विजय थापा ,भर्जिनिया ,साउन १२ (जुलाई २७ )का दिन नेवारी समुदायबाट २२ बर्ष अगाडी सांस्कृतिक परम्परालाई संरक्षण तथा प्रबर्धन गर्ने उदेश्यको साथ डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपा पास पुचः अमेरिकाये (एन पी पी ए )ले बिगत बर्ष मा झैँ यस बर्ष पनि ग्रीष्म कालिन बनभोज कार्यक्रमको आयोजना सफलता पुर्वक सम्पन्न गरेको छ l उक्त बनभोज कार्यक्रममा बिसेष अतिथि रहनु भएका अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले नेपा पास पुचः अमेरिकाये २२ बर्ष को जवान भै सकेको छ भन्दै यसका कार्यक्रमहरु गुणात्मक रहेको आफुले पाएको भन्नु भयो l आफु बनभोजमा आउदा हर्ष लागेको र सबै संग भेटघाट गर्न पाएकोमा खुशी व्यक्त गर्दै दूताबासको तर्फबाट बधाई दिदै संस्थाको प्रगति र उन्नतिको कामना गर्नु भयो lनेपाल सरकारको तर्फबाट म्यारिल्याण्ड तथा पेन्सेल्भानियाको लागि महा बाणिज्य दुत प्रेम राजा महतले नेपा पास पुचः अमेरिकायेले सांस्कृतिक परम्परालाई संरक्षण गर्न खेलेको भूमिका प्रति गर्व गर्दै बिशेस समुदायलाई मात्र आमन्त्रित नगरि सबैलाई आमन्त्रण गरेकोमा हर्ष व्यक्त गर्दै शुभकामना दिनु भयो l संस्थाका अधक्ष्य लक्ष्मण प्रधानले सबैलाई स्वागत गर्दै बनभोज सामाजिक कार्यक्रम भएकोले नेपाली नेपाली बीच भाइचारा अभिवृद्धि गर्ने ,मित्रता प्रगाढ बनाउने ,एक आपसमा परिचय गर्ने र मनोरंजन गर्ने उदेश्यले गरिएको जानकारी दिदै आगामी २०१४ मा अर्को कार्यकारी समितिको निर्वाचन हुने समेत जानकारी दिएका छन् l बनभोज कार्यक्रममा नेवारी परिकारका छोयला ,बजी ,चिउरा ,सेकुवा आदिको व्यवस्था गरिएको थियो भने बाल बालिकाहरुले अनुहारमा चित्र कला पनि बनाएका थिए lसाँझ पाख सांगीतिक माहौल पनि बन्न पुगेको थियो l नेपा पास पुचः अमेरिकाये नोवेम्बर १९९१ मा स्थापना भएको अमेरिकन सरकारबाट मान्यता प्राप्त ५०१ सी (३) ,गैर मुनाफा संस्था हो भने संस्थापक राम मालाकार हुनु हुन्छ lवहा झन्डै ३५ बर्ष भन्दा अगाडी अमेरिका आउनु भएको हो lवहा उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी (समाज )वाशिंगटन डिसी का पुर्व अधक्ष्यमा निर्वाचित हुनु भएको थियो l
mahoday · Jul 27, 2013 9:53 PM · 2,956 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion