बमको छर्रा घुँडा बोकेका पूर्व लडाकू भन्छन्- हामीलाई त कुर्सीका लागि पो लड्न पठाइएको रहेछ 08 Aug 2013 | 13:33pm बिहीबार २४ श्रावण, २०७० हिराबहादुर घर्तीमगर रोल्पा (घुस्बाङ) — द्वन्द्वकालमा माओवादीको तर्फबाट युद्ध लडेका एक युवा ९ वर्षदेखि घुँडामा बमको छर्रा बोकेर बाँचिरहेका छन्। माओवादी पार्टीका लागि कुनै बेला ज्यानको प्रवाह नगरी युद्ध लडेका सेरम–८, रोल्पाका मानित घर्तीमगरलाई पार्टीका नेताहरुले वास्ता गरेका छैनन्। 'दर्जन बढी लडाइ लडियो जीवनमा माओवादी पार्टीको लागि सबै सबै गरियो', मगरले नागरिकन्युजसँग भने- ' अहिले घुँडामा एट्टिवानको तीन वटा छररा बोकेर बाँची रहेछु। पार्टी र मेरो सम्बन्ध पनि विच्छेद जस्तै भएको छ।' ७ चैत २०६१ मा म्याग्दिको सदरमुकाम बेनी आक्रमणको क्रममा घर्तीमगरको बायाँ घुँडामा नेपाली सेनाले हानेको एट्टिवानको छर्रा लागेको थियो। २०६३ मा वीर अस्पताल काठमाडौंमा भिडियो एक्सरेबाट उनको घुँडामा एट्टिवानको तीन वटा छररा देखिएके उनले बताए। 'वीर अस्पतालका डाक्टरले अप्रेशन त गरी दिन्छौं तर घुँडामा भएकोले ठीक भइहाल्छ भन्ने ग्यारेण्टी चाहिं दिन सक्दैनौं भने', उनले भने- 'त्यसपछि भएको खुट्टा पनि गुमाइयला भन्ने डरले खुट्टाको अप्रेशन नगरी घर फर्कें।' कुनै बेला माओवादी युद्धमा जीवनको कुनै प्रवाह नगरी राज्यविरुद्ध घर्तीमगरलाई हिजोआज जीवन प्यारो लाग्न थालेको छ। २९ साउन २०५९ मा नुवागाउँ रोल्पामा सेनासँगको भिडन्तको क्रममा ग्रिनेट फाल्दै गर्दै उनले दायाँ हातको बुढी औंला सहित तीन वटा औंला पनि गुमाई सकेका छन् । २४ मंसिर २०५८ मा कपुरकोट सल्यानस्थित रिपिटर टावर आक्रमणको क्रममा दायाँ कम्मरमा गोली लाग्दा सात टाँका सिलाउनु परेको उनले सुनाए। २०५४ मा माओवादीको सेरम गाविस जनमिलिसिया सचिवबाट माओवादी राजनीति शुरु गरेका घर्तीमगर गाउँकै सरस्वती प्राविबाट ३ कक्षा उत्तिर्ण गरेर राजनीतिमा लागेका हुन्। सेरम–८ कै हिकामन घर्तीमगरको प्रेरणाले उनी तत्कालिन माओवादीमा प्रवेश गरेका थिए। माओवादी लडाकुको चितवन स्थित तेस्रो डिभिजन मुख्यालयबाट खुल्ला विद्यालय अन्तर्गत घर्तीमगरले टेस्ट उत्तिर्ण गरेका छन्। पहिलो चरणमै स्वच्छिक अवकाश रोजेका उनले दुई चरणमा गरेर कुल ६ लाख रुपैयाँ पाएको बताए। उनको साथमा अहिले एक छोरा, एक छोरी, श्रीमती र बुवा आमा रहेका छन्। 'नेताहरुलाई कुर्सी चाहिँदो रहेछ। हामीलाई लड्न पठाएको पनि कुर्सीकै लागि रहेछ। त्यसैले म त अहिले राजनीतिमा निस्क्रिय छु', उनले भने। - See more at: http://www.nagariknews.com/soc...
_____ · Aug 8, 2013 6:26 AM · 1,307 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion