समाज सेवीलाई सस्तो बनाउनु हुदैन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                          समाज सेवीलाई सस्तो बनाउनु हुदैन l समाज सेवी भन्ने बितिकै कुनै पनि राष्ट्रको समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्नु लाई बुझिने गरिन्छ l समाज सेवा भन्दा पुन्य काम बिश्वमा केहि छैन l हाम्रो धार्मिक मान्यता र धर्मले सेवाको बिभिन्न ब्याख्या गरेको छ l सरल भाषामा समाज सेवा गर्ने व्यक्तिलाई समाज सेवी भनिन्छ lकुरा अलिक गम्भीर छ र समाज सेवी को हो त ? यस बिषयमा खोज तलास गर्न आतुर भएकोले केहि हरफ लेख्न मन जागेको छ l कलम चलाउनु पर्ने भएकोले यस तर्फ आफ्नो बिबेकले भए सम्म कोसिस गर्ने मेरो ध्येय छ l यहाहरु जहाँ जानु हुन्छ त्यहाँ समाज सेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम संचालकले सम्मान गरेको देखका छौ l छापामा प्रसस्त पाईने गरेको हामीले देखेका छौ l वास्तवमा के तिनीहरु सबै समाज सेवीको दायरामा पर्दछन या समाज सेवीको बिल्ला राख्नको लागि साच्चिकै हुन् त ? समाज सेवा भनेको परोपकार हो l परापुर्व काल देखि नै समाज सेवाको थालनी ईतिहासले देखाएको छ l ब्रम्हाण्ड भरि समाज सेवाका प्रसस्त संघ तथा संस्थाहरु उम्रेका छन् ,समाज सेवी पनि त्यतिकै lबिश्वमा प्रख्यात समाज सेविको सुची पनि छ तर यिनीहरु बिश्व भरि नाम कमाएका छन् l तन,मन र धनले समाज प्रति भिजेका छन् र यिनीहरु राष्ट्रका बिभुति कहलिन्छन lसमाज सेवा मानवता संग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ l समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन lसमाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुदैन र समाज सेवीको हृदय नाग्लो जत्रो हुनु पर्छ l समाज सेवाको नाममा कही कतै ब्रम्ह लूट पनि भएको हामीले समाचार सुनेका छौ l समाज सेविको नामबाट गलत क्रियाकलाव पनि नभएका हैनन तर त्यो समाज सेवाको रथ हाक्ने जिम्मा मानिसले लिएका हुन्छन lसमाज सेवा पवित्र कार्य हो भने समाज सेविको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ र समाज सेवा गर्ने संस्थाहरु गनाउने भएका छन् lआजकल यो पंक्तिकारले अमेरिकामा छ्याप छ्याप्ती जहाँ गयो त्यहि समाज सेवी देख्न थालेको छ l अब त यस्तो दिन पनि आउला भन्ने सोच्न थालेको छु कि जति पनि नेपाली समुदाय सदस्य अमेरिकामा आएका हुन्छन सबैलाई थोक मै समाज सेवी भन्न कर लाग्छ कि जस्तो अनुभति हुन् थालेको छ lकि मैले समाज सेवीको भावार्थ न बुझेको हो कि ? सबैलाई समाज सेवी भनि दियो भने खाट्टी समाज सेवी त ओझेलमा पर्ने हो कि भन्ने आशंका लागेको छ lभोलि मदर (आमा ) टेरेसा पनि फिक्का हुने हुन् कि भन्ने डर लाग्दैछ lअहिले पनि अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिन्टनको प्रख्यात सामाजिक संस्था छ र अहिलेसम्म पनि उनिलाई समाज सेवी भन्दा राष्ट्रपति भनेर संचार माध्यमले फ़लाक्दछ्न lर कतै उनि समाज सेवी हुन् भनेर अमेरिकी छापाले पनि भन्दैन तर हामी नेपाली समुदायले एउटा कुनै संस्थामा काम गर्यो र भूतपूर्व अधक्ष्य भयो या कार्यकर्ता भयो समाज सेवी लेखको पाईन्छ l समाज सेवी हो या स्वयम् सेवक ? समाज सेवीलाई सस्तो बनाउनु हुदैन र को समाज सही हो भन्ने कुनै निकाय पनि छैन केवल समुदायका सदश्यहरुले नै सम्मान गरि समाज सेवी भनि दिन्छन र सरकारी तवरबाट पनि समाज सेवी भनेर सम्मान गर्ने परि पाटी छ lतर एक छिन् हामी घोत्लियौ भने कुरा छर्लंग हुन्छ र समाजले यसको अर्थ दूधको दूध पानीको पानी छुट्याउने छ ,समाज सेवा र स्वयम् सेवकमा फरक हुन्छ त्यसैले बिना सर्त आफु खुसीले काम समाजको लागि गर्दछ भने उ समाज सेवी हुदैन उ केवल स्वयम् सेवी मात्र बन्दछ l कतै कतै स्वयम्ले समाज सेवी पनि लेखिएको देखिएकोले छ र यहाहरुले पनि देख्नु भएको होला भन्ने बुझेको छु l समाज सेवी बन्नलाई ठुलो त्याग गर्नु पर्छ र तिलान्जली अर्पण गर्नु पर्छ lसमाज सेवी भनेर आफुलाई समाजमा उभ्याउनु भन्दा स्वयम् सेवक भन्दा समाजले अझ सम्मान गर्ने छन् र विश्वास बढ्ने छ lजो कोहि समाज सेवामा लागेका छन् र उनीहरुले त्यो सम्मान खोज्दैनन् तर सिन्को नभाच्ने र कहिले कही स्वयम् सेवकको रुपमा काम  गर्ने कार्यकर्ताले समाज सेवी लेख्न बन्द गर्नु पर्छ भन्ने लाग्द्छ  l समाज सेवाको मर्म बुझ्न कोसिस गर्नु पर्छ l बिशुद्ध समाज सेवीलाई सम्मान गर्न सिक्नु पर्छ lसमाज सेवी आफुले हैन अरु द्वारा पुकारिनु पर्छ र सम्बोधन हुनु पर्छ l केवल नाम र प्रतिष्ठा वृद्धि स्वरुप आफुलाई समाज सेवी भन्न तगारो लगाउनु पर्छ lसमाज सेविको सहि अर्थ लगाउन जान्नु पर्छ lप्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र आएको छ जसले जे लेख्यो भने पनि कसैलाई टाउको दुखाई हुने छैन lआफ्नै बिबेक प्रयोग गरि स्वयम् सेवी या समाज सेवीको नाम छनौट गर्न जान्नु पर्छ l   ----------------------------------------अस्तु   विजय

mahoday · Aug 3, 2013 6:22 AM · 2,871 views

1 Reply

 मेरो बिचारमा विभिन्न संघ-संस्थामा लागेर विभिन्न पदहरु ऒगतेर, आफ्नो नाम हरेक ठाउमा छपाएर र सबैलाई ज्ञान र उपदेश (अरुलाई मात्रै दिने आफुमा लागु नहुने) र डान्स र डिस्को गर्दै नाच्ने, बन-भोजमा रमाउने, नेपाली राजनीतिज्ञहरुको एअरपोर्ट सम्मै गएर खुट्टै ढोग्न जाने, राजदूतलाई हरेक पार्टीमा नाच्न बोलाउने जमात भन्दा आफुले कमाएको दुइ पैसाको पनि केहि अंश अरुहरुलाई गार्हो परेको समयमा सहयोग गर्ने मान्छे नै सहृदयी समाजसेवी हो तर उसलाई यहाहरु जस्तै समाजसेवीको पदवी बोक्ने र को सच्चा समाजसेवी हो भन्दै बहस गर्दै बस्ने चाहना हुदैन | यहाँले त समाजसेवीको patent पो आफुले पाउनुपर्छ भन्ने जस्तो कुरा गर्नु भयो |     मलाई लाग्छ हरेक व्यक्तिमा समाज सेवा गर्ने चाहना हुन्छ | विदेश आए पछि त झन् आफुले छोडेको देशलाई केहि गर्न सकिन्छ कि भनेर सबैले नै एक पटक सोचेको हुनु पर्छ जस्तो लाग्छ  | हो, देश विदेश सबै तिर गणतन्त्र आएको छ तर आफ्नो बिचारहरु अरुलाई लाद्न मात्रै आएको भनेर नठान्नु होला | प्रतिक्रियाहरु गर्ने र अरुको राम्रा कुराहरु पनि सुन्ने गरे अझ प्रभाबकारी समाजसेवा हुन सक्ला कि? मलाई लग्छ धेरैले नाच-गान र साहित्यको जमघटलाई नै समाजसेवा भनेर बुझ्ने गरेका झन् |   यहाँ कुन सस्था छ,       जसले नया आएका नेपाली विद्यार्थी होस् या DV वालाहरुलई सहयोग गर्ने हात फैलाउछ?      जसले कसैलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्छ?      येति सम्म कि अर्को (Kansas को) धागोमा कत्तिले त राजदूत वा राजदूतावासको येस्मा केहि लेनदेन छैन भनेर भन्नु भयो | शायद समाजसेवी भेषधारीहरुको यसलाई सफलतानै मान्नु पर्ला एस्तो साचो कुरा बुझाउन सक्नु भएकोमा | अहिले सम्म एक पटक पनि अमेरिकाको राजदूतले नेपालीको अपठ्यारोमा सोध्नु भएको र सहयोग गर्नु भएको सुन्नमा आएको छैन |  

metta · Aug 3, 2013 9:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all