बर्थडे पार्टीमा छापा 24 Aug 2013 | 08:25am ८ भाद्र, २०७० नागरिक 1 2 3 4 5 (0 votes) काठमाडौं - सामाजिक व्यवहार (सुधार) ऐनविपरीत व्यवसायी बिएल शर्माले भाटभटेनीस्थित आम्रपाली बैंकेटमा 'बर्थडे' मनाउन लागेका बेला प्रहरी र राजस्व अनुसन्धान टोलीले छापा मारेको छ। ऐनले जन्मदिवसमा नातेदारबाहेक २५ जनाभन्दा बढीलाई भोजमा निम्तो गर्न प्रतिबन्ध लगाएको छ। तर, शर्माको ९०औं बर्थडे मा करिब ५ सय जना सहभागी थिए। काठमाडौं महानगरीय प्रहरी प्रभाग हनुमानढोकाका एसएसपी सुबोध घिमिरेले आयातीत मदिरा राखेर तडकभडकसाथ बर्थडे मनाउन लागेकाले अनुगमन गरिएको बताए। शर्माले ४ सयलाई कार्ड बाँडेको बताइएको छ। आन्तरिक राजस्व अनुसन्धान टोलीले भोजको बिल लगेको छ। ऐन उल्लंघन गरेको ठहर भए १० हजार रुपैयाँसम्म जरिवाना वा सात दिनसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्त गौतमको अध्यक्षतामा गठित टोलीले ऐन कार्यान्वयनका लागि अनुगमन अभियानलाई निरन्तरता दिने एसएसपी घिमिरेले बताए। विवाह, व्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारान, जन्मनि, छैठी, बूढो पास्नीलगायतमा अनावश्यक खर्च रोक्ने विभिन्न प्रावधान ऐनमा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक साताअघि ऐनअनुसार भोजभतेर गर्न सार्वजनिक अपिल गरेपछि कानुन व्यवसायी अग्नि खरेलले छोराको बिहेभोज रद्द गरेका थिए। - See more at: http://www.nagariknews.com/soc...
_____ · Aug 24, 2013 6:59 AM · 11,896 views
This is nuts, why can't we spend our money the way we like?
dhattuwa · Aug 24, 2013 7:12 PM
Why dont they think about the economic implications of such decisions? !
jharke · Aug 24, 2013 11:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion