हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु आँसु नझारी भक्कानिएर धुरु धुरु रुने गर्छु दु:ख र पीडालाई रक्सीलेनै धुने गर्छु उनको माया नपाईकन म त अब जिउन सक्दिन उनी जसको भए पनि म अरु कसैको हुनै सक्दिन जीवन जगत संसार अब मेरा लागि हुँदै होइन एउटै वियोग काफी भयो घाउ भरिने आशै छैन म देखि मृत्यु डराओस् मलाई कुनै डरै छैन आज हो कि भोलि अन्त्य मेरो कुनै भरै छैन हो, म हर रात टिल्ल हुनेगरी पिउने गर्छु बाँकि रहेको जिन्दगी छिटो छिटो जिउने गर्छु http://merasabdaharu.blogspot....
santoshlmn · Jul 26, 2013 9:54 PM · 10,322 views
त्यसो त मा पनि हर रात पिउने गर्छु...तर म त मायामा पनि छैन..न वियोग म नै छु...न त तिमि जस्तो उनिको लागि रुन्चे नै हून...जाने मानिसलाई जान दिनु पर्चा...पिउने त आफ्नो लागि हो..मस्ती को लागि....अरु कसैको लागि हैन...उनि जस्ता कति औंचन कति जान्छन....बालै भो
sujhab · Jul 26, 2013 10:21 PM
Wah wah
Yuvaraj · Jul 27, 2013 8:23 AM
कुनै कविको २ लाइन सम्झीए : भावार्थ मात्र सम्झीए | जिन्दगी कसैलाई भाबिको लहना हो जिन्दगि कसैलाई विलासको गहना हो जसलाई जे जस्तो सुकै भए पनि जिन्दगी मलाइ बाच्ने एक बहाना हो !
Magorkhe1 · Jul 28, 2013 6:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion