सर्वहाराका कुरा सीताका हातमा सुनका चुरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  सर्वहाराका कुरा सीताका हातमा सुनका चुरा काठमाडौं। जनताका छोरीलाई नाकको फुली र कानको मुन्द्रासमेत खोल्न लगाएर युद्धमा होम्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डकी पत्नी एवं केन्द्रीय सल्लाहकार सीता दाहालको हातमा लाखौं रुपैयाँ पर्ने सुनको चुरा चम्किएपछि ललितपुरको खन्ना गार्मेन्टमा यसपटक निकै घोचपेच र हाँसो ठट्टा चल्यो। विस्तारित भेलामा जम्मा भएका कार्यकर्ताहरूले उद्घाटन सत्रमा मंचमा उभिएर प्रचण्डसँगै मुठ्ठी उठाएर लालसलाम गरेकी सीता दाहालको हातमा सुनको बाला चम्किएपछि धेरै कार्यकर्ताको ध्यान उतै मोडियो। कतिपय महिला कमरेडहरूले त कति तोलाको चुरा होला भनेर आपसमा कानेखुसी पनि गर्न भ्याए। बाबुरामको राजीनामापछि उत्पन्न विवाद हल गर्नका लागि आयोजना गरिएको बिस्तारित बैठकमा सहभागी हुन खन्ना गार्मेन्टमा पुगेकी सीता दाहालले बिर्सिएर हो वा देखाउनकै लागि हो सुनको चुरा सार्वजनिक गरिन्। उनको सुनको चुराको चर्चा खन्ना गार्मेन्ट हँुदै सामािजक सन्जालसम्म पुग्यो। सीताको हातमा सुनको चुरासहितको फोटो बाहिर आएपछि फेसबुकदेखि ट्वीटरसम्म चर्चा शुरु भइहाल्यो। माधव धितालले फेसबुकमा लेखे ”लेनीनले सुनलाई ट्वाइलेटमा प्रयोग गर्नुपर्छ भन्ने सुन्या थंे, सीता म्याडमले त लालसलाम गर्ने हातमै पो लगाउनु भएछ।’ उनको स्टाटसलाई सयभन्दा बढीले शेयर गरिसकेका छन् भने नागरिक दैनिकमा माओवादी विट हेर्ने पत्रकार प्रकाश तिम्सिनाले सोही स्टाटसको आधारमा आलेख नै तयार पारी आफ्नो ब्लगमा राखे। प्रकाश लेख्छन् ‘सुन सबैले लगाउँछन् तर सीताजीले लाउनुभएको सुन र अरुले लगाउने सुनमा भने धेरै फरक छ। प्रचण्डले प्रधानमन्त्री हुदाँ होस् वा बालाजुस्थित विस्तारित वैठकमा पेश गरेका सम्पत्ति विवरणले के देखाउँछ भने उनको निजी सम्पत्ति नै छैन। जे थियो पार्टीमा नै दिइएको छ। र, अब जे दिन्छ पार्टीले नै दिन्छ, त्यसवाट नै उनको नीजि जीवन चल्छ, चलिरहेको छ। कुरा सुन्दा र उनले भन्दा, यो जति सुन्दर कुरा अरु हुँदैन किनकि नेतासँग निजी सम्पत्ति नै छैन। निजी सम्पत्ति नै नभएको ब्यक्ति महान दार्शनिक कार्ल मार्क्सको भनाइमा ‘सर्वहारा’ हो। प्रचण्डले सार्वजनिक गर्दै आएको सम्पत्ति विवरण र मार्क्सको परिभाषाले नै उनलाई ‘सर्वहारा’ पुष्टी गरेको छ। पुर्ख्यौली सम्पत्ति नभएका (नदेखाएका पनि हुन सक्छन् है) प्रचण्डको घरमा कमाउने ब्यक्ति भनेको नै उनी एक्ला हुन्। त्यो पनि पूर्व प्रधानमन्त्रीको हैसियतमा पाउने भत्ता र सुबिधाबाहेक अरु केही आम्दानीको स्रोत प्रचण्डसँग छैन। पत्नी सीताको कुनै रोजगार छैन, एक्लो छोरो प्रकाश पनि बेरोजगार छन्। छोरीहरू बिहेवारी गरेर गइसकेका छन, उनीहरूको आ–आफ्नै निजी जीवन छ, घर धन्दा चलाइरहेका छन्। यदि प्रचण्डले भनेको पत्याउने हो भने अब उनको आम्दानी भनेको कार्यकता पंक्तिले बुझाएको लेबी र चन्दाबाहेक अरु केही स्रोत छैन। यो सम्म पनि सत्य नै छ, योसम्म पनि प्रचण्ड सही र आदर्शवान नै छन्। तर पनि फेरि प्रश्न भने उठ्ने ठाउँ प्रशस्त छन्। सीताजीले खन्ना गार्मेन्टमा लगाएको सुनको चुरा (कम्तीमा पनि त्यो चार पाँच तोला भन्दा बढी होला, जसको बजार मूल्य नै घटीमा अढाई लाख पर्छ) किन्न के कार्यकर्ताले आफ्नो खल्तीवाट रकम दिएका होलान् त? के सीताजीको रहर पूरा गराउन प्रचण्डले लेवीबाट सो रकम निकालेर छुट्याएका होलान् त? अथवा, सीताजीलाई सुनको बाला किन्न त्यो बाहेक अरु कुन ठाउँवाट रकम मिल्यो होला त? त्यो प्रश्न भने अनुत्तरित छ। कमाउने कोही नभएको ठाउँमा सीताजीको सुनको बाला कसरी आयो? त्यो प्रश्न स्वाभाविक रुपमा आम मानिसले उठाउँछन् किनकि उनी सार्वजनिक मानिस हुन्।’ ‘हिजो चाहिं सुनका चुरा लगाउने सामन्ती र शोषक भनेर ब्याख्या र प्रचार गर्ने र गराउने अनि आज आफंैले लगाउँदा चाहिं के हुने हो? बिरोधीले स्वभाविक रुपमा यस्ता जायज प्रश्न उठाउँछन्। त्यसलाई निषेध र बिरोधका रुपमा होइन, समीक्षाका रुपमा कम्युनिष्टले हेर्नु पर्ने हुन्छ। जसले बिरोध गरेको छ, त्यसलाई प्रतिक्रियावादी, सामान्ती, दक्षिणपन्थी, बर्ग शत्रु भनेर बुझ्ने भन्दा पनि त्यसलाई आफैभित्र समीक्षा गर्नु जरुरी देखिन्छ।’ प्रकाशको टिप्पणी छ। http://www.weeklynepal.com/201... Last edited: 23-Jul-13 10:04 AM

_____ · Jul 23, 2013 9:55 AM · 12,352 views

1 Reply

अब पेट दुख्दा सिंगापुर जानेलाई जाबो ४ तोलाको चुरा त्यो पनि सुनको हिरा नभाको

aman · Jul 23, 2013 12:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all