माया त खिया लागेको खुकुरी पो भएछ मुटु भने झुण्ड्याएको सुकुटी भएछ नसोध अचानोसँगको भेट कस्तो हुन्छ रहरहरू सिर्फ दापमा कैद भएछ बिर्सिएछ जोशिएर ठोक्किनु कस्तो हुन्छ उमङ्ग त लड्या लडै अशक्त पो भएछ आँखा वरिपरी अन्धकार बादल घुम्छ आशा त दिनानुदिन निसासिंदै गएछ मक्किएर दापपनि एकदिन त झर्छ खियाले त खुकुरीनै छिया छिया भएछ http://merasabdaharu.blogspot....
santoshlmn · Jul 27, 2013 9:59 PM · 9,585 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion