वाणिज्यदुत ढकालको सम्मानमा सान डिएगोमा कार्यक्रम

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                  वाणिज्यदुत ढकालको सम्मानमा सान डिएगोमा कार्यक्रम           नेपाल सरकारका तर्फबाट अमेरिकाको क्यालिफोर्निया सान डिएगो क्षेत्रका लागि नवनियुक्त अवैतनिक बाणिज्यदुत ॠषि ढकालको सम्मानमा कार्यक्रम गरिएको छ । स्थानीय सान डिएगोबासी नेपाली र अमेरिकनहरुको उपस्थीत रहेको कार्यक्तमको आयोजना सान डिएगो एसोसिएसन स्यानले गरेको हो ।          स्थानीय समाजसेवी गोपाल योगी र  मनिता योगीको संयोजकत्वमा गरिएको कार्यक्रमका  प्रमुख अतिथि मेरिल्याण्ड र पेन्सिलभानियाका लागि महावाणिज्यदुत प्रेमराजा महत हुनुहुन्थ्यो । कार्यक्रममा बाल्टिमोर एशोसियसन बानाका विजय श्रेष्ठ, वाल्टिमोरका व्यवसायी प्रेम श्रेष्ठ, सान डिएगो क्षेत्रकी समाजसेवी सीमा गुरुङ, पशुपतिनाथ फाउन्डेसन अमेरिकाका  अध्यक्ष भक्त थापा, महासचिव प्रेम गुरागाईं, गुरुङ सोसाइटी अफ लस एन्जलसकी अध्यक्ष तारा गुरुङ, आरुघाट, गोरखामा बन्दै गरेको ब्रिद्धाश्रमका अध्यक्ष चित्र कुमार श्रेष्ठ लगायत दक्षिण क्यालिफोर्नियाका विभिन्न संघ, संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।          विभिन्न संघ, संस्था तथा व्यक्तिले खाका ओढाएर तथा फुलमालाले ढकाललाई बधाई तथा शुभकामना प्रदान गरे । सारा योगीको सुन्दर प्रस्तुतिबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा बालकलाकारहरु विज्ञान, स्काइलर, ब्राईनले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। डाक्टर सरोज जोशीबाट प्रशिक्षण लिएका कुन्चिडोका छात्रहरूले आफ्नो मार्सल आर्ट्सको प्रतिभा देखाएका थिए।          कार्यक्रममा बोल्दै महावाणिज्यदुत प्रेम राजा महतले ढकालको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा वाणिज्यदूत ॠषि ढकाले सबैलाई धन्यबाद दिँदै आँफुले सकेसम्म नेपाल र नेपालीको ब्यापारिक हितमा काम गर्ने बताउनुभयो ।          कार्यक्रममा प्रेमराजा महतले गीत समेत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै  हिमालयन कुजिनका मालिक खेम खरेलले कार्यक्रममा उपस्थीत सबैलाई धन्यवाद दिनुभयो । मनिता गोपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय ब्याण्डका सुरेश, सर्जु, सागर, कश्यप, रेनुका, डैवी, अंकुर,अमित र विक्रमले प्रदर्शन गरेको प्रस्तुतीले अझ रोचकता थपेको थियो ।  सारा र संसार योगीको नृत्य पनि आकर्षक रहेको थियो ।     

mahoday · Aug 11, 2013 5:39 AM · 3,005 views

1 Reply

Oooooookaaaay

Kiddo · Aug 11, 2013 3:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all