शिकागोमा रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न l विजय थापा ,भर्जिनिया ,साउन ७ ,रक्त दान जीवन दानको मूल नारालाई सार्थकता बनाउने उद्धेश्यले अमेरिकाको सिकागोको ईभांसटनमा पहिलो पटक रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ l शिकागो शहरमा पनि नेपाली समुदायको चाप वृद्धि भै रहेको अवस्थामा मानबिय सेवा गर्ने पवित्र उदेश्य अनुसार यहि जुलाई २१ तारिख बिभिन्न संघ तथा संस्थाको पहलमा रक्तदान कार्यक्रममा ४६ (छयालिश )जनाले रगत दान गरेका छन् l उक्त रक्तदान कार्यक्रममा १७ बर्ष देखि ६० बर्ष सम्मका सबैले रक्तदान गरेका थिए भने ज्यादा बीस देखि चालिस बर्षका उमेरकाले रक्तदान गर्न उत्सुकता देखाई रक्तदान गरेका छन् भने रक्तदाताहरुलाई माउन्ट एवेरेस्ट (सगरमाथा चमेना गृह)का तर्फबाट निसुल्कमा म : म वितरण गरिएको थियो l उक्त रक्तदान कार्यक्रममा ११२ पटक रक्तदान गर्ने ब्लड डोनर्स अफ अमेरिकाका अधक्ष्य अर्जुन मैनाली न्यु योर्कबाट सिकागो जानु भै रक्तदाता तथा आयोजकलाई उत्प्रेरणा गर्नु भएको थियो भने ७९ पटक रक्तदान गर्ने लोमस श्रेष्ठको उपस्थिति रहेको थियो l समुदाय तथा रक्तदाताहरुलाई हौसला प्रदान गर्न ईभांसटनका नगर प्रमुख एलिजाबेथ बि तिसदालको उपस्थिति रहेको थियो भने आयोजक संस्थाले भबिश्यमा कम्तिमा बर्षमा एक पटक रक्तदान गर्नु पर्छ भन्ने सोच बनाएको छ l परदेशमा मनो बैज्ञानिक रुपमा नै कामको चापले रगतको कमि होला भन्ने मानसिकता रहेको अवस्थामा सबै समुदाय सदश्यहरु एक जुट भै अन्तत्वगत्वा पहिलो पटक आयोजना गरिएको रक्तदान सफलता पुर्वक सम्पन्न भएको छ l नेपाली समुदाय द्वारा अमेरिकामा १९ वटा राज्यमा ९२ पटक रक्तदान कार्यक्रम गरि सकिएको छ l रक्तदान कार्यक्रम सिकागो भुटानिज परस्पर सहयोग संस्था ,सिकागो थारु परिवार , नेपाली अमेरिकन केन्द्र तथा नेवा अमेरिकन दबु को सयुक्त रुपमा आयोजना गरिएको थियो lरक्तदान कार्यक्रमको नेतृत्व तथा समन्वय गर्ने नेपाली अमेरिकन केन्द्रका पदाधिकारी किरण व्यन्जनकारले गर्नु भएको थियो l
mahoday · Jul 22, 2013 8:11 PM · 3,210 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion