विश्व साईकल यात्री सौरव दाहालको यात्रा संस्करण प्रकाशन हुने भएको छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सौरव दाहाल, नयाँ दिल्ली - विश्व साईकल यात्री सौरव दाहालको यात्रा संस्करण प्रकाशन हुने भएको छ । अमेरिका वस्दै आएका अंग्रेजी लेखक राजन थपलियाले दाहालको यात्रा संस्करण लेख्न लागेका हुन् ।    दाहालको यात्रा संस्करणमा साईकल यात्राका क्रममा उनले भोगेका सवै विषयलाई समेटिने भएको छ । अंग्रेजी किताब लेखनमा निकै  चर्चा कमाएका लेखक थपलियाले थिन्क अबाउट इट् सिम्प्ल रुल्स लाईफ इज नट इजि टनिर्ङ पोइन्ट जस्ता किताब प्रकाशन गरिसकेका छन् ।   त्यस्ता लेखकहरुको नजरमा पर्नु आफ्ना लागि गौरब भएको वताउँछन साइकल यात्री दाहाल । सौरव जस्ता सहासी युबाको जिबनी लेख्न पाउँदा निकै खुसी लागेको वताउँछन् लेखक थपलिया पनि ।   उनि थप्छन्– सौरव को जिवनी हाम्रो देशलाई मात्र नभइ बिश्वलाई नै एक पाठ हुन सक्नेछ । विश्व साईकल यात्री दाहालको जिबन संघर्षको कथा, भविष्यको योजना अनि आजको युबाहरु सृजनसिल हुनु पर्दछ भन्ने मुल सन्देश बोकेको जिबनी बजारमा छिटै आउदैछ ।

rajanthapaliya · Aug 4, 2013 2:44 PM · 10,213 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all