Trishuliko tin muhan.

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

My apologies for grammatical and spelling errors. But give it a read. Thank you. हैन हो तेस्का बजैको सम्पत्ती खाइदेकोछु र, मलाई भिसा नदिने ? युएस एम्बेस्सी को भवन नै थर्किएको थ्यो त्र्शुलिले घाटिको नाशआ फुट्ने गरी चिच्यौदा । त्र्शुलि खोला तीन नदी को मिलन हो भने, हाम्रो त्र्‍रिशुलिचै रिस्, लोभ र घमन्डको मिलन थिन । ५० बर्ष् लागेकी उनि, अमेरिकाको भिसा २ प्रायश्मा ३० बर्षको उमेरमा लाग्यो । चिटी च्याट्ट परि, असन को गल्गल्लिमा उनि हतार - हतार लुगा कपडा किनेर लगेज ब्याग्मा मिलाई मिलाई कोचरिन । ३० दिन लाई पुग्ने गरी उन्ले नेपाल बाट फुरुन्दाना र तील्को अचार पनि पोको पारेकी थीन । उनी टुरिष्ट भिसा मा न्यू योर्क राज्यको अस्टोरिआ मा आइपुगीन । उन्को दिदी को देवर को साथीको छोरीको साथीको कोठामा उन्को बास भयो । आएको केहि दिन पस्चतै उन्ले काम सुरु गरीन । स- सना बच्चा हरुको हेर देख गर्ने । ३ बच्चाकी आमा उनि आफाइ थिन । ८ र ९ बर्ष्का छोरी र ७ बर्ष्का छोरा छोरी थिए उन्को । बच्चा बच्ची कै सफल भविश्य को लागि भनि उनि आएकी थीन अमेरिका । उन्को लोग्ने को कमै जम्मा जम्मी हार हारी म ५००० हुन्थ्यो महिना को । तेस्मा केल्ले खने, केल्ले लगाउने र केल्ले बच्चा बच्ची पढौने हुन्थ्यो । आफ्नो बच्चा बच्चीको झझल्को आउनेहुनाले उन्ले बेबी सिटिङ काम कारीब २ महिना मै छोडिन् । पछी उन्ले, न्यू योर्क्, ज्याक्सोन हाइट को सब्जी मन्डी भन्ने तरकारी पसल मा काम पाइन । उनि गर्व का साथ लगन्शिल पुर्वक काम गर्थीन । बेला बेला हाम्रो छिमेकी राष्ट्र का गुजरातीहरुले उन्लाई करौदा, आंखा भरी आशु अनि नाख सुइ सुइ गर्दै, "हाउ क्यान आइ हेल्प योउ" भन्थीन । उन्को कोठा मा चै बिद्ध्यार्थी हरु बस्थे । रमाइलो नै हुन्थ्यो । सबै जना बेलुकी आयो अनि आफ्नो गुनासो र दु:ख पोख्यो अनि हल्का बियर चाडआउँदै सुत्ने गर्थे उनिहरी । यसरि नै उन्को दिन बित्दै जादा अचानक बर्षौँ कटीसकेको उन्ले महशूस गरीन । उनि ४० कटी सकेकी थीन । सब्जी मन्डीको काम छोडेर उन्ले डुन्किन डोनटमा काली शेनिकुआ र पाकिस्तान्की फतिमा सँग काम गर्थीन । सकी नसकी होव कन इ हेल्प योउ भन्ने तृशुली ऐले, “ऊड त्याट बी अल फोर योउ टूडे, हन्” पनि फरर भन्ने भैसकेकी थीन । बच्चा बच्ची र लोग्नेलाई अमेरिका लेराइ सुनौलो भय्विश्य दिने उन्को सपना पुरा भएको थिएन । हरियो कागजको प्रतिक्ष्या ले उन्लाई नेपाल जान बन्चित गरी राखेको थियो । नेपालमा चै पैसा हरेक महिना पठाउन क्रम जारी नै राखिन । बेला मौका मा उन्ले ल्याप्टप र फोन पनि पठाउने गर्थिन । बच्चा बच्चिको जन्मदीन र दशैं तिहार म हाइ फोन र हिफोन को उपेक्ष्या राख्नाले ऊन्ले सकी नसकी घण्टा हान्दै काम गर्थीन । के दशै के दशा । उन्लाई सबै दिन एउटै थियो। उन्को ३० बर्षहुँदा सम्मको घमन्ड ऐले फुटेको सिसा जस्तै थियो भने उन्को अनुवार निचारिएको कागती घाममा सुकेको जस्तो,खर्क्रक्क । फुर्सद निकाली ऊनी बेला मौकामा न्यू योर्कको हिमालयन याक त कैले भिम्स क्याफेमा खान जान्थीन । हिमालयन याक्मा फिरोज स्याङ्देन्ले सम्बोधन गीत गाउदै गर्दा ,“अब त जे सुकै होस्, अब एक बर्ष पछी त म नेपाल जान्छु, बच्चा बच्ची पनि ठुलो भैसके । बुढा अर्कै केटी खेलौदो हो । भए न यसरि त,” गीता सँग ऊन्ले गुनासो पोखिन । अनि गीता ले फोन खित्खित गर्दै भनिन्," दिदि, हेर्नुस न यो फ्राइडे हाम्ले क्या मम पार्टी गर्ने भन्या, प्लिच क्या है दिदी मम को मासु चै तपाईंले नै बनौनु पर्छ ।” फ्राइडे आयो र मम पार्टीमा "योङ वाइल्ड एयन्ड फ्री" भन्दै सबै उफ्रे र ४२ बर्शिय तृशुली पनि मन नलगाइ नलगाइ कसैले, "तपाईं पनि औनुस न रमाइलो गरुम्," भन्दा ,” ह्वाइल ऐन्ड फिरी” भन्दै ङिचिक्क हास्थिन । यसरि त्यसरी यो त्यो भन्दै, हरेक बिहान ६:00 बजे घडीको तितितिईतितितिई सुन्दै फेरी बर्षौ बित्यो र लागिन उनि पचास। उन्को घमन्ड फूटे झै, उन्को लोभ पनि हटी सकेको थियो । लोभ ले लाभ लाभ ले बिलाभ भन्दै सन्देश दिन्थीन भक्खर का बिद्यात्र्थी भाई बहिनिले पढाई छोड्छु भन्द । जती उमेर ढल्य्को त्यत्ती नै उनि नेपाली हुन्थी । तीज पार्टी आउथ्यो र उनि रातो सारिमा हरियो तिल्हरी तेर्सो झुन्डाइ दिन्भरी उब्बिएर दु:खेको खुट्टा बजार्दै नच्थीन । उनको जिवन अको औचित्य के हो उन्ले ५० बर्षाको उमेरमा आफै सँग एकान्त म सोध्थीन । जती दिन बित्दै गयो तेत्ती उन्लाई आफ्नो आमा बुवा र बच्चा बच्चिको याद आउथ्यो । उनले आफ्नो आमा बाको मरन्दिन्मा पनि जान सकिनन । उनलाई हरेक रात मन पोल्थ्यो भने हरेक दिन हुल्को बिचमा एक्लोपनले सताउथ्यो । त्यस्तै हरेक स्वास्मा घोच्ने काडाको अवाश हुन्थ्यो । तर उनको बच्चा बच्चिलाई प्रतिक्ष्या हुन्थ्यो त हरेक महिना को तलब को । र त्यो तलब औने गर्थ्यो मनीग्रम बाट । झुक्केर कुनै महिना पैसा आएन भने मात्र उनि हरुलाई तृशुली को याद आउथ्यो । णदेखेकै २० बर्षा कटे पछी बच्छ बच्चिलाई तृशुली केबल एक फोनको अवज र मनी ग्रम को थैलो बाराअबर थ्यो । त्र्शुलि न त अमेरिकान नत नेपाली । न त पान न त पराग । न त गध नत घोडा । न त घाम न त पानी । न त आमा न त छोरी । न त श्वासनी न त बुहारी । उनि केबल डुन्किन डोनुट कि शिफ्ट म्यनगेर थीन । र उन्को साथी शेनिकुआ र फतिमा थीन। नेपाल बाट लेराएको फुरुन्दाना, तील्को अचार, घमन्ड र लोभ सक्किएपछी उनिमा थियो त केबल रिस्को भकारी । आफै सँग को रिस । ट्यो रिस जस्को कुनै मुहह्न र निश्कर्श उन्ले भेट्टौन सकिनन । बेलुकी फोन बज्यो र हेल्लो भन्दा,” आमा मेरो बिहे गर्नु पर्‍यो” भनेर कान्छो छोरोले भन्यो । डुइटै छोरिको बिहे भैसकेको थियो । मन म केहि कुरा नसोचि, नसम्झी उन्ले नेपाल्को टिकेत्ट काटिन । मनमा एक्लोपन्को खड्किलो बोदै उनि हावाइजहाँअज बटा बिमन्स्थल्को मुल द्वार्सम्मा पुगिन । उनलाई लिना सबै स-परिवार आएका रहेछन । डुइ छोरी का दुइ छोर, उन्कै छोरा, र उन्क श्रीमान सन्तोश शर्मा, सेतो कपाल म कालो धसेर कुरी रहेका थिए । एउटा रातो ट्याक्सीमा सबैजना बसे र “बसुन्धारा, लग्नुस भाइ” भने कान्छो छोरोले । त्र्शुलिको बर्षौं देखी कुहिएर बसेको आशु साचिकै तृशुली नदिमा बाढी आएको जस्तो गरी बग्न सुरु भयो । बिमान्स्थल देखी बसुन्धारा सम्मा कसै सँग केहि पनि बोल्न सकिनन उनि । आंशुले भरिएको आँखा, चौरी परेका गाला, गिद्धको जस्तो झुन्डिएको घाटी , र अधुवा जस्ता आउला किन र कसरी भयो भनेर कसैले सोध्न आट गरेनन । रातो टक्सी को डिकी म जती सुकै समान कोचारेपनि, उनि सँग चै केवल रिस्को ठुलो भकारी मात्रै थियो । समाप्त http://pratapbshah.blogspot.co...

ChiMes · Jul 31, 2013 12:56 AM · 4,769 views

3 Replies

Well written and narrated. I am sure many immigrant women of not just Nepali origin can relate to this story. I am not sure if I understood the end; why was she angry?

Kiddo · Aug 1, 2013 9:11 AM

 चाइम्स जी, तपाईंले भने जस्तै शब्द संरचना चै खस्केकै हो तर कथाले मर्म बोकेको रहेछ , राम्रो लग्यो पढेर ..अरु पनि लेख्दै जानुहोस ....तपाईं को "स्ट्रगल इन किचेन" नि राम्रो लाग्यो.... निकै मार्मिक रह्यो त्रिशुलि को यात्रा ... यस्ता कथा बास्तबिकतामा थाहापयिएको छ ......लेख्दै जानुस .....   - थाहाछैन 

ThahaChaena · Aug 1, 2013 9:39 AM

 Thank kiddo jyu and thahachaina jyu... according to me she was angry because she felt that she had wasted 20 years of her lifetime abroad away from her family. Her family doesnt have much attachement wirh her And now when she returned she felt angry with herself.  Yestai yestai... arko choti ali suddha lekhney koshis garchu. Again tapai harule padhdinu bhaecha. Khusi lagyo. 

ChiMes · Aug 1, 2013 11:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all