वैदेशिक रोजगार विभागका निर्देशकसहित ६ पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  वैदेशिक रोजगार विभागका निर्देशकसहित ६ पक्राउ   ४ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागका निर्देशक रमेश मैनालीसहितका ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धानलाई हिरासतमा लिएको छ । शाखा अधिकृत दीपक प्रसाद खतिवडा, नायवसुब्बा चन्द्रहरि लुईटेल, कम्प्युटर अपरेटर पप्पु कुमार साह, रामप्रसाद पोखरेल, अरबिक भाषा अनुवादक ओवैदुल्ला मक्सुदसमेत ६ जनालाई हिरासतमा लिइएका अख्तियारले जनाएको छ । उनीहरुले म्यानपावर कम्पनीहरुले पेश गरेका झूटा व्यहोराका कागजातलाई समेत गैरकानूनी लाभ लिई गलत विवरणका कागजातहरुलाई आधार बनाई कम्प्युटर इन्ट्री, भाषा अनुवाद, फाइल सदर गरी ७७ जना नेपाली नागरिकलाई वैदेशिक रोजगारमा जान इजाजत पत्र दिएका थिए । उनीहरुले काम कारबाहीको सक्कल फाइल नै कार्यालयबाट बेपत्ता पारेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।

_____ · Aug 20, 2013 12:00 PM · 1,208 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all