती सच्यायो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा विचारधीन काठमाडौंको धरहरासम्बन्धी छानविन प्रक्रिया अघि बढाएकोमा ‘थाहा नभएर त्यसो गरिएको’ भन्दै आफूले गरेको निर्णय स्थगित गरेको छ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहरालाई व्यवस्थित बनाउने नाममा हनुमानढोका परिसरलाई समेत समेटेर प्रवेश शुल्क लिएको विरोधमा अख्तियारमा उजुरी परेको थियो । सो उजुरीमाथि भदौ १३ गते अख्तियारले छानविन अघि बढाउने निर्णय गरेको थियो । तर, धरहरासम्बन्धी मुद्दा सर्वाेच्चमा विचाराधीन रहेको र सो मुद्दा आइतबार पेशीमा चढेको थापा अख्तियार धरहरासम्बन्धी छानविनबाट पछि हटेको हो । ‘सर्वोच्च अदालतबाट भदौ १६ गते प्रकाशित दैनिक पेशी सुची हेर्दा उत्प्रेषण मुद्दा हाल विचाराधीन अवस्थामा रहेको पाइएकोले स्वतन्त्र न्यायपालिको अवधारणालाई आत्मसात गर्दै हाल आयोगबाट भदौ १३ को निर्णय स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ ।’ आइतबार अख्तियारबाट जारी विज्ञप्तिमा भनिएको छ । अदालतबाट पेशी तोकिएको बारे यसअघि अख्तियारलाई थाहै नभएको विज्ञप्तिमा उल्लेख छ ।
_____ · Sep 1, 2013 8:41 AM · 1,394 views
अपुस्ट समाचार : अक्तियारको यो पोजिसनको लागि सार्बजनिक बिज्ञापन गरिएको थियो रे ? कुरा चुटेका हुनकी सत्य कुरा हो ?
MaGorkhe1 · Sep 2, 2013 7:27 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion