हो मलाई भट्टी मन पर्छ किनकी म जड्या हुँ मलाई जाड को मातमा लट्ठ हुन मन पर्छ आँफै लाई बिर्सने गरी पिउन मन पर्छ हो तेसैले मलाई भट्टी मन पर्छ तिमी जिन्दगी बुज्न कहाँ जान्छौ ? कती पैसा खर्च गरि कहाँ कहाँ चहार्छौ म त भट्टी जान्छु किन की म त्यहाँ संसार देख्छु म त्यहाँ जित को मात देख्छु हार को पीडा देख्छु शुभारम्भ को शुभकामना देख्छु अन्त्य को थकाई भेट्छु म भट्टी मा सारा दुनियाँ देख्छु हो तेसैले मलाई भट्टी मन पर्छ भट्टी मेरो साथी हो , हिजो खुशी थिए त्यहाँ गएर रम रम रमे आज दुखि छु गएर झम झम झुम्छु भट्टी अरु जस्तो स्वार्थी छैन काम पर्दा मात्र मलाई सम्झदैन बरु म स्वार्थी हुँ पिउन पर्दा मात्र सम्झन्छु दु:ख मा खुशी मा हासो मा अनि पीडा मा तै पनि भट्टी मेरो साथ छोर्दैन हो तेसैले मलाई भट्टी मन पर्छ भट्टी र मेरो समन्ध गोप्य छ चोरी चोरी माया गर्ने प्रेमी को जस्तो उ बद्नाम छे मलाई दिल खोलेर आउ भन्न सक्दिन म समाज को अगाडि उस्को मा जान्छु भन्न सक्दिन तर म जब जान्छु उ मेरै प्रतिक्ष्या मा हुन्छे प्याला भरी लियेर मलाई स्वागत गर्छे मलाई सदा झै माया गर्छे मैले पिउन सकुन झेल म नढलुन्झेल हो भट्टी मेरो नजायज प्रेमिका हो तेसैले मलाई भट्टी मन पर्छ तिमी भट्टी लाई के भन्छौ ? म त ज्ञान को भन्डार भन्छु मोटा पुस्तक बाट नपाउने ज्ञान म त्यहाँ पाउछु म त्यहाँ बाट जिन्दगी जिउने ढाढस पाउछु , म हारेको बेला , हिंड्न नसकेर लर्बराएको बेला बाटो नदेखेर अल्मलियेको बेला म भट्टी धाउछु अनि नयाँ जोस नयाँ जागर नयाँ साहस नयाँ योजना लियेर आउछु भट्टी मेरो अन्तर आत्मिय शक्ति हो हो तेसैले मलाई भट्टी मन पर्छ भट्टी मन्दिर हो मानिस त्यहाँ कैले झुट बोल्दैन को ठुलो को सानो को धनी को गरिब त्यहाँ सब समान छन नतमस्तक भएर सब झुकेर भट्टी धाउछन हप्तै पिच्छे हरेक पर्ब मा हरेक अबसर मा हो भट्टि भगवान हो मेरो लागि तेसैले मलाई भट्टी मन पर्छ ।। (Note :मध्यपान स्वास्थ को लागि हानिकारक छ तर जिन्दगी को अर्थ तेसमै निहित छ ) Last edited: 30-Aug-13 12:38 PM
amricane · Aug 30, 2013 12:36 PM · 22,505 views
बरु म स्वार्थी हुँ पिउन पर्दा मात्र सम्झन्छु ........वाह.....मुख नै रसायो मित्र को बेदना ले ......आज सम्झने पालो मेरो .thanx bro ..you fixed my evening.
samvoo · Aug 30, 2013 2:44 PM
Amricane, Man, you made my day. I wish I can go to bhatti today. That green curtain and chwela, bodi, alu, chiura, kachila on steel BATAs. A small glass that is also used to drink tea. JARKIN bends and SOMRAAS gets poured into the glass as if the glass was thirsty for months. Garlic in SANDHEKO BHATMAAS makes you cry a bit as something runs up to your spine through nose when you bite it. Then things go on. After a while sekuwa or chwela with baji comes to your table. However, you won't care much about that. Instead you ask the bhatti pasale : DD euta Surya ra salai dinus na !!
daum · Aug 30, 2013 3:48 PM
माने अमेरिकाने सर माने ! दिलखुश ! माड्धाद ! तोद्फाद ! सफाचट ! ठेलठाल !!! वाह ! क्या माल !!! क्या माल !!! क्या माल !!!
ramprasadneupane · Aug 30, 2013 5:16 PM
Good one americane! Keep up with such writing.
santoshlmn · Sep 4, 2013 10:59 AM
अम्रिकेन साथी , घच्चीको लाग्यो कविता ...मलाई पनि भट्टी मन पर्छ र माथि तपाईंले देको कारण र अझै अन्य कारण ले मन पर्छ, केहि चै यिनै हुन् .. ... त्यहाँ दिनभरी को रित्तो खल्ती वालाहरुको भोको पेट भरिन्छ ... ...त्यहाँ हरेक सपना र आशा उड्ने मौलाउने आकाश भेटिन्छ..केहि पललाइ नै किन नहोस.... ... त्यहाँ ढुसी र रक्सिको मिश्रित गन्ध संगै मनका कुण्ठाहरु हाक्काहाक्की भनिन्छ ..... ... भित्ताको पुरानो पोस्टर अनि तेस्मथी पोतिएको नया चुनाको रंग जीवनरंग सरि कतै कतै लात्पतिन्छ .. ...एक प्याला पछिको एक खिल्ली चुरोट जीवनभरीको रेटाइ मा एक पलको आनन्द भेटाइ जस्तो ठानिन्छ ... ...त्यहाँ एक फ्वाँको चिउरा र अलिकति सितन संगै अहिलेमा रमाईन्छ ....... .... त्यहाँ हरेक कहानीले जीवन अनि हरेक जीवनमा कहानी येही भेटिन्छ ....त्यसैले मलाई पनि भट्टी मन पर्छ अम्रिकेन साथि ...साएद त्यसैले मलाई पनि भट्टी मन पर्छ - थाहा छैन
ThahaChaena · Sep 5, 2013 2:13 PM
On a similar theme, I had written this a while ago: भोका अनि मदिराहरू भोक लाग्दा कङ्गालहरू भातको ज्युनारभन्दा मदिराको मात रुचाउँने गर्छन् चाहे कलेजो छिया छिया भएर छताछुल्ल किन नहोस एकपल्ट विरह विर्सन आत्मालाई ब्ल्याकमेल गर्दै भातको सट्टा भोकाहरू भकभक मदिरा पिउने गर्छन् मदिराले क्षणिकै भएपनि भातको तृष्णामात्र होइन मुटुका गाँठाहरू पनि फुकाइदिने गर्छ मश्तिष्कमा कृतृम स्वर्ग बसाई पीडा अनि विवशता लुकाइदिने गर्छ चहर्याइरहने घाउहरूलाई तुरुन्त खाटा बसाई सुकाइदिने गर्छ भोकाहरूका लागि मदिरा हनुमानको सञ्जीवनी बुट्टी त पक्कै होइन तर हे साधु सन्तहरू तिमीहरूले बुझिराख हे आदर्शमा डुबेका अचेत भिखारीहरू तिमीहरूले बुझिराख अनि हे नैतिकतामा अन्धा ढोंगीहरू तिमीहरू पनि बुझिराख देवता भनौदाहरूलेसमेत अप्सरा नचाउँदै सेवन गरेका सोमरस हाम्रै कल्पना अनि यथार्थका सिर्जना ती मदिराहरू मरिसकेपछिका औषधि पनि पक्कै होइनन् मरिसकेपछिका औषधि पनि पक्कै होइनन् http://merasabdaharu.blogspot.... Last edited: 06-Sep-13 04:22 PM
santoshlmn · Sep 5, 2013 2:50 PM
अम्रिकानेको अर्को एउटा धमाका ... एकदम रसिलो भरिलो पीरो अमिलो सितन जस्तै लाग्यो भट्टी संसारको. भाषिक शुद्धता र हिज्जेमा अलिकति ध्यान दिए एक पेग अर्को पनि जान्थ्यो कि ??
rahulvai · Sep 5, 2013 3:19 PM
मन पराई दिनु हुने सम्पूर्ण साझा मित्र मा मेरो साझा धन्यबाद , थाने को प्रस्तुति ले सदा झैँ मेरो रचना मा ज्यान दिन्छ , धन्यबाद मित्र सन्तोष ब्रो , font को समस्या ले गर्दा बुजियेना , तर तपाई को ब्लग मा गएर पढेको सबै धेरै राम्रा छन राहुल दाइ को आज्ञा शिरोपर , तपाई ले पैले भने देखि नै तेस्मा अलि ध्यान दिन्छु , तर पनि कतै न कतै कमि हुदो रैछ , आगामी दिन मा अझ कोसिस गर्ने छु , मार्गदर्शन को लागि दाजु लै धन्यबाद
amricane · Sep 6, 2013 1:35 PM
Thank you Americane bro! Didn't realize font would be a problem. I edited it to unicode now. Anyways, I think we should all work on an anthology from best of Sajha!
santoshlmn · Sep 6, 2013 4:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion