उज्यालो दिन सक्न त जल्नु पर्ने रहेछ आफू खरानी भएर बल्नु पर्ने रहेछ मै हुँ भनेर घमण्ड गर्न त जो पनि सक्छ निहुरन सक्नलाई फल्नु पर्ने रहेछ चट्टानझैँ कडा भए त एकैनाश भैहाल्छ हर आकार दिन त गल्नु पर्ने रहेछ सधै अग्लो भैरहन्छु भन्नेलेपनि एकदिन त गर्ल्याम्म ढल्नु पर्ने रहेछ मरेर जान त सजिलो रे'छ, अमर हुन त जिन्दगीसँग सत्कर्म मल्नु पर्ने रहेछ http://merasabdaharu.blogspot.... Last edited: 27-Aug-13 08:54 PM
santoshlmn · Aug 27, 2013 8:49 PM · 19,167 views
N
Gurkhas · Aug 27, 2013 8:53 PM
Nice one brother, keep writing for us.
Gurkhas · Aug 27, 2013 8:54 PM
वाह वाह हर आकार दिन त गर्ल्नु पर्ने रहेछ धेरै पछि साझा मा दिल डुब्ने कविता पढ्न पाइयो , धन्यवाद
timi_mero_sathi · Aug 29, 2013 1:48 PM
चट्टानझैँ कडा भए त एकैनाश भैहाल्छ हर आकार दिन त गल्नु पर्ने रहेछ वाह ! सन्तोष जी ..... खारिंदै छ हजुरका कविता अलिअलि गरेर... राम्रो लाग्यो - थाहा छैन
ThahaChaena · Aug 30, 2013 9:32 AM
one of the best ever read in sajha
mancini · Aug 30, 2013 7:09 PM
Thank you friends! This gives me a shot of encouragement.
santoshlmn · Sep 2, 2013 11:42 AM
Nice one.
ANS · Sep 2, 2013 8:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion