राष्ट्रपतिका भतिजा पनि खोरमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  राष्ट्रपतिका भतिजा पनि खोरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त हुँदा लोकमानसिंह कार्कीमाथि अनेक टीकाटिप्पणी भए। तर, पदमा पुगेपछि ती सबै टीकाटिप्पणी र आशंकालाई मेटिने गरी कामबाटै जवाफ दिन थालेका छन्, कार्कीले। ठूला शक्तिकेन्द्रका आडमा रहेका र उनलाई नियुक्तिमा सघाएकाहरू समेत अहिले धमाधम अख्तियारको फन्दामा पर्न थालेपछि कार्कीको निर्भीकता र निरपेक्षताबारे चर्चा हुन थालेको छ। बयानका लागि अख्तियार पुगेका नोबल मेडिकल कलेजका सुनील शर्माले प्रचण्ड र बाबुराम भट्टराईको ध्वाँस दिन थालेपछि उनीमाथि थुनेरै कारवाही चलाइएको छ। कुनै बेला गिरिजाप्रसाद कोइरालानिकट रहेका शर्मा पछिल्लोपटक प्रचण्डनिकट बन्न पुगेका थिए। अहिले राष्ट्रपतिका भतिजा नै अख्तियारको नियन्त्रणमा छन्। नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक पदमा रहेका सिन्धु यादव राष्ट्रपति यादवका भतिजा हुन्। कार्यकारी निर्देशक रामेश्वर यादव पनि पहुँचवाला व्यक्ति भएकाले नै त्यस पदमा पुगेका थिए। त्यस्तै रामेश्वर यादब पनि कांग्रेस नेतृ चित्रलेखा यादवका भाइ हुन्। यसरी भ्रष्टाचारमा शक्तिकेन्द्रकै नातेदारहरू धमाधम पक्राउ थालेपछि ‘प्रेसर नहोस्’ भनेर कार्कीले मोबाइल समेत बोक्न छाडेका छन् भने निवासको फोनमा समेत कसैसँग सम्पर्क राख्ने गरेका छैनन्। आफूनिकट व्यक्तिमाथिको कारवाही रोक्न थुप्रै शक्तिकेन्द्रले प्रयास गरे पनि कार्कीले ती दबाबको वास्ता नगरी निर्भयतापूर्वक छानबिन अगाडि बढाउन अनुसन्धान अधिकृतहरूलाई निर्देशन दिएको स्रोतको भनाइ छ। त्यसैले अख्तियारका कर्मचारीहरूको मनोबल पनि कार्की आएपछि उच्च रहेको एक अधिकारीको भनाइ छ। अख्तियारले धेरै जनताको प्रत्यक्ष सरोकार रहेका कार्यालय र सरकारी सेवामाथि निगरानी बढाएको छ। यसले कानुनी राज्यको प्रत्याभूति दिलाउन समेत अख्तियार सफल बन्दै गएको देखाउँछ।

_____ · Aug 27, 2013 10:01 AM · 1,925 views

1 Reply

नान्ग्लो तताएर हाती तर्साने अनि छोरी कुटेर बुहारी तर्साने जस्तै हो यो | काम त देखानै पर्यो अनि जुन उदेस्यको लागि नियुक्ति गरिएको हो तेस्को तामेली पनि गर्ने पर्यो | हातिको खाने दात र देखाउने दात फरक हुन्छन | Last edited: 29-Aug-13 10:54 PM

MaGorkhe1 · Aug 28, 2013 8:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all