नेपाल प्रहरीको टोपीनेपाल प्रहरीको टोपीमा ‘हिन्दुस्ताँ हमारा’मा ‘हिन्दुस्ताँ हमारा’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  नेपाल प्रहरीको टोपीमा ‘हिन्दुस्ताँ हमारा’ ३१ साउन, काठमाण्डौ । ‘सारे जहाँ से अच्छा हिन्दुस्ताँ हमारा…’ छिमेकी देश भारतमा राष्ट्रिय पर्व तथा महत्वपूर्ण समारोहमा यही गीत गुञ्जिने गर्छ । भारतीय गजलकार महोम्मद इकवालले सन् १९०५ मा उर्दुमा लेखेको यो गीत भारतथको देशभक्तिपूर्ण गीत मानिन्छ । तर नेपाल र नेपालीको सुरक्षाका लागि ज्यानको आहूति दिन तठयार हुने शपथ खाएका नेपाली सुरक्षाकर्मीले शिरमा लगाउने टोपीमा पनि यही गीत लेखिएको पाइएको छ । नेपाल प्रहरीले लगाउने ‘ब्यारेट क्याप’ को भित्रपट्टीको ‘ट्याग’ मा यो गीतको पहिलो हरफ लेखिएको छ । नेपाली सुरक्षाकर्मीको टोपीमा विदेशी भूमिको गीतलाई गौरवका रुपमा सजाउनु बिडम्बना हो । प्रहरी उपरीक्षक देखि जवानसम्मले लगाउने गरेको कलेजी रङको ब्यारेट क्याम्प यस्तो गीत पि्रन्ट भएको ट्याग भेटिन्छ । प्रहरी प्रधान कार्यालयले. टेन्डर आहृवान गरी पैसा तिरेर खरिद गरेको टोपीमा ‘सारे जहाँ से अच्छा हिन्दुस्ताँ हमारा’ लेखिएको ट्यागसमेत नहटाउनु हदैसम्मको लापरबाही हो । समचार संकलनका सिलसिलामा बुधवार महानगरीय प्रहरी आयुक्त कार्यालय पुग्दा एक एसपी आफूले लगाएको टोपी देखाएर भन्दै थिए,’यी हेर्नुस् अझै पनि हामीले लगाउने टोपीमा यस्तो लेखिएको छ,नेपाल र नेपालीका लागि गर्छौ तर शिरमा भारत महान् भनेर लेखिएको टोपी लगाएर हिँड्नु परेको छ । उनले लगाएको टोपीमा यो गीतको लाइनसंगै ‘वान पिस ब्यारेट क्याप जेएचई स्पेसल’ लेखिएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

_____ · Aug 14, 2013 9:01 PM · 1,912 views

1 Reply

लाउके हरुले भारतमा बनाउन दिए पछि सर्त अनुसार सामान लिनु पर्यो | सर्तमा त्यो भारतीय राष्ट्रिय गान राखिएको हुनु पर्ने थिएन होला : तेसो भए पछि सामान नलिए र अर्को बनाउन लागाउनु पर्ने | अनि त्यो बनाउने ले पनि हेपाहा द्रिस्तिकोण राखेको हो | भारतीयको आखामा हाम्रो स्थान के रहेछ ? 

mAGORKHE1 · Aug 17, 2013 7:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all