विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक गिरफ्तार पूर्वमहाप्रबन्धक र उच्च अधिकारी पनि हिरासतमा (4 Votes) 1 2 3 4 5 बलराम बानियाँ ० सम्बन्धित समाचार काठमाडौं, भाद्र ४ - विद्युत् ट्रान्सफर्मर खरिद प्रकरणमा नेपाल विद्युत् प्राधिरकणका प्रबन्ध निर्देशक रामेश्वर यादव गिरफ्तार परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहितका उच्च अधिकारीलाई मंगलबार गिरफ्तार गरिएका छन् । अख्तियारका अनुसार यादवसहित योजना प्रमुख कृष्णबहादुर थापा, इन्जिनियर प्रमोद रिजाल, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल, अवकाश प्राप्त कार्यकारी निर्देशक डा. जीवेन्द्र झा, अवकाश प्राप्त उपकार्यकारी निर्देशक टिकाराम बीसी, लेखाका उपनिर्देशक कृष्णबहादुर केसी पक्राउ परेका छन् । अख्तियारका अनुसार ११ औं तहमा कार्यरत देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवाका लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत् विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्यलाई पनि आयोगको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ । आयोगले प्राधिकरणको ट्रान्सफर्मर खरिदमा अनियमितता भएको भन्दै १२ जना उच्च अधिकारीलाई पक्राउ गरेको थियो । तीमध्ये १० जना प्राधिकरणका अधिकारी छन् भने दुई जना ट्रान्सफर्मर आपूर्ति गर्ने चिनियाँ कम्पनी हुबेईका अधिकारी छन् । प्राधिकरणले २०६४ सालदेखि ६८ सालसम्म खरिद गरेका करिव ५ हजार गुरणस्तरीन ट्रान्सफर्मरमा ४ अर्ब रुपैयाँ घोटाला भएको अख्तियारको अनुसन्धानमा खुलेको छ । - See more at: http://www.ekantipur.com/np/20...
_____ · Aug 20, 2013 9:23 AM · 1,285 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion