अमेरिकामा प्रेमी कला केन्द्रको औपचारिक समुद्घाटन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    विजय थापा ,साउन १३ ,डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपालका ख्याती प्राप्त लोक गायक प्रेम राजा महत तथा प्रसिद्ध गायिका मिरा राणाको दुवैको पहिलो नामको अक्षरबाट सयुक्त रुपमा संगीत पाठशाला 'प्रेमी कला केन्द्र ' को औपचारिक उद्घाटन सम्पन्न भएको छ l दिन प्रति दिन नेपाली समुदायको जनघनत्व वृद्धि भै रहेको र नेपाली मूलका समुदाय गीत तथा संगीत प्रति अभिरुचि बढ्दै गएको हुनाले नेपाली समुदायको संगीत बिद्यालय खोलिएको जानकारी प्रेमी कला केन्द्रका लोक गायक प्रेम राजा महतले दिनु भयो l    वहाले अगाडी थप जानकारी गराउदै यस बिद्यालयमा नाटक ,संगीत ,नृत्य सबै कुरालाई समेट्ने प्रयास रहने छ भन्नु भयो l मिरा राणा तथा आफुले नेपालमा पनि संगीत कला केन्द्र खोलेका थियौ भन्दै मिरा राणाको प्रशंसा गर्दै वहा गायन क्षेत्रकि जिउदा ईतिहास हुनु हुन्छ भन्दै वहासंग सयुक्त रुपमा यो खोल्न पाउनु अहोभाग्य भन्नु भयो l प्रेमी कला केन्द्र सबै जात ,धर्म ,भाषा अटाउने शिक्षालय हो भन्दै सहयोगको लागि आग्रह गर्दै सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो l प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदूत शंकर प्रसाद शर्माले खुशी व्यक्त गर्दै शुभकामना दिदै डिसी महानगर क्षेत्रमा नया आयाम थपिएको छ l दूताबासको तर्फबाट सकिने सहयोग गर्न तत्पर रहेको भन्दै आयोजकलाई धन्यबाद दिनु भयो l   कार्यक्रमको शुभारम्भ उक्त बिद्यालयका गायिका तथा प्रशिक्षक मिरा राणाको अगुवाईमा परीक्षार्थीहरुको साथमा ओम गुरु देवाय भन्दै  'हैन भने नेपाली न भन ' भन्ने स्वर्गीय गोपाल योञ्जनको गीत गएका थिए भने पाकिस्तानी मूलका अमेरिकन पाकिस्तानी परीक्षार्थी सैयद महमद अलिले पनि नेपाली राष्ट्रिय गीतमा साथ दिएका थिए भने नव गायिका मंजु संग्रौलासंग पनि पाकिस्तानीले तामांग सेलो 'नाची देउ डम्फुको तालैमा गीत 'गाउदा दर्शक आश्चर्य चकित भएका थिए भने राम्रो लयमा गीत पनि गाए l उनले परीक्षार्थीहरुको तर्फबाट बोल्दै संगीत जो कसले पनि सिक्न सक्छन भन्दै गुरु मिरा अद्वितीय कलाकार हुन् र मैले धेरै कुरा सिक्ने मौका पाए भने l   उक्त कार्यक्रममा बिभिन्न संघ तथा संस्थाको तर्फबाट शुभकामाना व्यक्त गरेका थिए भने नेपालका चलचित्र जगतका नायक रमेश उप्रेती तथा हास्य विधाका प्रख्यात कलाकार रतन सुबेदीले पनि शुभकामना दिएका थिए lसंगीत प्रशिक्षार्थी नेपाल थापाले ' कति रोदी घरमा रात भरि ' गीत गएका थिए lखेम संग्रौला तथा मंजु संग्रौलाले हे कान्छा ....बैस जान लाग्यो ...भन्ने गीत गाउदा कर्तल ध्वनिले कोठा गुन्जिएको थियो भने  आनन्दु लामाले बासुरीको धूनमा असारै महिनामा पानी पर्यो रुझाउने बझाएका थिए l   भर्जिनियाका लेखा परीक्षक  (सी पी ए )हरि शर्मा तथा ब्यबसायी लोक नाथ तिवारी प्रेमी कला केन्द्रका गुठि संचालक समितिमा रहेको जानकारी गराईएको थियो भने गुठीको तर्फबाट हरि शर्माले सबैको सहयोगको लागि आग्रह गर्नु भयो l  कार्यक्रम संचालन हेमन्त श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम समापन पनि प्रेम राजा महतले गर्नु भएको थियो l        

mahoday · Jul 28, 2013 9:17 PM · 4,465 views

1 Reply

Why the [Disallowed String for - Bad word 'fuk'] we care?

facebook · Jul 29, 2013 5:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all