Yaslai dherai share garera sahayog garidinuhos bhaskar rajkarnikar le gareko jyadati सञ्चालक भाष्करराज राजकर्णिकारले कुटपिट गरेका एभिन्यूज टेलिभिजनका पत्रकार नविन ढुंगाना र ज्योति शाहले पत्रकार महासंघमा उजुरी दिएका छन् । उनीहरुले दोषी भाष्करराज राजकर्णिकारलाई कारवाहीको माग गर्दै सुरक्षाको प्रत्याभूति गराइदिन समेत माग गरेका छन् । उनीहरुको उजुरीमा उल्लेखित घटनाक्रम र थप विषयवस्तु– म नविन ढुंगाना र ज्योती शाह विगत अठार महिनादेखि एभिन्यूज टेलिभिजनमा सम्वाददाताको रुपमा क्रियाशील छौँ । व्यावसायीक मर्यादामा रहेर कर्तव्य निभाउनु हाम्रो दायित्व हो र हामी त्यसबाट कहिलै बिचलित बनेका पनि छैनौँ । भन्दा पत्याउन कठिन छ, तर हामीले काम गरे बापतको पारीश्रमिक कति महिनाको पाउनु पर्छ आफैले बिर्सिन थालिसकेका छौँ । तथापी हामी सञ्चारकर्मीको रुपमा कार्यरत नै छौँ । घटना श्रावण एक गतेको हो । टेलिभिजनमै कार्यरत क्यामेरा पर्सन तथा सम्वाददाता ज्योती शाहले आफ्नै सहकर्मी रोजिता कंडेलको फोटो फेसबुकमा राखिएको विषयमा उनिहरु दुई जनाबिच भएको आपसी असमझदारीलाई एका एक टेलिभिजनमै कार्यरत बोर्डकास्टीङ म्यानेजर सगुन शाक्यले सामुहिक बनाएर फोनमा निज ज्योती शाहलाई असभ्य भाषाको प्रयोग गरी, गाली गलौज गर्यो । एउटा पुरुषले महिलालाई गर्न पर्ने ब्यवहार भुलेर निज सगुन शाक्यले गरेको ब्यबहारको न्याय नपाउँदै निज शाहलाई निस्काशनका लागि अनावश्यक रुपमै लिखित स्पष्टीकरण सोधियो । म नविन ढुंगानालगायतका साथीहरु उनिमाथी अन्याय भएको भन्दै कुनै पनि कारवाही नगर्न आग्रह ग¥यौँ । तर कुनै सुनुवाई भएन । निज शाहकै पक्षमा लागेर बोलेको भन्दै टेलिभिजन ब्यवस्थापनले म नविन ढुंगाना र सजिता के.सी. लगायतका नौ जना साथीहरुलाई गुटबन्दी गरेको तथा राजनीति गरेको आरोप लगाइयो । हामी साथीलाई परेको अन्यायको न्याय पाउनका लागि बोल्दा हामीलाई उल्टो निश्कासन गर्ने धम्की दोहो¥याइयो । यद्यपी घटनाको विषयलाई लिएर गत आइतवार जेनेरल म्यानेजरसंग बसेर मिलापत्र भई सकेको थियो । तर हाम्रो समूहलाई क्रान्तिकारी पत्रकार संघसंग सम्बन्ध राख्छन् भन्ने आरोप तथा १३ महिनादेखिको तलब माग्नका लागि साथीहरुलाई एकजुट बनाएको आरोप लगाइयो । हो हामीले तलब नपाएको वर्ष दिन नाघी सकेको छ । यस अघि हाम्रा गर्भवती महिला सहकर्मी उर्मिला विष्टलाई पनि गर्भवति भएकै आधारमा निर्ममता पूर्वक निकालिएको घटनामा हामीले आवाज उठाएको भन्दै ब्यवस्थापन हामीबाट रुष्ट थियो । र रिस हिजो २३ जुलाई अर्थात श्रावण आठ गते कार्यकारी अध्यक्षले यसरी पोखे …. म नविन ढुंगाना समाचार संकलन गरेर फिल्डवाट समाचार कक्षामा फर्कदै थिएँ । समाचार कक्षामा कोही चर्को स्वरमा बोलिरहेको मैले सुने । मलाई खोजीएको खबर रीपोर्टर चिफ शिव दाहालले जानकारी दिए पछि म त्यो माहौलमा पुगे, जहाँ कार्यकारी अध्यक्ष कर्णीकार उफ्रि रहेका थिए र अन्य कर्मचारीसंग जंर्गीँ रहेका थिए । मलाई देख्नासाथ राजकर्णीकार झोक्किए र मलाई मिथ्या आरोप लगाएर मुक्कि ताके,……म बोलिन, प्रतिवाद गरिन, तर उनले मलाई दोस्रो पटक पाखुरा र कुहिनाको बिचभागमा एक मुक्कि हिर्काए । मलाई उनले हातहाले पछि जेनेरल म्यानेजर लक्ष्मण बास्तोलाले राज कर्णीकारलाई कम्मर समाएर ताने । उनले आफ्नो बसाई भर निकै तल्लो तहमा उत्रिएर हामीलाई गाली गरे, र आफू कानून नियम केही पनि नमान्ने भन्दै, एक एक गरी ठेगान लगाउने धम्की दिए र जेनेरल म्यानेजरलाई सबै तलब माग्ने ,अधिकार खोज्ने र व्यवस्थापनको गल्तिकाबारेमा बोल्नेलाई निश्कासन गर्न निर्देशन दिएर बाहिरीए । म निकै विछिप्त र स्खलितबनेको छु की मैले एक महिला सञ्चारकर्मीमाथि भएको अन्यायको बिरुद्धमा आवाज उठाउनु गलत थियो ? पसिना बगाएर गरेको मेहनतको पारीश्रमिक माग्नु गलत थियो,,, त्यसैले मैले पिटाई खानु पर्यो त्यो पनि सञ्चालकको समाचार कक्षमै । तत्पश्चात म र सहकर्मी ज्योती शाहलाई कर्णीकारको ठाडो आदेशमा बर्खास्त गरिएको छ र हामी अन्यायमा परेका छौँ । ज्योती शाहले महिला हिंसाको शिकार हुनु पर्यो भने मैले पिटाइ खानु पर्यो र जागिरबाट पनि निष्कासित हुनु पर्यो । र केही दिन भित्र अन्य केही साथीहरुलाई पनि निष्कासन गर्ने धम्की निरन्तर छ । हामी निकै अन्यायमा परेका छौँ । हामी न्याय चाहान्छौँ र ज्यूज्यानको सुरक्षाको माग गर्दछौँ । नविन ढुंगाना ज्योती शाह सम्वाददाता एभिन्यूज टेलिभिजन, सम्वाददाता, छायाँकार , एभिन्यूज टेलिभिजन, –पत्रकार ढुंगाना र शाहको तस्वीर उनीहरुको फेसबुकबाट लिइएको हो ।
salarypidit · Jul 24, 2013 9:31 PM · 1,695 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion