वीर अस्पतालको पुरानो आइसियु कक्षमा गंगामाया अधिकारी चल्नै नसक्ने भएर लडिरहेकी छिन् । अनुहार पहेँलो भैसकेको छ । मुटुको चाल घटिरहेको छ । ज्वरो भने बढिरहेको छ । ज्वरो आएको शरीर छाम्दा चिसो थियो, उनी थरर्र कामेकी थिइन् । आफ्ना छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै पतिसँगै आमरण अनसनमा बसेर थला परेकी गंगामायालाई जाँच्ने डाक्टरले भने, ‘यो एकदम क्रिटिकल अवस्था हो, रक्तचाप झरिरहेको छ, ज्वरो बढिरहेको छ, उनले भने, ‘उहाँको अवस्था बिग्रँदै गइरहेको छ ।’ ‘अब यसरी नै मरिने भइयो’ अस्पतालको बेडमा लडिरहेकी गंगामायाले भनिन् । उनको आवाज पनि सुस्त भइसकेको छ । एकदम नजिकबाट मात्र उनलाई सुन्न सकिने । आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही नगरेसम्म त बरु प्राणै जाला, उनी खाना खान मान्दिनन् । ‘आजसम्म त नखाई भयो,’ उनले सासैले भनिन्, ‘न्याय नपाउने भएसी किन बाँच्नुप¥यो !’ उनको निधारमा पसिना आयो । यति भन्दा उनको शरीर काँपिरहेको थियो । उनको हातको नसा सुकेर घाँटीको नसाबाट स्लाइन दिइएको छ । स्लाइनले धानेको छ सास । स्लाइनबाट विस्तारै झर्ने पानीका थोपाको गतिझैँ छ उनको मुटुको धड्कन पनि । त्यही धड्कन रहेसम्म उनी राज्यलाई छोराको हत्यारालाई कारबाही र न्यायका लागि दबाब दिइरहने बताउँछिन् । ‘सास रहेसम्म न्यायका लागि लड्ने हो ।’ यो एउटी आमाको प्रतिबद्धता हो । आफ्नो नौजवान छोराका हत्यारालाई कानुनी कारबाही गर्नेजस्तो स्वभाविक प्रक्रियाका लागि उनले प्राण दाउमा राख्नुपरेको छ । गंगामायाको बेडभन्दा एक मिटरपर उनका पति नन्दप्रसाद अलि ठिकै छन् । धेरै यताउता गर्न त उनी पनि सक्दैनन्, बोल्न भने मज्जैले सक्छन् । उनका आँखामा अझै चमक देखिन्छ । गत माघ २२ गतेदेखि अनसन बसेका नन्दप्रसादले भने, ‘मेरो छोरालाई मार्ने मान्छेलाई हत्कडी नलाएसम्म त हामी केही खाँदैनौं,’ उनले सुनाए । लामो समयसम्म खाना नखाएका उनी एकदम कमजोर देखिन्छन् । स्लाइनको भरमा बाँचेका छन् । थप उपचार गर्न मान्दैनन् । ‘हामीलाई किन बचाउनु प¥यो ?’ उनले सोझो प्रश्न गरे, ‘यिनीहरू बाँचून् भन्ने लाग्छ भने सरकारले मेरो छोराको हत्यारालाई हत्कडी लगाइदेओस् ।’ उनलाई सरकारले केही गर्ला भन्ने आस त छैन । भन्छन्, ‘हाम्रो पनि परान लिन खोजेका त होलान् नि ।’ लोकतान्त्रिक व्यवस्था भएका मुलुकहरूमा कोही नभए पनि नागरिकको अभिभावक राज्य हुन्छ । नन्दप्रसाद अधिकारी भने अभिभावक मानिएको राज्यलाई भनिरहन्छन्, ‘हामी मरेर राज्यको नाम रहन्छ भने रहोस् तर न्याय मात्रै हाम्रो आखिरी इच्छा हो ।’ उनको सोझो प्रश्न छ, ‘कस्ताकस्ता अपराधी पक्रन सक्ने पुलिसले हाम्रो छोराको हत्यारा पक्रन किन सक्दैन ? चुरोट खानेलाई पक्रेर कारबाही गर्न सक्ने राज्यमा हाम्रो छोराको अपराधीलाई हत्कडी किन लगाइदैन ?’ उनीहरुको स्वास्थ्य जाँच गर्न दिनको चारपटक सिनियर डाक्टरहरूको छुट्टाछुट्टै युनिट आउँछ । डाक्टर र नर्सहरू निरन्तर निगरानी गरिरहन्छन् तर नन्दप्रसाद भनिरहन्छन्, ‘हाम्रो सासको ख्याल छ भने उपचार पर्दैन न्याय देउ ।’ ‘हामीले यसो भन्दा डक्टरले मान्छन् । तर, उनीहरू (सुरक्षाकर्मीलाई देखाउँदै) उपचार गर्न दबाब दिन्छन्,’नन्दप्रसादले भने । आइसियु कक्षमा पनि उनलाई प्रहरीको कडा निगरानी छ । नजिकका आफन्त र एकाध मानवअधिकारवादीबाहेक अरूलाई भेट्न दिइएको छैन । कक्षबाहिर डाक्टरको सल्लाहअनुसार उनीहरुलाई भेट्न नदिएको सूचना टाँसिएको छ । उनीहरुको पहरा छलेर भित्र गएका मानवअधिकारकर्मी सुरेश भट्टले उनलाई ‘नखाएर मर्न हुँदैन, न्यायका लागि लड्न पनि बाँच्नुपर्छ’ भनेर सम्झाए । ‘तपाईंहरूले अनसन तोड्नुपर्छ भन्ने ?’ भट्टले भन्न नपाउँदै नन्दप्रसाद जंगिए, ‘मलाई भोकै बस्ने रहर छ र ?’ उनले भट्टलाई झपारे, ‘तिमीहरूलाई हामीलाई जस्तो परेको छैन र ढुक्कले खान्छौ ।’ ... अधिकारी दम्पतीको माग र अनसनबारे सरकार बेखबर जस्तै बसेपछि मानवअधिकारकर्मीहरूको संस्था जवाफदेहीता निगरानी समितिले आलोचना गरेको छ । सरकारले अधिकारी दम्पतीको माग पूरा गर्नुपर्ने भन्दै समितिले विज्ञप्ति निकालेको छ । मानवअधिकारकर्मीहरूले अधिकारी दम्पतीलाई अनसन तोड्न पनि आग्रह गरेका छन् । मानवअधिकारकर्मीहरूको सोही सुझाव लिएर भेट्न पुगेका भट्टलाई नन्दप्रसाद अधिकारीले रूखो गरी सुनाए, ‘तिमीहरूलाई खान मन लाग्छ भने हामीलाई नि लाग्छ, भोकै बस्ने रहर होइन । तर, न्याय नपाए त हामीलाई केही चाहिएन, यत्तिकै मरिन्छ ।’ मानवअधिकारकर्मीहरू भने उनीहरूको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँछन् । मानवअधिकारवादी तथा पत्रकार कनकमणि दीक्षित भन्छन्, ‘उनीहरूका माग पूरा गर्ने जिम्मेवारी सरकार र पाँच दलीय संयन्त्रको हो, उनीहरूको प्राण रक्षाको जिम्मा पनि उनीहरूले नै लिनुपर्छ ।’ अधिकारी दम्पतीले मुखमा पानी पनि नहालेको एक महिना भैसक्यो । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटारअघि आमरण अनसन बसेका उनीहरू बेहोस भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा १० दिन राख्दा पनि स्वास्थ्य अवस्था नसुध्रिएपछि क्याबिन हुँदै आइसियु कक्षमा पु¥याइएको छ । तर, उनीहरू भने अनसन तोड्ने पक्षमै छैनन् । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई अधिकारी हत्याको छानबिन गर्न पछिल्लोपटक साउन २८ गते पत्र लेखेको थियो । सोही आधारमा अनुसन्धान अघि बढेको समाचार आउँदा पनि अधिकारी दम्पती भने ढुक्क छैनन् । ‘अनुसन्धान गरेको भए, उनीहरू अहिलेसम्म किन पक्राउ परेनन् ? अभियुक्तलाई सबैले चिन्छन्, समात्नु प¥यो नि । यत्तिकै भनेर हुन्छ र ?’ नन्दप्रसादले भने, ‘उनीहरूलाई हत्कडी नलाएसम्म हामीलाई कसैको भर छैन ।’ ... २०६१ साल जेठमा स्कुल बिदा भएपछि कृष्णप्रसाद अधिकारी गोरखा फुजेलबाट हजुरआमा भेट्न चितवन गएका थिए । उनको जेठ २४ गते हत्या भयो । त्यसपछि अधिकारी दम्पतीले चितवन प्रहरीमा किटानी जाहेरी दिए, ‘मेरो छोरालाई माओवादी कार्यकर्ता जानुका पौडेल, छविलाल पौडेललगायतले मारेका हुन् । पक्राउ गरी कानुन अनुसार कारबाही गरिपाउँ ।’ उनको जाहेरीलाई प्रहरीले वास्ता गरेन । २०६५ सालमा मानवअधिकार आयोगमा उजुरी दिए । आयोगले पटकपटक सरकारलाई अनुसन्धान गर्न सिफारिस गरिरह्यो । <div style="outline: 0px; margin: 0px; padding: 0px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; font-size: 12px; font-style: normal; font-variant: norm
cybernepali · Aug 27, 2013 1:54 PM · 1,263 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion