बाल्टिमोरमा कबि बसन्त चौधरी को 'मेघा ई बुक ' लोकार्पण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा ,भर्जिनिया ,भाद्र २ ,अमेरिकाको बाल्टिमोरमा कबि ,गीतकार तथा साहित्यकार बसन्त चौधरीका मेघा ई बुक (मेघा बिधुतिय पुस्तक )तथा पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि ) व्हाइट हिमाल टेलिभिजन तथा बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ) को सयुक्त आयोजना तथा प्रेमी कला केन्द्रको प्रस्तुतिमा विश्व काब्य यात्रा कार्यक्रम सम्पन्न भएको छ l मेघा ई बुक (मेघा बिधुतिय पुस्तक )को बिमोचन अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि )लोकार्पण नेपाल कि वरिस्ठ गायिका मिरा राणाले गर्नु भयो lकबि बसन्त चौधरीको परिचय श्रब्य दृश्य (भिडियो )बाट गराईएको थियो भने पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि )बाट दुई वटा गीत भारतीय गायिका श्रेया घोषालले गाउनु भएको श्रब्य दृश्य सहित (भिडियो )तिमि आयौ वहार आयो र तिमि बाहेक मेरो भन्नु को छ गीत बजाईएको थियो र उपस्थित श्रोताहरुले ध्यान मग्न भै श्रवण गरेका थिए l कबि बसन्त चौधरीले करिब सात वटा कविता वाचन गर्नु भएको थियो भने कविताहरु देश प्रेम ,माया ,प्रेम जीवनको चित्रण ,काब्य यात्रामा अमेरिका आउनु भन्दा अगाडी अमेरिकाको लागि लेखिएको कविता तथा बाल्टिमोरले गरेको आतिथ्य प्रति थोपा थोपा कविता बाचन गर्नु भएको थियो lप्रमुख अतिथि राजदूत डा शंकर प्रसाद शर्माले कबि बसन्त चौधरी बधाई तथा शुभकामना दिनु हुदै गीत हरु मन छुने आफुलाई लागेको बसन्त चौधरी बहु आयामिक व्यक्तित्व भएको उल्लेख गर्दै दूताबासको तर्फबाट बधाई दिनु भएको थियो lयसै गरि आयोजक व्हाइट हिमाल टेलिभिजनक अधक्ष्य शान खड्काले कबि बसन्त चौधरीका गीतहरु देश प्रेम र राष्ट्रियताको झझल्को आउने प्रकारको लागेको र आफुले जहिले पनि सहयोग गर्न तैयार रहको प्रतिबद्दता जाहेर गर्नु भएको थियो l कार्यक्रममा बसन्त चौधरीलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने बसन्त चौधरीले पनि कार्यक्रममा हौसला प्रदान गरेकोमा आयोजकलाई नेपाल बाट ल्याएको उपहार प्रदान गर्नु भएको थियो lकबि चौधरीले मन्तब्य राख्दै कविता सुन्नु हुने सबैलाई आभार प्रकट गर्दै कविता वचन गर्दा हर्ष लागेको उल्लेख गर्दै कविताको माध्यम बाट छुट्टै संसार रच्न चाहन्छु भन्नु भयो lफरक प्रकारमा पस्किएको कार्यक्रम आयोजकहरुका तर्फ बानाका अधक्ष्य विजय श्रेष्ठले शुभकामना दिनु भएको थियो भने आसन ग्रहण गर्नु हुने बिशेष अतिथिहरुलाई प्रेमी कला केन्द्रका सचिब लोकनाथ तिवारीले खादाले स्वागत गर्नु भएको थियो l नायक सरोज खनालले कबि बसन्त चौधरीका कवितालाई अभिनयको माध्यमबाट प्रस्तुति गर्नु भएको थियो l  कार्यक्रमका सभापति लोक गायक प्रेम राजा महतले हर्ष व्यक्त गरेको र यस्तो मौका दिनु भएकोमा आभार प्रकट गर्नु भएको थियो l प्रेम राजा महतले कबि बसन्त चौधरीलाई समर्पित गर्दै रोई रहेको होला एउटा नेपाली भन्ने गीत गाउनु भयो lसबै भन्दा लामो दूरदर्सन (टेलीभिजन बहस कार्यक्रम )गरि बिश्व किर्तिमान कायम गर्ने संचार कर्मी रबि लामिछानेलाई प्रशंसा प्रमाण पत्र बसन्त चौधरीले प्रदान गर्नु भएको थियो l बिश्व काब्य यात्राको मुख्य उदेश्य नेपाली भाषा ,साहित्य र संस्कृतिलाई आगामी पिढीहरु सम्म पुर्याउन मदत हुन् सक्ने छ भन्ने रहेको छ भने चौधरीले दुई सय भन्दा ज्यादा कविता तथा पांच दर्जन भन्दा ज्यादा गीत लेखि सक्नु भएको छ l धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन विश्व काब्य यात्रा  कार्यक्रमका सभापति तथा म्यारील्याण्ड तथा पेनसेलभानियाका लागि नेपाल सरकारको तर्फबाट नियुक्ति हुनु भएका अबैतनिक महा बाणिज्य दुत प्रेम राजा महतले गर्नु भएको थियो भने कार्यक्रम संचालन राजेन्द्र शैलबले गर्नु भएको थियो l

mahoday · Aug 19, 2013 8:10 PM · 4,755 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all