टर्कीमा अपहरणकारी कुटेर फर्केका नेपालीको वयान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

टर्कीमा अपहरणकारी कुटेर फर्केका नेपालीको वयान बहादुर आठ नेपाली युवाले यसरी बचाए आफ्नो ज्यान   87 १० साउन, काठमाडौं । करिब २ महिना अन्तरराष्ट्रिय अपहरणमा परेर बुधबार नेपाल फर्किन सफल ८ नेपालीहरुले आफूहरु धेरै पैसा कमाउने लोभले गर्दा फसेको बताएका छन् । ‘विदेशमा बसेकाहरु साथीहरु सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् ।’ बिहीबार अनलाइनखबरसँग सामुहिक कुराकानी गर्दै पीडित युवाहरुले भने-’हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ ।’ दुहबीमा वैदेशिक रोजगारी गरिरहेका नेपाली, बंगाली लगायत विभिन्न देशका नागरिकलाई गि्रसमा आकर्षक जागिर लगाइदिने भन्दै विभिन्न देशका अपहरणकारीले १० नेपालीलाई समुद्रको बाटो हुँदै टर्की पुर्याएर बन्धक बनाई फिरौती मागेका थिए । बन्धक बनाइएका मध्ये केहीले २० लाखसम्म फिरौती बुझाइसकेको अवस्थामा २० दिनपछि नेपालीहरुले अपहराकारीमाथि आक्रमण गरेर प्रहरीसमक्ष पुग्न सफल भएका थिए । अपहरणमा परेका मध्ये एक जना भीरबाट खसेर घाइते भएका छन् भने एकजना राम्रो अंग्रेजी जान्नेलाई टर्की प्रहरीले उतै जागिर खुवाएको छ । विदेशी भूमिमा वीरतापूवर्क संघर्ष गरेर घर र्फकनेहरु नेपाली युवाहरुमा दलबहादुर बढाथोकी, तुलबहादुर घर्तिमगर, तिलकबहादुर पुन, चित्रबहादुर पुन, कुसाङ तामाङ, सुरेश तामाङ, चित्रबहादुर पुन, मेखबहादुर छन्त्याल र झपिन्द्र खड्का छन् । उनीहरुमध्ये कोही बाग्लुङ, रोल्पा, म्याग्दीका छन् भने कोही कास्की र धरानका छन् । अपहरणबाट मुक्त भई नेपाल फर्केका यी साहसी युवाहरुले आफ्नो दर्दनाक अपहरणको कथा यसरी सुनाए : सुरेश गुरुङ, कास्की म सन् २००२ को डिसेम्बर २० मा कामका लागि दुबई पुगेको थिएँ । अरु साथीहरु पनि दुबईमै रोजगारी गरिरहेका थिए । काम गर्दै जाने सिलसिलामा साथीभाइले युरोपको लोभ देखाए । पहिलो लटमा गएका साथीहरु थिए, उनीहरुले हामी युरोप आइपुग्यौं भनेर गि्रसकै नम्बरबाट फोन पनि गरे । यहाँ आएपछि ल्याउने मान्छेहरुकै राम्रो कम्पनी छ, ३ लाख रुपैयाँ मात्र पैसा लाग्छ भनेपछि हामी लोभियौं, हाम्रो गल्ती भयो । गि्रस जाँदा लाग्ने पैसा पनि काम गरेपछि तलबबाटै कटाउने भनेर लोभ्याए । १०/१५ हजारमा काम गर्नेहरुलाई १४ देखि १७ सय युरो अर्थात झण्डै मासिक २ लाख तलब हुन्छ भनेपछि मन नलाग्ने कुरै भएन । पहिला गएका साथीहरुले पनि त्यस्तो भनेपछि हामीले पनि होला नि भनेर विश्वास गरौं । अपि्रल २९ तारिखमा म साथीहरुसँग दुबईबाट हिँडे, बाटोमा धेरै दुःख पाइयो । दुबईबाट ओमन, इरान हुँदै, टर्की पुर्‍यायो । बाटामा यति दुःख पायौं