कैदीले भन्यो कहिल्यै नखुल्ने ताला हो जिन्दगी घाइतेले भन्यो ढाडमा रोप्या भाला हो जिन्दगी बुर्लुक्क उफ्रदै वयस्कले भन्यो भर्भराऊँदी युवतीको रातो गाला हो जिन्दगी सकी नसकी वृद्धले भन्यो बुढ्यौलीले चाउरीएको छाला हो जिन्दगी वितृष्णामा डुबेको जनताले भन्यो घुस्याहा नेताको भ्रष्ट चाला हो जिन्दगी सन्तोषलाई सोद्धा सन्तोषले भन्यो साना साना खुसीले गाँस्ने माला हो जिन्दगी http://merasabdaharu.blogspot.... Last edited: 13-Aug-13 11:18 PM
santoshlmn · Aug 13, 2013 11:18 PM · 10,915 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion