नेपाली समुदायले म्यारिल्याण्ड गभर्नरका उम्मेदवारसंग अन्तरक्रिया

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  विजय थापा ,भर्जिनिया ,साउन ९ डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले म्यारिल्याण्ड राज्यकि प्रतिनिधि सभा सदश्य हेदर मिजेर(Heather Mizeur)संग एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ l हेदर मिजुएर प्रजातान्त्रिक दलकि तर्फबाट म्यारिल्याण्ड राज्यको  लागि सन् २००७ देखि प्रतिनिधि सभाका सदस्य हुन् l  हेदर मिजेरले गत बुधबार मात्र बिधुतिय डाक(ईमेल )मार्फत सन् २०१४ को लागि म्यारिल्याण्ड राज्यको लागि गभर्नर पदको लागि आफु प्रत्याशी भएको घोषणा गरेकी थिईनl आफ्नो उम्मेदवारीलाई तल्लो स्तरबाट नै मजबूत् बनाउने  रणनीति अनुसार पहिलो पटक नेपाली समुदायसंग भेटघाट गरेकी छिन l हेदरले मन्तब्य राख्दै मेरिल्याण्ड राज्यको लागि आफुले धेरै संघर्ष गरेको भन्दै वातावरणको संरक्षणका लागि वकालत गरिरहेको,मेरिल्याण्डको शैक्षिक प्रणाली विकाशका लागि धेरै पसिना बगाएको ,बाल बालिकाहरुको लागि बिमाको व्यवस्था गरेको र मेरिल्याण्डमा वैवाहिक समानताको कानुन ल्याउन पहल गरेको जानकारी दिएकी छिन् l गत बर्ष मात्र समलिंगी वैवाहिक समानताको कानुनी मान्यता पाएको थियो lकार्यक्रममा हेदर मिजेरले आफू समलिंगी भएको कारण बाल्यकालदेखि नै आफू जन्मेको समाजले स्वीकार्न असजिलो महसुस गरेको र मेरिल्याण्डले आफूलाई स्वीकारेकाले मेरिल्याण्डलाई नै आफ्नो घर ठानेको अनुभव सुनाएकी थिइन् । उनी सन् १९७२ मा इलिनोइचको ब्लु माउण्टमा जन्मिएकी थिइन् । उनले मुख्यतया शिक्षा, वातावरण, समलिंगी वैवाहिक अधिकार र सरकारी पारदर्शीताका पक्षमा विशेष वकालत र योगदान दिदै आएकी छिन् । अमेरिकाको मेरिल्याण्ड राज्यको गभर्नर(राज्यपाल )का लागि उम्मेदवारी दिदै समलिंगी भएता पनि खुला रुपमा उम्मेदवार दिने पहिलो महिला बन्न पुगेकी छिन् l हेदर मिजेर बिजयी भईन भने म्यारिल्याण्ड कि पहिलो महिला गभर्नर हुने सौभाग्यशालि हुने छिन् l डिसी मेट्रो क्षेत्रका नेपालीहरुले सहयोग र समर्थन गर्ने प्रतिबद्दता जाहेर गरेका छन् l व्यवसायी लोकनाथ तिवारीको सकृयतामा आयोजित उक्त भेटघाट तथा पुंजी वृद्धि (फण्ड रेज ) कार्यक्रममा उपस्थीत नेपालीहरुले गभर्नर पदकी उम्मेदवार हेदर मिजेरलाई सफलताको शुभकामना दिदै इतिहास निर्माणको यात्रामा अगाडि बढ्न हौस्याएका थिए भने आर्थिक सहयोग पनि गरेका छन् । कार्यक्रममा नेपाली मूलका भर्जिनिया लाउडन काउन्टी डेमोक्रेटिक (प्रजातान्त्रिक )दलका लेखा परीक्षक हरि शर्मा ,ए एन ए का पुर्व अधक्ष्य श्याम कार्की तथा अन्य वक्ताहरुले हेदरको चुनावी अभियानमा सहयोगका लागि सबै नेपालीहरुलाई अनुरोध गरेका थिए l कार्यक्रममा उपस्थीत नेपाल सरकारका तर्फबाट मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि महाबाणिज्यदूत प्रेमराजा महतले हेदर मिजुएरलाई सफलताका लागि शुभकामना दिदै खादा ओढाएर सम्मान गर्नु भएको थियो lमहाबाणिज्यदूतले सगरमाथा नेपालमा छ र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने जानकारी गराउनु भयो l बाल्टिमोरका व्यवसायी प्रेम श्रेष्ठले पनि आफ्ना तर्फबाट हेदर मिजुएरको चुनावी अभियानमा सहयोग गर्ने वचनावद्धता व्यक्त गर्दै आफ्ना दुईवटा व्यवसायका तर्फबाट एकहजार डलर १ सेन्टका दरले चुनाबी आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।व्यवसायी लोकनाथ तिवारीले पनि आफूले आफ्नो एउटा चमेना गृहको तर्फबाट पाँचसय डलर चन्दा प्रदान्  गर्नुभयो भने अर्को चमेना गृहका तर्फबाट थप पाँचसय डलर चन्दा दिने घोषणा गर्नुभयो । कार्यक्रममा अरु उपस्थित अरु नेपालीहरुले पनि हेदरको चुनावी अभियानमा सहयोगको वचनवद्धता प्रकट गरे । उनले नेपाली समुदायबाट आफ्नो चुनावी अभियानमा भइरहेको सहयोगप्रति आभार व्यक्त गर्दै आफूले गभर्नर भइसकेपछि गर्ने कामको लागि चुनावी कार्यसूची समेत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नै व्यवसायी तथा समाजसेवी लोकनाथ तिवारीले चुनावी अभियानका क्रममा सबै स्वयम्सेवकहरुलाई आफ्नो चमेना गृहकोतर्फबाट खानामा २० प्रतिशत छुट दिने घोषणा समेत गर्नुभएको थियो भने नेपालमा समेत बालबालिकाको शिक्षाका लागि काम गरिरहेका बाल उत्थान अन्तर राष्ट्रियका शामुयल भोमुनुले हेदर मिजुएरका परिवारको नामबाट दुई बालबालिकाहरुलाई छात्रवृद्धि  प्रदान गर्ने घोषणा गरेका थिए ।कार्यक्रममा उपस्थीत सबै नेपालीहरुसँग हेदर मिजेरले अभिरुचि पुर्वक पूर्वक कुराकानी गरेकी थिइन् भने प्रश्न उत्तरको कार्यक्रममा सवालको जवाफ पनि दिएकी थिइन् l  

mahoday · Jul 25, 2013 7:21 PM · 4,013 views

1 Reply

     तँ बैकुंठे महोदयलाई नारदनै हुन थियो भने सत्य युगमा किन जन्मियेनस कुन्नि? कलि युगमा नै किन हो, हाम्रा मित्रहरु माथि त्यत्रो जाल साँची को बज्र पात हुँदा त दिन्द्यौरा पिटेनस त, के फुर्ति लौञ्छस, गोवेर्नोर भेटेर के उखालिस त ...अहं अहं महोदय, ओः महोदय.... भन त ल .. बेवकुफ आदमी ...... बात कर्ता है.......  

sujhab · Jul 25, 2013 8:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all