विजय थापा ,भर्जिनिया ,भाद्र ७ ,वाशिंगटन डिसी नेपाली दूताबासको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज हर्षो उल्लाश तथा मनोरंजन पुर्वक सम्पन्न गरिएको छ । बिगतका बर्षहरु झैं दूताबासको पहलमा वाशिंगटन डिसी महानगर क्षेत्र वरि परि बसोबास गर्ने चेली बेटीहरुलाई दर खुवाई तथा नाच गान गरि रमाइलो गरिएको छ l बिदेशमा कामको चाप र व्यस्तताले थकित चेली बेटीहरुले आफ्नो माईति घर पुगेको अनुभव गरेका छन् भने दूताबासले अभिभावकको भूमिका निर्वाह गरेको महसुस गरिएको छ भन्दै त्यहाँ पुगेर आएका चेली बेटीले बताएका छन् l परदेशमा सारो गार्होमा दूताबासले हामीलाई हेर्छ भन्दै माईति गएर फर्केका हौ भनि दिदि बहिनिहरुले खुशी प्रकट गरे l दिदि बहिनि तथा चेली बेटीहरु राता साडी ,हरियो तथा छड्के पहेलो पोतेको तिलहरीमा सजिएर पुगेका थिए भने कार्यक्रममा बिभिन्न तीजका नयाँ पुराना गीतहरु बजाएर खुबै रमाएर राजदूत निवास थर्काएका थिए । नेपालको सम्झना गराउने गरि तीजको दर स्वरूप बिभिन्न परीकारका स्वादिष्ट पकवानहरुले दिदि बहिनिहरुलाई सन्तुष्ट बनाएको थियो । गत सालमा पनि सबै दिदी बहिनीहरुले बडो रमाइलो र सौहाद्रपूर्ण तरिकाले प्रवासमा नै भए पनि मनाएका थिए l बिदेशी महिलाहरुको पनि सहभागिता रहेको तीजमा रमाएर नेपाली महिलाहरुसंग नृत्यमा साथ दिएका थिए l दूताबासको पहलमा गरिएको हरि तालिका तीज भए पनि यसको चाजो पाजोको सम्पूर्ण व्यवस्था तथा बिसेष आतिथ्य श्रीमती कल्पना शर्मा (श्रीमती डा शंकर प्रसाद शर्मा ,अमेरिकाका लागि नेपाली राजदूत )ले गर्नु भएको बुझिएको छ l उपस्थित भएर आउने महिलाहरुले बर्षमा एक पटक आउने चाड सदैब दूताबासले गरोस भनि कामना सहित २०७० सालको हरि तालिका तीज मनाईयो भनि दंग परेका छन् l
mahoday · Aug 24, 2013 5:29 AM · 2,584 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion