गणतन्त्रवादी गोपाल गुरुङ भन्छन्- राजा फर्किए झापड हान्नुपर्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  गणतन्त्रवादी गोपाल गुरुङ भन्छन्- राजा फर्किए झापड हान्नुपर्छ म जनजाति होइन, 'नो लिम्बुवान, नो खम्बुवान, नो तमुवान !   २५ साउन, काठमाडौं । गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका समकालीन गोपाल गुरुङ यतिबेला ७६ वर्ष पुग्नुभयो । लामो विमारका कारण थलिए पनि जोस्सिएर बोल्ने एमएनओ अध्यक्ष गुरुङसँग अहिले पनि गणतन्त्रप्रति उत्तिकै आस्था र विश्वास रहेछ । राजा फर्किने सम्भावना छ कि छैन भन्ने प्रश्न गर्दा उहाँले अनलाइनखबरसँग जोस्सिँदै भन्नुभयो, ‘बदमास राजालाई फर्कन दिनुहुँदैन, पैसाको बलले फर्कियो भने दुईचार झापड हान्नुपर्छ ।’ लामो समयदेखि नेपालमा संघीय गणतन्त्र हुनुपर्ने अडान राख्दै आउनुभएका गुरुङले जातीय आधारमा संघ बनाउन नहुने आफ्नो पुरानो अडान दोहोर्याउनुभयो । ‘नो लिम्बुवान, नो खम्बुवान, नो गुरुङवान, नो तमुवान । यो झगडा गर्ने ठाउँ होइन । एउटा भएर अगाडि बढ्ने हो ।’ जनजाति भन्ने शब्द राजाले दिएको भन्दै उहाँले आफू ‘जनजाति’ नभएको बताउनुभयो । ‘म जनजाति होइन, म मूलबासी । जनजाति त त्यही पहिलाका राजाहरुले, पञ्चायती व्यवस्थाले दिएको कुरो हो । जनजाति र आदिवासीमा धेरै ठूलो फरक छ ।’ अनलाइनखबरले गुरुङसँग उहाँकै निवासमा गरेको कुराकानी : तपाई गणतन्त्रवादी नेतागणतन्त्र आएकोमा खुशी हुनहुन्छ तर, अझै राजा फर्किन्छन् भन्दैछन् त मान्छेहरु ? फर्किन्छ भनेर आफ्नो पार्टीका मान्छेहरुले भन्ने भए । तर, म कहिल्यै विश्वास गर्दिँन । आयो भने त पिटी नै दिनुपर्छ । संसारले थाहा पाओस् यो जबर्जस्ती गएकाले पिटाइ खायो यसले भनेर । यहाँको दुखी मान्छेले मात्रै होइन, संसारको सुखी मान्छेले पनि थाहा पाओस् कि यो पैसा लगाएर जबर्जस्ती गयो, त्यसकारणले मान्छेले पिट्यो । राजा फर्किन सक्दैनन् भन्ने तपाईसँग के छ आधार ? आधार हैन, मेरो विश्वास छ । यस्तो राजालाई फर्काउनु पनि हुँदैन बदमासलाई । अर्को यो र्फकंदैन पनि । हामी सबै जो विवेकशील छौं, त्यसलाई झामट दिएर पनि खेदिदिनुपर्छ । संसारले थाहा पाओस् कि यसले झापड खाएर फर्कियो भनेर ।पार्टीका नेताहरु भन्दा त यही राजा ठीक छन् भन्छन् नि केही मान्छेहरु ? कुन पार्टीको ? तिनीहरुकै पार्टीको होला । नेपालको पार्टीको होइन त्यो । व्यक्तिगत त स्वास्नीको पनि पार्टी हुन्छ, छोराको पनि पार्टी हुन्छ । त्यो गणनायोग्य नै हुँदैन । संसारको जो पार्टी छ, त्यसबाट अब त्यो र्फकंदैन । कुनै कारण जबर्जस्ती पैसाको जोडले फर्कियो भने त्यसलाई दुईचार झापट लगाइदियो भने संसारमा त्यसको नाम हुन्छ । ० गणतन्त्रमा पूर्वराजाले पनि त बोल्नु पाउनुपर्दैन ? जनताको विरोधमा बोल्न पाउँदैन । जनताजस्तै भएर गर्नुपर्‍यो, त्यो उनीहरुको कुरा हो । राजाजस्तो भएर जाने, राजाजस्तो भएर बोल्ने, त्यसलाई कसले दिन्छ ? त्यसलाई बोल्ने त हैन झामट दिनुपर्छ । बाढी पीडितलाई राहत बाँड्न पाउँदैन ? बाढीपीडितलाई ? त्यो के-के पाउँछ, जनताले दिने कुरा हो । जनता म भन्दा पनि धेरै जान्ने छ । जनताले धेरै जान्ने हुनु पनि पर्छ । जान्ने छ पनि । त्यसैले जनताले दिने हो । गणतन्त्रप्रति तपाई कति सन्तुष्ट हुनुहुन्छ ? यहाँमात्रै होइन, संसारमा पहिला यस्तै हुन्छ । जुनसुकै तन्त्रमा पनि संसारमा बुझ्नुपर्‍यो नि त । यो एकदम नयाँ कुरा हो । त्यसैले नेपालमा मात्रै होइन, संसारमा यस्तै हुन्छ । त्यसकारणले यो सुधि्रँदै जान्छ । मान्छेको विचार खारिँदै जान्छ । त्यसकारण यो विस्तारै विस्तारै हुँदै जाने कुरा हो । झट्टै आयो, झट्टै बनिन्छ, त्यस्तो हुँदैन । ० ‘सेतामगुराली’बारे तपाई के भन्नुहुन्छ ? सेतामगुराली, राता मगुराली, आइ डन्ट नो । न मलाई चासो छ त्यस्ता फटाहाहरुसँग । त्यसकारण यो कुरा उनीहरुलाई नै थाहा छ । म जान पनि चाहन्न यस्तो कुरामा । तपाई जनजाति हो कि हैन ? म जनजाति होइन, म मूलबासी । आइ एम मूलबासी, नट जनजाति । जनजाति त त्यही पहिलाका राजाहरुले, पञ्चायती व्यवस्थाले दिएको कुरो हो । यो कुरो मान्छेले बुझ्दै बुझेन । न त अहिले नै बुझ्न कोशिस गरेको छ । जनजाति र आदिवासीमा धेरै ठूलो फरक छ । यो मेरो परिभाषा होइन । गोपाल गुरुङको परिभाषा होइन, संसारको परिभाषा हो । यो कुरो कसैले जान्ने कोसिस गरेन । अलिअलि जान्न खोज्नेहरु पनि डरछेरुवा मात्रै भयो । डरले पनि जान्न सकेन । त्यसैले पहिलेका राजाले जे भन्छन्, त्यही कुरोलाई स्वीकार गरे । जनजाति के हो त्यो मैले लेखिसकेको छु । आदिवासी केहो, त्यो पनि लेखिसकेको छु । मेरो विचारमा यो फेरि दोहोर्याइराख्नु उचित छैन । यो त मैले कत्ति वर्षदेखि भनिराखेको छु । यही कुरालाई किन दोहोर्याइराख्ने ? शुरुमा तपाईहरु पढ्नोस्, जनजाति दरबारले भनेको शब्द हो । दरबार भनेको राजा हो । गोपाल गुरुङ किन जातीय राज्यको विरोधी ? नो नो नो । नो लिम्बुवान । नो खम्बुवान, नो गुरुङवान, नो तमुवान । किन ? त्यो हुनुहुँदैन । तमुवान, खम्बुवान, लिम्बुवान हुनहुँदैन । मैले जे स्टेटमेन्ट दिएको छु, त्यही हुनुपर्छ । नो खम्बुवान, नो लिम्बुवान नो तमुवान । गहिरिएर हेर्‍यो भने त्यो व्यक्तिमा जान्छ । लिम्बुवान भन्यो भने लिम्बुकोमा जान्छ, तमुवान भन्यो भने गुरुङको मात्रै जाला । यो झगडा गर्ने ठाउँ होइन । एउटा भएर अगाडि बढ्ने हो । राजाहरुले त्यही चाहिरहेका छन् । त्यस्तो भयो भने पर्सनलरुपमा लड्छ, उनीहरुले फाइदा उठाउँछन् । गोपाल गुरुङ संघीयताको पक्षधर हो कि हैन ? मैले धेरै पहिलेदेखि संघीय गणतन्त्रको कुरा उठाएको हुँ । तर, संघीय प्रान्तहरु भारतको जस्तो जातीय आधारमा बनाइनु हुँदैन । केका आधारमा संघ बनाउने भन्ने मैले पहिल्यै लेखिसकेको छु । (गुरुङ “नेपाली राजनीतिका अदेखा सच्चाइ” नामक पुस्तक लेखेवापत २ वर्ष ८ महिना जेल परेका व्यक्ति हुन् )

_____ · Aug 9, 2013 12:13 PM · 7,094 views

2 Replies

हाम्रा नेताका कुरा सुन्दा तल बगाएर माथि खोज्नु पर्ने जस्तो | एक बेला डा भट्टराई राजा लाइ राख्नु पर्छ भन्ने बिचार मा थिए , रास्ट्रीय एकता ल्याउने कुरामा राजाको ठुलो हात रहने कुरामा सतप्रतिसत बिस्वास भए पनि आफै पार्टी बिपरित बिचार भएकाले उनले ईकुरा ल्याउन छोडे | देश टुक्रिएको अबस्थामा नाम मात्रको पद राजा राखेर देस बच्छ भने त्यो किन नगर्ने ? देशनै नभए के को राजनीति गर्छौ ?  एकिकरण एउटा कालरात्रि हो भन्ने संग के नै कुरा गराई होला र ? हो २-४ कुरा नराम्रा नभएका हैनन् , भारतका तट्टु र पद र पैसाका भादुवा का कुरा यस्तै हुन् |

Magorkhe1 · Aug 11, 2013 3:51 PM

 Hera yo darjilenge ko furti...sabai lai hero hunu pareko chha, gyanendra lai jhamat hancha re, agadi aayo bhane yesle surwal mutchha..

Ghorlekabo · Aug 12, 2013 10:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all