अर्थमन्त्रीका धर्मगुरुलाई फेरि १ करोड ५० लाख शोभा शर्मा काठमाडौ, भदौ ३ अर्थमन्त्री शंकर कोइरालाका धर्मगुरु कमलनयनाचार्यको आश्रमका लागि सरकारले फेरि १ करोड ५० लाख रुपैँया दिएको छ। महाकालीका बाढीपिडितलाई खासै सहयोग नगरेको सरकारले भक्तपुरको छलाङ स्थित सो आश्रम नजिकै गडगडे खोलामा तटबन्ध बनाउने भनि सिंचाई मन्त्रालय मार्फत् उक्त रकम दिन लागिएको हो। अर्थमन्त्री शंकर कोइराला स्वामीका भक्त हुन्। सिँचाई मन्त्री उमाकान्त झा पनि बरोबर स्वामीको दर्शन गर्न छालिङ् आश्रम पुग्ने गरेका छन्। कोइराला अर्थ मन्त्री र झा सिंचाई मन्त्री भएयता तीन महिनामा आश्रमका लागि सरकारले ठाडै ५ करोड रुपैयाँ दिइसकेको छ। पहिले थप बजेट मार्फत् दिइएकोमा यसपाला'गडगडे नदी नियन्त्रण गुरुयोजना' भनि बजेट छुट्ट्याइएको छ।'तर त्यति सानो खोलाको लागि कुनै गुरुयोजन बनेको छैन,' जलउत्पन्न प्रकोप नियन्त्रण विभागका एक इञ्जिनियरले भने,'त्यो खोल्सोलाई पनि गुरुयोजना बनाउने हो भने देशभरका ६ हजार खोलालाई बजेट दिनुपर्ने हुन्छ।' राष्ट्रको ढुकुटी आफ्ना धर्मगुरुलाई दक्षिणा बुझाएर पुण्य कमाउन तम्सिएका अर्थमन्त्रीलाई देखेर उदेक मानेका विभागका अर्का अधिकारीले भने,'भक्तपुरकै मनहरा खोलालाई भने जम्मा ३५ लाख रुपैयाँ छुट्टाइएको छ।' राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको जिल्लागत कार्यक्रमहरुको सूचीमा पनि मनहरालाई भन्दा गडगडेलाई झण्डैं पाँच गुणा रकम दिइएको विवरण प्रकाशित छ। उक्त पुस्तिाको पृष्ठ २६८ मा गडगडेलाई उक्त रकम दिनेबारे उल्लेख छ। गडगडे मनहरामा मिसिने एउटा सानो खोल्सो हो। त्यसमा मध्ये बर्खामा पनि मुश्किलले दुई घट्ट पानी हुन्छ। हिउँदमा कमिलाले पनि तर्न सक्ने खालको हुने स्थानीयहरु बताउँछन्। नदी नियन्त्रण आयोजनाले खासै प्राथमिकता नदिएको मनहराले भने भक्तपुरको चाँगुनारायण, झौखेल, बोडे, थिमी र काठमाडौंको भद्रवास, मूलपानी, गोठाटार लगायत गाविसको सयौं रोपनी खेत डुवान समस्यामा पर्ने गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा जम्मा २६ लाख रुपैयाँ इष्टिमेट भएको तटबन्धका लागि सरकारले ३ करोड ५० लाख दिएको थियो। नदी नियन्त्रण आयोजनाका इञ्जिनियरहरुले भुक्तानी दिन हिच्किचाएपछि स्वामी कमलनयनाचार्यले अख्तिायार प्रमुख, अर्थमन्त्री र सिँचाई मन्त्री लगायतको प्रभावमा भुक्तानी लिएका थिए। तर कागजमा भने ७ वटा उपभोक्त समितिको नाममा बढी ६० लाखसम्म भुक्तानी दिइएको थियो। सामुदायिक बनको जग्गामा बनेको आश्रमलाई लक्षित गरेर स्वास्थ्य, सडक, गृह मन्त्रालयबाट पनि लाखौं रकम दिइएको छ। 'त्यसको हिसाव भने हामीले पाइसकेका छैनौं,' स्रोतले भन्यो। - See more at: http://setopati.com/raajneeti/...
Bornto_Rise · Aug 19, 2013 10:48 AM · 11,207 views
I think we all are waiting for the superhero to arrive and fix it all for us.
Kiddo · Aug 19, 2013 11:48 AM
धामी र बोक्सी दुवै एक भए पछि कसको के लाग्छ | सरकारी हो लुट्नु चुट्नु सत्तामा नगरे भोलि नै जागिर जालानी ? यो जागिर पनि हप्ता बुझाउने सर्तमा पाएको हो कि ?
MaGorkhe1 · Aug 19, 2013 5:03 PM
bornto_rise--i wish you could follow your name. do something, will you?
mancini · Aug 19, 2013 8:40 PM
And why these "awake"people need so large a money for their so called"divine purpose"? The swami is acting more like a business person running an NGO in the name of the religion.Don't the cash-minister comprehend that Nepal is a poor country with meager budget and donating/investing such a money to all-enlighted swami can hinder other urgent projects that has been screaming for long.Swami Kamalnayanacharya's astronomical rise in the field of religion is as alike as that of PSY in music and looks like each elite wish to show their reverence by spending the national money to their guru while the people of Darchula loosing all their property in the fury of Mahakali are still on the egde of survival.The minister must be thinking the swami will summon all his gods by meditating in his ac filled halls with company of other politicians to make our country most developed just by a miracle without working a bit in it.
Alias_ · Aug 19, 2013 10:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion