‘एक लाखमा खोलेको बेकरीबाट पाँच करोडको सम्पत्ति जोडेँ’ १४ साउन, बागलुङ, तेह्र वर्षअघि गाउँबाट व्यवसाय गर्न सदरमुकाम आएका यहाँका एक युवाले बेकरी पसलबाट करोडभन्दा बढी कमाउन सफल हुनुभएको छ । सदरमुकामको बागलुङ छिमेकी गाविस पाला-६, बाटुलेका तुलसीराम गौतमले बेकरी सञ्चालन गरेर मनग्य आम्दानी जोड्नुभएको हो । छोटो अवधिमै राम्रो व्यावसायिक सफलता हासिल गर्नुभएका गौतमको परिवार अहिले सदरमुकाममै घरजग्गा जोडेर बसेको छ । हाल बागलुङ नगरपालिका-२ शिवधाराचोकका बसोबास गर्ने गौतमले सानो लगानीमा सुरु गरेको बेकरी पसलबाट गरेको आर्थिक आर्जन घर तथा घडेरीमा लगानी गरेको बताउनुभयो । सदरमुकाममा तीन वटा नयाँ घरको निर्माण तथा तीन वटा घडेरी खरिद गर्दा करिब पाँच करोड जति खर्च भएको गौतमले जानकारी दिनुभयो । तुलसीरामले सुरु गर्नुभएको बेकरी व्यवसायमा उहाँका भाइलगायत सिङ्गै परिवार संलग्न छ । एकै परिवारका चारभाइ मिलेर व्यवसायलाई विस्तार गरेपछि मनग्य आम्दानी हुन थालेको हो । सदरमुकादेखि नजिकै रहेको पाला गाविसबाट व्यवसाय गर्नकै लागि २०५७ सालमा सदरमुकाम आएका तुलसीराम गौतमको परिवारले सानो लगानीको बेकरी पसलबाट ठूलो व्यावसायिक सफलता हात पारेको हो । गौतमको परिवारले अहिले कर्मठ र सफल व्यावसायिक परिवारको रूपमा परिचय बनाएको छ । यस्तो कमाइएला भनेर सोचेकै थिइनँ व्यवसाय सुरु गरेको चार भाइमध्येका जेठा दाजु तुलसीराम गौतमले आफ्नो परिवारले यस्तो व्यावसायिक सफलता हासिल गर्ला भनेर कहिल्यै नसोचेको बताउनुभयो । करिब एक लाखको लगानीमा सदरमुकाममा प्रगति प्रतिभा प|mेस बेकरी पसल सञ्चालन गर्नुभएका गौतमले पछि दुई स्थानबाट आफ्नो सेवा विस्तार गर्नुभएको हो । बानपा-२ शिवधाराचोक र लोकतान्त्रिक चोक नजिकैबाट बेकरी पसल सञ्चालन भइरहेको गौतमले जानकारी दिनुभयो । घरका आठ जना खटिन्छौं ‘बिहान ४ बजेदेखि नै हाम्रो काम सुरु हुन्छ’ गौतमले भन्नुभयो । ‘हामी घरकै आठ जनालाई काम भ्याइनभ्याइ भइरहेको छ, राति अबेरसम्म काममा व्यस्त हुनुपर्छ ।’ उहाँका भाइ राजु, दीपक, धु्रव, बुहारी पवित्रा, सरस्वती र सनमले व्यवसायमा प्रत्यक्ष रूपमा सहभागी हुनुहुन्छ । ‘लामो दुःख र सङ्र्घषबाट कमाइ पनि राम्रो गर्न सकिएको हो’ तुलसीरामका माइला भाइ राजुले भन्नुभयो- “परिवार नै सर्मपित भएर व्यवसायमा लागेपछि केही न केही हुँदोरहेछ ।” गौतम परिवारका अनुसार सदरमुकाममा रहेका घर र घडेरीको मूल्य गर्दा कम्तीमा पाँच करोडको सम्पत्ति हुनआउँछ । ‘गाउँमा भएको घरजग्गा बेचेर आएको तीन लाखबाहेक सबै पैसा हामीले गरेको परिश्रमबाट आर्जन भएको हो’ गौतमले भन्नुभयो । मुख्य कारोबार दुनोटको बेकरी पसलमा मुख्य गरेर बिक्री हुने सामान भने दुनोट बन्ने गरेको छ । त्यसबाहेक विभिन्न बेकरीका परिकार, जन्मदिनको केक, चियालगायत अन्य चिसो पेयपदार्थ पनि बेच्ने गरेको गौतमले बताउनुभयो । तीनै भाइका श्रीमतीले व्यवसायमा कडा परिश्रमका साथ सहयोग गरिरहनुभएको छ । ‘दैनिक ५० जति दुनोट अहिले पनि बेच्ने गरेका छौँ पहिले त हजारभन्दा पनि बढी बिक्री हुने गथ्र्यो’ जेठा दाजु तुलसीरामकी श्रीमती पवित्राले भन्नुभयो । पवित्रा र कान्छी बुहारी सनमले बानपा-२ लोकतान्त्रिक चोकको पसलको जिम्मा लिएर काम गरिरहनुभएको छ । अन्य भाइले शिवधाराचोकमा रहेको आफ्नै घरबाट बेकरी पसल, पाउरोटी भट्टी, ओभन सञ्चालन गरिरहनुभएको छ । तुलसीराम पोखराको एउटा बेकरी पसलमा एक महिना काम गरेपछि बेकरीको काम सिक्नुभएको थियो । पछि बागलुङ फर्केर बेकरी खोलेपछि परिवारले नै व्यावसायिकरूपमा नसोचेको लाभ उठाएको हो । दुई सय कप चिया बेचिन्छ तुलसीरामकी श्रीमती र बुहारीले चलाएको बेकरी र चिया पसल बजारमै ‘दिदीबहिनी चियापसल’ भनेर चर्चित समेत छ । दैनिक २०० कप त चिया मात्रै बेच्ने गरेको पवित्राको अनुभव छ । पहिले पहिले त चिया र दुनोटको एकदमै व्यापार हुने उहाँले बताउनुभयो । ‘दैनिक ४०० कपभन्दा बढी त चिया नै बेच्ने गथ्र्यौ’ पवित्राले भन्नुभयो । दुईतिर व्यवसाय सञ्चालन गरेका गौतम परिवारको यो सफलता देखेर सबैले प्रशङ्सा पनि गर्ने गरेका छन् । मेहनत र लगावका साथ व्यवसाय गरे स्वदेशमै राम्रो आर्थिक आर्जन गर्न सकिने रहेछ भन्ने उदाहरण गौतम परिवार बनेको छ । बुढेसकालका बुबाआमाको साथमा बस्दै आएका तुलसीराम र उहाँको परिवार अहिले सफल व्यावसायिकको रूपमा बागलुङमा चिनिँदै आएका छन् । रासस
_____ · Jul 29, 2013 10:12 AM · 3,780 views
सक्दैनौ जागिर खाउ ( अब चाहि सक्छौ जागिर खाउ भन्नु पर्छ त्यो पनि सरकारी ) सक्छ्यौ : ब्यापार गर , दरबार कहिलै नपस : सानो फलफूल बेचेरै मात्र पनि काथमाण्डौ मा तिन तले घर र छोरा छोरि राम्रो स्कुलमा राखेको देखेको छु भने कुनै बेला चिया मात्रै बेचेर काठमाडौ मा गर जोडेको र गतिलो स्कूल पठाएको कुरा यहि साझामा पढेको थिए | परिश्रमको फल मिठो हुने कुरामा दुइ मत हुँदैन भन्ने लागे पनि रातोरात धनि हुने प्रवृतिले हाम्रो समाजको नया पाटो भएको छ |
Magorkhe1 · Jul 29, 2013 7:19 PM
Title makes it sounds like Money Laundering. Since "Akhitiyar" is behind anyone with property more than 1 crore this kind of news starts appearing the news. Just saying, but this could be genuine.Don't know.
Khairey · Jul 29, 2013 10:57 PM
मगोर्खे, नयाबस्तिमा एउटा माग्नेले मागेरै तीन तला घर जोड्य येही आँखाले उह बेला देख्या, कुरा गर्छौ ..
bittertruth · Jul 30, 2013 1:57 AM
बस्ताब मा नेपाल मा साधारण जिबन (बिहान बेलुका दाल भात तरकारी, छोरा छोरी लाई सरकारी स्कूल ) गरेर जिबन बिताउन कुनै कठिन छ अज्स्तो लाग्दैन . लास्ट एअर नेपाल गकोप थिए , बिहान के गर्ने के गर्ने जस्तो भो , एक हप्ता पछि मर्निङ्ग वाक जना थाले , अन्दाजी ३ किलोमिटर , फर्केर आउदा येसो लोकल मान्छे संग सोचिअलैशे गर्न पर्यो भनेर , होटेल मा एक कप चिया खान पनि सुरु गरे हरेक दिन होटेल एकदम साधारण , १२ * २० को स्तर मात्रै , त्यहाँ, चिया दुध , instant noodle , ओम्लेट, पाउरोटी , केक र दोनत मतरि पाउने होटल मा बनाउने चाहि चिया, instant noodle , omlet मात्रै , अरु सबै ready मदे होटल चलाउने साहुनी, अन्दाजी २५ वर्ष, बिबाहित, श्रीमान अरुको पसल मा काम गर्नी, एक हप्ता पच्ची बिस्तारै साहुनी संग कुरा सुरु गरे , उनले दिएको विवरण आनुसार चिया ७५ देखि १०० कप सम्म बिक्छ, दुध आली आली, ओम्लेट, दिन को ४-५ ले खान्चन, दोनत तेस्तै १० जना ले , कोल्ड ड्रिंक्स तेस्तै १० जनाले पसल को बहाल १०,००० आम्दानी १०० कप चिया * १२ =१२०० खर्च दुध=१५० चिया =१०० चिनी=१५० ग्यास=१०० भाडा =३३० पानि=१०० अन्य सामान =३०० खर्च सबै चिया ले पुग्छ, ओम्लेट, इन्स्तंत नूदेल, कोल्ड ड्रिंक्स, दुध पसल बिहान ७ बजे खुल्छ, बेलुका ७ बजे बन्द हुन्छ, उनले आफु खाने खाजा पानि यसै भित्र मिलाउछिन चिया बाहेक अन्य समान बेचेर उठेको पैसा सबै नाफा, दिन को अन्दाजी १०० रुपया नाफा हुन्छ शनि बार , मंगल बार बढी नाफा हुन्छ, तेही बाटो भएर मन्दिर जन्चन मान्छे हरु उनको भनाइ आनुसार बसी बसी दिन को १०० रुपिया आम्दानी हुन्छ , श्रीमान ले ९ ,००० कमाउछन महिना को छोरा छोरी न्बह्येको हुनाले नभएको हुनाले बेलुका श्रीमान आएपछि खान होटेल मै बनाएर खाने , सुत्न को लागि एउटा राम्रो कोठा लेको छ रे, ३००० मा , अर्को ३००० खाना मा आरु कुरा सोध्न मन लागेन , लुगा, ओखति मा १००० खर्च भए पनि , महिना को ४००० जति बचत हुन्छ जस्तो देखिन्छ , ४ वर्ष भो रे काम गरेको, भने पछि अन्दाजी १ लाख बचत बह्यो होला यो तेती खत्तम छै होइन जस्तो लाग्छ, बुध्ही पुर्यारेया काम गर्यो भने , पैसा कमाउन सकिन्छ
_____ · Jul 30, 2013 11:09 AM
ब्रो : साझा छिराइ कम भए जस्तो छ ,मगन्तेको कुरा सुनेको रहेनछु ,| मैले त परिश्रमी को कुरा गर्न खोजेको हु |
Magorkhe1 · Jul 30, 2013 8:51 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion