सम्मानको धज्जी न उडाईयोस

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विजय थापा  भर्जिनिया ,अमेरिका  सम्मान भनेको कुनै पनि व्यक्ति या संस्थाले गरेको महानतम तथा उल्लेखनीय कार्यको उच्च मुल्यांकन गर्दै व्यक्ति तथा संस्थालाई प्रदान गरिने बिशेष पुरस्कारलाई बुझिन्छ l समुदाय ,राष्ट्र तथा समाज प्रति देखाएको अदम्य साहस तथा भक्तिपुर्वक गरिएको अभूतपूर्व कामको सराहना गर्दै हौसला दिन सम्मान गरिन्छ l भनिन्छ प्रोत्साहन गर्न र अझ काममा दत्त चित्त मन लागोस भनि सम्मान गरिने गरिन्छ  l सम्मान गरिने परिपाटिलाई मजाक तथा हलुका रुपमा लिईने प्रणालीको विकास हुन् थालेको छ l सम्मानलाई समुदायले खिल्ली उडाई रहेको अनुभूति हुन् थालेको छ l सम्मान कार्यक्रमलाई अति सस्तो र आकस्मिक कार्यक्रममा परिणत गरिदै देखिएको छ l अब त सम्मान कार्यक्रम भन्यो ,कुनै सामग्री पनि न चाहिने भो सम्मानित हुने व्यक्तिलाई छोटो समयको अन्तरालमा खबर गर्यो lसम्मान कार्यक्रम भने पछि हस्याङ्ग र पस्याङ्ग गर्दै सम्मानित हुने व्यक्ति कार्यक्रम स्थलमा पुग्ने र दुई चार शब्द बोल्न अवसर दिने र एउटा सानो गुच्छा फूल थमाई दियो र त्यो व्यक्ति सम्मानित भयो l आयोजक पनि सम्मान कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न पाईयो भन्दै जुँगा चलाउन थाल्दछन र सम्मानित हुने व्यक्ति पनि दंग l हिजो आज अधिकांस समुदायमा सम्मान कार्यक्रम प्रचलन (फेसन )बनेको छ किनभने सम्मान कार्यक्रममा सिन्को पनि नभाचे हुने भयो किनभने नेपालबाट मगाईएका बिभिन्न रंगका परदेशमा अत्यन्तै लोकप्रिय भएको उपहार खादा ओडाई दियो कामकुरो सकियो l अब त हुदा हुदा कार्यक्रमको बीच मै नेपालबाट कोहि आगन्तुक आई पुगेको छ र कुनै क्षेत्रमा संलग्न छ या केहि गरेको छ भने आयोजकले जानकारी पाउने बित्तिकै एउटा खादा लगाई दियो व्यक्ति बिशेष सम्मानित भयो l यसरी सम्मानित हुने परिपाटी रह्यो भने भोलि चौकमा सम्मानित हुने के बेर भन्ने मनमा कता कता विचार उब्जिन थालेको छ lसम्मानित हुने व्यक्ति संग केहि उम्काउनु छ उसलाई सम्मानित गरिने छ भनि दियो र सम्मान कार्यक्रम गर्यो अनि समाप्त lयहि सम्मान हो ? या यसरि सम्मानलाई प्रोत्साहन गर्ने हो भने भोलि सम्मान कार्यक्रमको आयोजना गरियो भने त्यो दुर्दशा देख्न सहभागी जाने छैनन् lसम्मान समारोहलाई सम्मान गर्न र यस्को गरिमा वृद्धि गर्न सबैले घोत्लनु जरुरि हुन्छ l कहिले काही सम्मानित हुने व्यक्ति पनि आश्चर्यमा हुन्छ, किनभने के र कति कारणले आफुले सम्मान पाएको हु भन्दै सोच्न पनि बाध्य  हुन्छन होला l कही कही एउटा गुलाबको फूल ,कही फूलको पात मात्र ,कही सानो चार पांच वटा भेला गरिएको फूल वा खादा ओडाई दियो सम्मान कार्यक्रम भनि दियो आयोजक पनि कार्यक्रम गर्न पाईयो भनेर प्रफुल्ल र सम्मानित हुने व्यक्ति पनि मन चंगा l संघ तथा संस्थाहरुमा पनि सम्मानको होडबाजी चल्न थाली सकेको छ किनभने सम्मानमा न खानपिन गराउनु परोस ,न त कदर पत्र प्रदान गर्नु परोस ,न त ताम्र पत्र नै दिनु परोस ,न त मानिस जम्मा गर्नु परोस दुई चार जना जम्मा भयो भने सम्मान कार्यक्रम भब्यताको साथ सम्पन्न भयो भनि संचार माध्यममा प्रकाशित हुने नै भयो अनि किन सम्मान कार्यक्रम नगर्ने ?  सम्मान कार्यक्रम यसरि नै गर्नु पर्छ भन्ने कुनै दिशा निर्देश पनि हैन lकेवल ब्यबहारिक ज्ञान ,समुदाय राष्ट्र तथा बिभिन्न संघ तथा संस्थाको द्वारा आयोजना गरिएका ईतिहास तथा अन्यबाट जानिने कुरा पनि हुन् lसम्मान कार्यक्रम बिभिन्न विधामा अतुलनीय काम गर्ने र सरकारको तर्फ बाट नै प्रदान गरिन्छ l हाम्रो मुलुकको परिप्रेक्षमा तत्कालिन समयमा पूर्व राजा द्वारा प्रदान गरिने कार्यक्रमको पनि बिशेष महत्व राख्दथ्यो l अमेरिकामा पनि राष्ट्रपति द्वारा सैनिक तथा आम नागरिकलाई पनि समारोहको आयोजना गरि भव्यताको साथ सम्मान गरिन्छ त्यस्तो सम्मानमा सम्मानित व्यक्तिको लागि जीवन भर प्रेरणा दायी हुन्छ l सम्मानित व्यक्तिले अझ जिम्मेबारीको महसुस गर्दछन l चलचित्र जगतमा कलाकारहरुले आम मानिसलाई गराएको मनोरंजन र जीवनको लागि मनोरंजन अपरिहार्य रहने भएकोले कलाकारहरुलाई स-सम्मान पुर्वक बृहत समारोहको आयोजना गरि सम्मान गरिन्छ त्यो सम्मान हुन् जान्छ l नेपाल प्रज्ञा प्रतिस्ठानमा साहित्यकारहरुलाई बिशेस कदर तथा ताम्र पत्र प्रदान गरि भब्य कार्यक्रमको आयोजना गरिन्छ त्यो पनि सम्मान कार्यक्रमको एउटा नमुना हुन् सक्दछ l विदेशमा यस्तै प्रकारको गर्न असम्भव हुन्छ र सामग्री जुटाउन सम्भव न हुन् सक्दछ l तर सम्मान कार्यक्रम भनेर केवल संस्थाको नामलाई उच्च राख्न गरिएको मनसायले गरिएको हुन्छ l व्यक्ति आफु नायक हुन् मात्र गरिएको सम्मान कार्यक्रम को कुनै अर्थ लाग्दैन l सम्मान हुने व्यक्तिले सम्मान स्वरुप प्राप्त गरेको दुई चार वटा फूल र खादा कार्यक्रम स्थलमा छोडिएको देखिएको छ l सम्मानलाई सम्मान गर्न जान्नु पर्दछ  l सम्मानलाई अनौपचारिक र हचुवाको भरमा गर्ने प्रयास गर्नु हुँदैन l झारा टार्ने कामको लागि मात्र सम्मान गरिने र स्वार्थसहित गरिएको सम्मान छ भने त्यसले अन्तत्वगत्वा कुनै लाभ दिदैन बरु बिबादास्पद बनाई दिन्छ l सम्मानलाई सम्मान गर्ने तौर तरिका र यसको प्रतिष्ठाको लागि सबैले ध्यान पुर्याउनु जरुरि हुन्छ l सस्तो लोकप्रियताको लागि सम्मान कार्यक्रमलाई अगाडी सार्नु कदापी हुदैन lसम्मानित हुने व्यक्तिलाई सम्मान कार्यक्रममा सम्मानजनक मान राख्न सिकौ l   ---------------------------------------------------अस्तु   

mahoday · Aug 11, 2013 5:41 AM · 11,453 views

2 Replies

महोदय पनि लास्टै हसाउनु हुन्छ यार ... त्यो ॠषि ढकाल भन्ने मान्छेले के गरेको छ र सम्मान गर्नुपर्ने ? माओवादीलाई टन्न पैसा खुवाएर महावाणिज्य दूत बन्दैमा सम्मान गर्नुपर्ने ? फेरि अरुलाई सम्मानको धज्जी नउडाइयोस भन्दै अर्ती उपदेश दिने ? हाम्रा पूर्खाले ठिकै उखान बनाएका रहेछन् अरुको जिउको जुम्रा देख्ने आफ्नो जिउको भैंसी नदेख्ने ...

Geology Tiger · Aug 11, 2013 12:09 PM

ए हजुर,  सम्मानको धज्जी न उडाईयोस भन्ने कुरो सही हो| अरुलाई भन्न र जबर्जस्ती नेपालीमा लेख्न सजिलो होला|  आफै पालना गर्न कठिन होला|  विजयजी, तपैहरुले एउटा कुरोमा बिचार पुर्याईयोस है|  नेपालका जिल्ला र ठाउँ पछिको नाउँ राख्दै अमेरिकामा संस्था खोलेर त्यस्ता एकराते र एकपाखे संस्थाहरुको पदाधिकारी भनेर कार्ड छपाएर अनि सामाजिक संजालमा मान मर्दन, मंच र माईक खोज्नेको धज्जी नि कसले  उड़ाउने?  ए.एन.एस. अमेरिकाले के गर्यो यतिका बर्षमा भनेर लेख्न भन्दा जैले पनि यो संस्थाको पछि सबैभन्दा पुरानो संस्था भनेर मात्र किन लेख्ने? ए.एन. एस. को गौरव गाथा सबै पोली खाए पछि खालि बचेको खुचेको खालि यो सबै भन्दा पुरानो हो भन्नुमा मात्र रहेको छ? सबैभन्दा पुरानो सितै यो संस्था गत छ सात चुनाव देखि कि ललितपुरको छ घरे संस्था वा झापाको बल्ड्याङ्गमुनिको हावाघरे संस्था भन्दा पनि गए गुज्रेको छ भनेर पनि किन उल्लेख गर्नुहुन्न? जुन दिन देखि अध्यक्षको चुनावमा मत हालेर गराउन सट्टा ओभरट्याम खेलमा गोल नभएर दुवै पक्षले छ छ महिने ट्रफी राख्ने  बच्छी बच्छी  निर्णय जस्तो गर्यो त्यही दिन देखि ए एन एस को गौरव मृत घोषणा भएको हो| त्यसरी चुनाव मै नजिती अध्यक्ष भएका दुई जनाले लाजै शरम बेगर ए एन एस को पुर्ब अध्यक्ष भनेर आफ्नो विल्ला आफैले देखाएकोमा धज्जी उड़ाउने कुरो गरम न| चुनावै नजिती अध्यक्ष भएको वा अर्द्ध अध्यक्ष भएको भनेर लेखे सही ठहर्ला| नेपालमा जस्तै तीन पाथी तेल घस्ने संस्कार अमेरिकामा पनि लिएर आएकाहरुले चोखो वातावरण सृजना गर्न अर्को पीडीं नै कुर्न पर्ने भयो| धज्जी नै उड़ाउने भए सही कुरोमा धज्जी उडाईयोस| आफ्नो आंगको जुम्रा पनि देख्नुपर्यो|           

Mardshab · Aug 11, 2013 2:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all