आज वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारी पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारी पक्राउ सरकार र मंसिर ४ को चुनाव मान्दैनौं : वैद्य ७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ लिई ७७ जनालाई वैदेशिक रोजगारमा पठाएको आरोपमा ३५ जनालाई पक्राउ गरेको छ । अध्यागमन विभागका १८ र वैदेशिक रोजगार विभागका १७ कर्मचारीलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागका शाखा अधिकृतहरु निर्मला न्यौपाने, मन्जु शर्मा सुवेदी, अजिता शर्मा, मुक्ति प्रसाद खनाल, गंगाबहादुर भुजेल, ज्ञानेन्द्र शर्मा, पवित्र कुँवर, कम्प्युटर अधिकृत- हिराध्वज कार्की, नायव सुब्बाहरु शंकर कार्की, रमेशकुमार अधिकारी, योगेन्द्रकुमार अधिकारी, खरिदारहरु माधव भट्टराई, केशव बन्जारा, भाषा अनुवादक (करार) रज उल्लाह, कम्प्युटर अपरेटरहरु सन्तोष सुवेदी, कृष्णप्रसाद खतिवडा, कार्यालय सहयोगी यशोधा थापा मगर छन् । यस्तै अध्यागमन विभागका शाखा अधिकृतहरु भोजबहादुर ऐडी, रामचन्द्र कार्की, नरबहादुर बि.क., रामकृष्ण पराजुली, डिल्लीराम भट्टराई, दिवाकर शर्मा, गोपीप्रसाद पौडेल, रामचन्द्र खतिवडा, कमलबहादुर कार्की, विक्रमबहादुर सोमई, लेखा अधिकृत बाबुहरि पन्थी, नायव सुब्बाहरु रामकुमार ओझा, जयबहादुर सिंह, लिलारमण पोखरेल, वरिष्ठ अध्यागमन सहायकहरु सन्जय नेपाल, नवराज कोइराला, रुद्रप्रसाद मरासिनी, चिरन्जीवी अधिकारी पनि पक्राउ परेका छन् । उनीहरुमाथि म्यानपावर कम्पनीहरुले पेश गरेका झूठा कागजातलाई गैरकानूनी लाभ लिई गलत विवरणका कागजातहरुलाई आधार बनाई कम्प्युटर प्रवृष्टि गर्ने, भाषा अनुवाद गर्ने, ठीक छ भनी फाइल पेश गर्ने र स्वीकृत गर्ने काम गरी वैदेशिक रोजगारमा जाने ७७ जना नेपाली नागरिकलाई वैदेशिक रोजगारमा जान इजाजतपत्र दिएको आरोप छ । साथै उक्त काम कारबाहीको सक्कल फाइल नै कार्यालयबाट बेपत्ता पारेको हालसम्मको अनुसन्धानबाट देखिन आएको अख्तियारले जनाएको छ । यहि प्रकरणमा वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनालीसहित ६ जना भदौ ४ गते नै पक्राउ परेका थिए ।

_____ · Aug 23, 2013 8:01 AM · 1,063 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all