आफ्नो मुटुमा प्रेमीको वास जमायौ तिमीले

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आधा जिएपछि मेरो हात समायौ तिमीले  अटुट माया पाएर आँसु थमायौ तिमीले    शरीरको सुन्दरतामै शान मान्दै उहिले उपेक्षाका अगुल्टाहरूले डमायौ तिमीले    जिन्दगी हरपल सुख भन्नेसम्झी हिंड्थ्यौ  अरुसँग मात्र खुशी खोज्दै रमायौ तिमीले   भमराहरू घुम्दै गर्दा होश सबै गुमायौ  बदनाम पनि सबैतिर कमायौ तिमीले    धरातल भासिएपछि भान भएर होला  ढुकढुकीलाई भावनाले छमायौ तिमीले    आखिरमा अजम्बरी माया गर्नेलाई चिनेर  आफ्नो मुटुमा प्रेमीको वास जमायौ तिमीले http://merasabdaharu.blogspot....

santoshlmn · Aug 9, 2013 12:39 AM · 10,811 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all