कि बयान गरेर साध्य नै छैन । केही ठाउँमा हिड्यौं, काहीँ डुंगा चढाए, कहिले कार त कहिले बस चढाए । सीमामा पुगेपछि उनीहरुले हामीलाई सुरक्षा पार गर्न हिडाउँथे । कहिलेकाँही कारमा हामीलाई सुताएर प्रहरीलाई घुस दिने पनि गरेको देखियो । दुबईबाट ओमान पुर्‍याउने क्रममा हामीलाई रातभर हिडाए । उकालो ओरालो पहाड, निकै अठ्यारो बाटो थियो, खुट्टा सुन्निए । दलबहादुर बुढाथोकी, बाग्लुङ डुंगामा जाँदा हामी पलपलमा मर्ने खतरा थियो । भुवन भन्ने साथीको त मृत्यु नै भयो । नेपाल फर्किएका मोहम्मद सिद्दिकी भीरबाट लडेपछि उनीहरुबाट छुटेका हुन् । हाम्रो शरीर थिलथिलो भएको थियो । हवाइ जहाजको भन्दा दु्रत गतिको डुंगा कुदाइ, बस्नलाई कुनै बस्तु थिएन, बेसरी बजारिन्थ्यो । हामी एकले अर्कालाई सहयोग गर्ने अवस्था थिएन । आप\mनो ज्यान नै सम्हाल्न मुस्किल थियो । हात फुस्क्यो कि समुन्द्रमा । अर्को डुंगामा चढाइएका १४ जना बंगाली र प्यालेस्टायनीहरुको बाटैमा मृत्यु भएको उनीहरुले कुरा गरेको सुनियो । मसहित ३ जना घाइते भयौं । थप केहीबेर यात्रा गर्नुपरेको भए म पनि बाँच्ने कुनै सम्भावना थिएन । दुबईबाट हामीलाई अपहरण गरेर टर्की पुर्याउन २०/२५ दिनसम्म लगाए । उनीहरुले खानचाहिँ दिन्थे । पहिले त रोजगारीकै लागि लगेका होलान् भन्ने लागेको थियो । तर, इरान पुगेपछि फसियो भनेर शंका लाग्यो । तर, समुन्द्रमा हामफाल्ने कुनै सम्भावना भएन । जहाजमा लैजाने हो, कर्मचारी बनाएर भनेका थिए । त्यसपछि सुरुमा २ लाख रुपैयाँ माग्यो । २ लाख दिँदा पनि हामी छुट्ने कुनै सम्भावना देखिएन । किनभने उनीहरुले गाइड राखेर हामीलाई टर्की पुर्‍याउने भए भन्ने ठानेर हामी उनीहरुको घेराबाट बाहिर हुन सकेनौं । त्यसपछि थप पैसा माग्छ भन्ने लाग्यो । २ लाख दिएपछि हामीलाई इरानबाट टर्कीतर्फ अघि बढाइयो र स्तानबुल भन्ने सीमामा लगेर राख्यो । त्यहाँबाट केहीबेर हिँडेपछि गि्रस पुगिने रहेछ । तर, गि्रसको सीमामा पुर्‍याएपछि हामीलाई बन्धक बनाइयो र घरमा फोन गरेर पैसा माग्न लगाइयो । सुरुमा हामीलाई नुहाइ धुवाइ गर्न भने । सबै कपडा खोलेर चेक गरे । त्यसपछि लठ्ठीमा २ प्लस ७ लेखेको देखाएर मालुम हे ? ये क्या हे ? भन्दै ९ लाख मागे । त्यसपछि २४ घण्टाभित्र पैसा चाहियो भन्दै कुट्थे । कुटाइको कुरै नगरौं । घरमा फोन नम्बर मागेर फोन गर्न लगाउँथे । हामीले फोनमा अनिवार्य रुनै पर्ने हुन्थ्यो । कसरी रुनु ? घरमा पनि के सोच्लान् । तर, रोएन भने कुट्थे । हामी रोएको आवाज सुनेपछि घरबाट पैसा पठाइदिन्छन् भन्ने उनीहरुको भनाइ थियो । हामीलाई हरेक दिन बिहान र बेलुका घरमा फोन गर्न लगाउने र कुट्ने गर्थे । झपिन्द्र खड्का, रोल्पा उनीहरुले यति कुट्थे कि त्यसको कुनै सीमा छैन । उनीहरुको मनमा ‘हरि’ नै छैन जस्तो लाग्यो । क्रिकेटको ब्याटले हान्थे । गाउँघरमा जोत्दा गोरुलाई पनि त्यसरी पिटिँदैन । कुट्दा कुट्दै हामी बेहोस हुन्थ्यौं । उनीहरुले बढीजस्तो घुँडा र कुइनामा हान्थे । कुट्ने मानिस पसिनै पसिना भएर नुहाउन जान्थे भनेपछि सोच्नुस हाम्रो अवस्था कस्तो भयो होला । होस आएपछि तेरो पैसा नै आएको छैन, कुट्नै पुगेको छैन भनेर बेसर कुट्थे । केही साथीका नाडीमा उनीहरुले दाऊले काटेका चोटहरु अझै छन् । उनीहरुसँग ब्याट, दाऊ र एउटा लठ्ठी थियो, जुन यति साह्रो र बलियो थियो कि कहिल्यै नभाँच्चिने । सबैभन्दा धेरै कुटाइ खानेमा म पर्छु । बुबाले मलाई बन्धक बनाएको प्रहरीमा उजुरी गरेपछि उनीहरुले मलाई नै टार्जेट बनाए । प्रहरी र मिडियाको कुरा पुगेपछि मलाई कुटाइ बढ्यो । तेरो सरकारले हामीलाई केही गर्न सक्दैन, बाराक ओबामा नै आए पनि केही गर्न सक्दैन भन्दै मलाई कुटे । एक त उनीहरुले मागेको पैसा गएन, अर्कोतिर प्रहरीकोमा उजुरी भयो । नेपालबाट प्रहरी अधिकारी दिप्ति कार्की लगायतले फोन गर्नुहुन्थ्यो, मैले फोन नगर्नुस, म कस्तो समस्यामा छु भनेर भन्नुपर्‍यो र पछि उनीहरुबाट सहयोग पनि भयो । बंगालीहरु नेपाली अलिअलि बुझ्दा रहेछन्, नेपालबाट फोन गर्नासाथ मैले कुटाइ खान्थेँ । बाँचेर आउँछु भन्ने मलाई आश नै थिएन, किनभने उनीहरुले यसरी कुट्थे कि, मर्‍यो भने गाडीमा लगेर जंगलमा फालिदिन्छु भन्थे । उनीहरुले धेरैलाई मारेका पनि रहेछन् । हामी उनीहरुको पन्जाबाट छुटेर पुलिसकहाँ पुग्दा प्रहरीले शवहरुको फोटो देखाएका थिए । उनीहरुलाई हामी पुग्नुभन्दा झण्डै २ महिना अघि नै मारेका रहेछन् । हाम्रो सामुन्ने नियन्त्रणमा रहेका बंगलीहरुका औंलाको नङ उखेलेका थिए । उनीहरुले हामीमध्ये पैसा दिएका र नदिएकाहरुलाई अलग-अलग कोठामा थुनेका थिए । हात खुट्टा नबाँधे पनि कुरा गर्नसम्म दिन्न थे । एक समय त आत्महत्या गर्छु भनेर नसोचेको पनि हैन । यिनीहरुको हातबाट मर्नुभन्दा फाँसी लगाउँछु भन्ने लागेको थियो । तर, साथीहरुले हैन, यीनीहरुले जे गरे पनि मार्ने नै भएपछि अब लडौं भन्ने सल्लाह भयो । यसरी गरियो २० मिनेटको सफल विद्रोह हामीले लडाइँ गर्ने दिन हामी बन्दीमध्ये तीनजना बंगालीको हात काट्ने कुरा थियो । उनीहरुले ३ जना नेपालीको कान्छी औंला काट्ने कुरा गरेका थिए । हामीले मे २४ को मध्याहृन १२ बजे लडाइँ गर्यौं । त्यो भिडन्त नगरेको भए त्यसको २ घण्टापछि नै हामीमध्ये ३ जनाका एक-एक वटा औंला काट्ने कुरा थियो । यस्तो सुनेपछि हामीले चुरोट खाने बहानामा भेटेर ५ मिनेटमै योजना बनायौं । विद्रोह गर्ने योजना कुसाङको हो । उनले नेपालमा फोन गरेर १२ लाख झिकाइसकेका थिए । तर, थप ४ लाख मागे । श्रीमान अपहरणमा परेको थाहा पाएपछि नेपालमा कुसाङकी श्रीमती बेहोस थिइन् । श्रीमतीलाई आईसीयूमा भर्ना गरिएको थियो । नेपालबाट हुण्डीमार्फत दुबईमा पैसा पठाउन लगाउँथे । दुबई प्रसा पुग्नासाथ टर्कीमा रहेका उनीहरुले पाउँथे । यसैगरी हामीमध्येका केहीले २० लाख बुझाइसकेका थिए । पैसा बुझाए पनि उनीहरुले छाडेनन् । फेरि अरु साथीहरुलाई गि्रसमा जागिर खान बोलाऊ भन्दै उनीहरुले दबाव दिन्थे । हामीलाई पनि त्यसैगरी अरुबाट बोलाउन लगाइएको हो । त्यसैले हामीले कि बाच्छौं कि मर्छौं  तर, अरुलाई नफसाउने प्रतिवद्धतासहित ज्यानको बाजी लगाएर हामी लड्यौं । दिउँसो १२ बजे हामीले लडाइँ शुरु गर्यौं । शुरुमा चुरोट पिलाउन गएको बहानामा तिलकजी उनीहरु छेउमा जानुभयो । हामी तयार भएर बस्यौं । त्यतिकैमा कुसाङलाई घरमा फोन गर्न बोलाइयो र फोन गर्ने क्रममा उनलाई कुट्न थाले । हाम्रो टिममा कुसाङ सकैभन्दा खाइलाग्दो थिए । अपहरणकारीले दाप निकालेको मौकामा कुसाङले दाप समातेर कराएपछि हामी सबै भित्रबाट गुरुरु निस्कियौं र कुटाकुट सुरु भो । करिब २० मिनेट दोहोरो भिडन्त भयो । हामीलाई थुनेर बस्ने धेरै बंगालीहरु थिए । हामीले एकजनाको हातखुट्टा समेत भाँचिदिएका छौं । मार्ने विचार गरेका थियौं तर कानूनी रुपमा फसिएला भनेर गरीखान नसक्ने बनाएर मात्रै छाड्यौं । हामीले एक/दुई जनालाई लडाएपछि केहीचाँहि डराएर भागे । झण्डै १५/२० मिनेटको लडाईका क्रममा हामीलाई पनि चोट लाग्यो तर, हामी उनीहरुलाई जित्न सफल भयौं । केहीले झ्याल फुटायौं र सडकमा निस्किएपछि स्थानीयसँग सहयोग माग्यौं । एउटा रेष्टुराँमा हामीलाई खाना दिए । उनीहरुले पुलिस बोलाएपछि हामीलाई अस्पताल लगियो र राम्रो उपचार भयो । त्यसपछि प्रहरीले ५/६ दिन थुनामा राखेपछि हामीलाई फर्काउने प्रक्रिया सुरु भयो । हाम्रो बयान लिएपछि हामीलाई प्रहरीले विदेशीहरुलाई थुन्ने अड्डामा लगे । त्यसपछि नेपालमा रहेका तिलकका दाजूले हामीलाई नेपाल झिकाउने पहल गर्नुभयो । आउने बेलामा आइओएमले टिकट काटेर पठायो । र, यसरी बुधबार नेपाल आइपुगियो । हामीलाई बंगाली कहाँ पुर्‍याउने दुबईमा रहेका देवराज शर्मा नाम गरेका झापाका व्यक्ति हुन् । उनैले हामीलाई विभिन्न प्रलोभन देखाएर गि्रस जान उकासेका हुन् । उनलाई सरकारले कारबाही गर्नुपर्छ । चक्रबहादुरले टर्कीमै जागिर पाए हाम्रो अनुमानमा झण्डै ३५/४० जना नेपालीलाई उनीहरुले यसैगरी अपहरण गरेर लगेको हुनुपर्छ । हामी ८ सहित ९ जना नेपाल फर्किएका छौं भने भुवनको मृत्युभएको छ । चत्रबहादुर तामाङ भने टर्कीमै बसेका छन् । हामीलाई जेलमा थुन्ने क्रममा बंगालीले हिन्दीमा बोलेकोलाई अंग्रेजीमा अनुवाद गर्ने काम गरेकाले तामाङको टर्कीका प्रहरी प्रमुखसँग राम्रो सम्वन्ध भयो र उनलाई त्यहीँ बस्ने प्रक्रिया मिलाउन थालिएको हो । हामीले सुनेअनुसार एक्लै भट्दा अपहरणकारीहरुले कम्मलले छापेर गाडीमा हालेर समेत लैजाने गर्दा रहेछन् । ४ वर्षदेखि यस्तो धन्दा हुँदै आएको छ । नेपाल सरकार र विदेशमा बस्ने नेपालीलाई आग्रह हाम्रो त घरबार नै गयो । सरकारले पीडित छन् भनेर उद्दार गर्छन कि भन्ने आस छ । पहाडका घरजग्गा पैसा पठाउनमै सकियो । लोभमा परेर जानु त हाम्रो गल्ती हो । तर, हामी सडकमै बस्नु पर्ने अवस्था आएको छ । सरकारले केही सहयोग गरोस् भन्ने छ । हाम्रो परिवारले जग्गाजमिन बेचेर फिरौती बुझाएकाले हाम्रो उठीवास भएको छ । विदेशमा बसेकाहरु साथीहरु पनि सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् । हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ ।

ashishme · Jul 25, 2013 11:12 AM · 14,506 views

2 Replies

Lau nepali ko ijjat rakheko ma Laal salam!

itroll · Jul 25, 2013 12:28 PM

अब अरु केहि सुन्न बांकि छ यो माऔबादीहरुको ??????  वैद्य माओवादीको बैठकमै ज्ञानेन्द्रबारे बहस 'सिक्किमीकरण हुनुभन्दा राजाले लिनु जाति' 29   ११ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले पोलिटब्यूरो बैठकमै छलफल गरेर पूर्वराजा ज्ञानेन्द्र राष्ट्रवादी भएको निष्कर्ष निकालेको छ । अहिलेका प्रमुख दलहरुभन्दा ज्ञानेन्द्र राष्ट्रवादी भएकोले राष्ट्रवादीहरुको मोर्चामा उनलाई समेत ल्याउनुपर्ने माओवादीको निश्कर्ष छ । पोखरा बैठक लगतै बुद्धनगरमा बसेको पोलिटव्यूरोमा भएको छलफल अनुसार नै सचिव नेत्रविक्रम चन्दले ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने अभिव्यक्ति दिनु भएको थियो । जसलाई अध्यक्ष बैद्यले समेत समर्थन गर्नु भएको छ । आफूहरु गणतन्त्रकै पक्षमा रहने तर, पूर्वराजाले पनि राष्ट्रवादी शक्तिको प्रतिनिधित्व गर्ने भएकाले उनीसँग सम्बन्ध राख्न सकिने बैठकमा छलफल भएको माओवादी स्रोतले बतायो । ‘देशभक्त पूर्वदरबारियाहरुलाई राष्ट्रिय स्वाधीनताको मुद्दामा मोर्चामा ल्याउन सकिनेबारे पोलिटब्यूरो बैठकमा छलफल भयो र यसक्रममा पूर्वराजालाई के गर्ने भन्ने प्रश्न पनि उठ्यो’- स्रोतले भन्यो,’पूर्वराजा ज्ञानेन्द्र नागरिक भैसके पनि उनी एउटा मनोवैज्ञानिक पावर भएकाले उनीसँग पनि सम्वाद गर्न हुन्छ र गर्न सकिन्छ भन्ने टुंगोमा माओवादी पार्टी पुगेकै हो ।’ तपाईहरुले ज्ञानेन्द्रलाई ‘सांस्कृतिक राजा’ बनाउन लाग्नुभएको हो ? भन्ने अनलाइनखबरको प्रश्नमा एक माओवादी नेताले भने-’बाह्रबुँदे समझदारीमा राजतन्त्र हटाउने भनिएको थिएन, यसमा ज्ञानेन्द्रले धोका पाएकै हुन् । तर, अब हामी सांस्कृतिक वा कुनै पनि प्रकारको राजतन्त्रमा र्फकने सम्भावना छैन ।’ राजतन्त्र नफर्काउने हो भने के आधारमा ज्ञानेन्द्रसँग सहकार्य हुन्छ भन्ने प्रश्नमा माओवादी नेता भन्छन्, ‘अब राजा बन्नेबाहेक राष्ट्रियताका मुद्दामा उनीसँग नजिक हुन सकिन्छ । ज्ञानेन्द्रले विगतमा भारतसँग झुकेका भए नेपाल सिक्किमीकरण वा भूटानीकरण हुन्थ्यो, तर, उनले राष्ट्रियतामा अडान राखेकै हुन् ।’ बाह्रबुँदेको आलोचना वैद्य नेतृत्वको माओवादीले तत्कालीन सात दल र माओवादीवीच सम्पन्न बाह्रबुँदे सम्झौताको समेत आलोचना गर्दै आएको छ । सो सम्झौता भारतको सुझावमा गरिएको र त्यसले राजा र राष्ट्रवादी धारलाई धोका दिएको माओवादी निश्कर्ष छ । नेपालको जनतान्त्रिक आन्दोलनमा राष्ट्रियताको प्रश्न महत्वपूर्ण हुने भएकाले यसमा पूर्वराजावादीहरु समेटिन सक्ने उसको निश्कर्ष छ । तर, यस्तो देशभक्तहरुको मोर्चा कस्तो हुने भन्ने बारेमा चाहिँ माओवादी नेताहरु आफैं स्पष्ट छैनन् । ज्ञानेन्द्र र भारतबारे माओवादीमा दुईलाइन त्यसो त माओवादीभित्र राजा र भारतलाई हेर्ने दृष्टिकोणबारे धेरै पहिलेदेखि नै विवाद हुँदै आएको छ । विगतमा भारतलाई प्रधानशत्रु भन्ने कि राजाको नेतृत्वमा रहेको देशीय सामन्तवादलाई प्रधान शत्रु मान्ने भन्ने विषयमा कम्युनष्टिहरुवीच निकै ठूलो विवाद थियो । तत्कालीन प्रचण्ड नेतृत्वको नेकपा मसाल, पूर्वमाले लगायतका शक्तिले घरेलु सामन्तवादलाई प्रधान शत्रु मान्थ्यो भने मसाल लगायतका पार्टीले ‘भारतीय विस्तारवाद’ र राजतन्त्र दुवैलाई समान शत्रु मान्थे । जनयुद्धमा गएपछि पन माओवादीभित्र राजा र भारत बारे तीब्र बहस भयो । विशेष गरी लाबाङ बैठकमा बाबुराम भट्टराईमाथि कारवाही सँगै राजावादी र नेपाली सेनालाई पनि साथमा लिएर भारतसँग सुरुङ युद्ध लड्ने निश्कर्ष निकालियो । यसको अर्थ राष्ट्रियताका नाममा दरबारसँग मिल्ने भन्ने नै थियो । तर, अकस्मात भारतमा मोहन वैद्य र सीपी गजुरेलको गिरफ्तारी अनि नेपालमा ज्ञानेन्द्रले सत्ता हातमा लिने क्रमसँगै एमाओवादी पार्टी एकाएक राजासँग मिलेर भारतसँग लड्ने नीतिको उल्टो भारत र लोकतन्त्रवादी दलहरुसँग मिलेर राजासँग लड्ने निधोमा पुग्यो । विश्लेषकहरुका अनुसार त्यतिबेलै राजा ज्ञानेन्द्रले माओवादीसँग मिलेर संसदवादीलाई प्रतिबन्ध लगाउन राजी भैदिएको भए राजा र माओवादीको गठबन्धन त्यतिबेलै भइसक्ने थियो । यतिबेला वैद्य नेतृत्वको माओवादीले राष्ट्रियता कमजोर भएको भन्दै पूर्वराजावादी -उसका शब्दमा देशभक्त) हरुसँग मिलेर राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्ने निधो गरेको हो । सिक्किमीकरण हुनुभन्दा त राजाले लिनु जाति तपाईहरुले यसरी ज्ञानेन्द्रलाई उकास्दा भोलि उनले लोकतन्त्र नै खाइदिए र राजतन्त्र पुस्र्थापना गरे भने के गर्नुहुन्छ भन्ने प्रश्नमा माओवादी नेताले अनलाइनखबरसँग भने- ‘लोकतन्त्रका नाममा देशै नरहनुभन्दा त्यो अवस्थामा देश त रहला । अहिले इराकीहरु भन्न थालेका छन्, सद्दामका पालामा निरंशुकता भए पनि कम्तिमा स्वाधीन राष्ट्र त थियो ।’ उनले थपे- ‘यतिका वर्षसम्म लोकतन्त्र रहेर जनताले के पाए ? अहिलेका चारदलका नेताभन्दा पूर्वराजा महेन्द्रमा राष्ट्रवादी अडान थियो । र, ज्ञानेन्द्रले पनि महेन्द्रले जस्तै भारतसँग नझुकेर राष्ट्रवादी अडान राखेकै हुन् । पूर्वराजा वीरेन्द्रसँग हाम्रो सहकार्य हुनै लागेको थियो, त्यसैले राष्ट्रियताको मामिलामा पूर्वराजा ज्ञानेन्द्रसँग पनि सम्वाद र छलफल हुन सक्छ भन्ने हाम्रो निश्कर्ष हो ।’ पूर्वराजावादीहरुसँग सहकार्य गर्न सकिने माओवादी निश्कर्षले ल्याउन सक्ने सम्भावित परिणामहरु यस्ता हुन सक्छन् : - वैद्यपक्षले पूर्वराजावादीलाई सकारात्मक ठाउँ दिँदा त्यसको फाइदा आगामी संविधानसभामा माओवादीले नभई कमल थापाको राजतन्त्रवादी दलले उठाउने छ । संविधानसभामा राजावादीले बहुमतै हासिल नगरे पनि गणतन्त्रवादीहरुको दुई तिहाई मत परिणालाई रोक्न चाहेका छन् । आगामी संविधानसभामा गणतन्त्रवादीको दुईतिहाइ मत आएन भने संविधानसभाबाट संविधान पारित हुन सक्दैन र गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका मुद्दाहरु असफल हुन्छन् । - वैद्य पक्षले देशभक्तहरुको मोर्चा बनाउने भने पनि राजावादीहरु गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको पक्षमा नरहेकाले त्यस्तो मोर्चा बन्ने भौतिक आधार तत्कालै देखिँदैन । तर, यसले गणतन्त्रवादीहरुको कित्तामा निकै ठूलो तरंग उत्पन्न गराउने देखिन्छ । - राजतन्त्रवादीहरुका लागि संविधानसभाको चुनाव चाँडो हुनुभन्दा पछि सर्नु र सकभर नहुनुमै फाइदा छ । त्यसैले आगामी मंसिर ४ को चुनाव नहोस् भन्न्े राजतन्त्रवादीहरुको चाहना छ । भन्नका लागि त कमल थापाहरु चाँडो चुनाव होस् भनिरहेका छन् । तर, उनीहरुलाई जति ढीलो चुनाव हुन्छ, उति नै आफ्नो पोजिसन राम्रो पार्ने र लोकतन्त्रवादी दलहरुको बदनामीको फाइदा उठाउने अवसर मिल्ने छ । - दरबारियाहरु आफैंले चुनाव बिथोल्न सक्ने उनीहरुको शक्ति या तयारी छैन । यो स्थितिमा वैद्य माओवादीको गतिविधिले चुनाव बिथोलियो भने त्यसको फाइदा लिन सकिन्छ भन्ने मनसुवा पूर्वराजावादीहरुमा छ । र, यसमा वैद्यहरुले राजावादीलाई कम र राजावादीले वैद्यहरुलाई बढी फाइदा पुर्याउने सम्भावना छ । उता राजावादीहरु जागे भने चारदलको सेखी झार्न सकिन्छ भन्ने वैद्य पक्षलाई लागेको छ ।

Tmobile · Jul 26, 2013 4:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all