न्यु योर्कका नेपाली तेक्वान्दो खेलाडी गुरुंगलाई रजत तथा कांस्य पदक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                न्यु योर्कका नेपाली तेक्वान्दो खेलाडी गुरुंगलाई रजत तथा कांस्य पदक विजय थापा ,भर्जिनिया ,सावन ४ ,नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी दुर्गा गुरुंगले अमेरिकाको सिकागो राज्यमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (च्याम्पियनसिप)- २०१३ मा कांस्य र रजत पदक जित्न सफल भएका छन् । उनले पुरुषतर्फ वरिष्ठ ब्रेकिड(तोड )मा रजत पदक जितेका हुन् भने पुरुषतर्फ कै अधिक तौल (हेभिवेट )समूहमा कांस्य पदक जितेका छन् । उनले उक्त प्रतियोगिताको प्रतिस्पर्धामा कोलोराडो, न्यू जर्सी तथा न्यू मेक्सीकोका आफ्ना तीन प्रतिस्पर्धीहरुलाई पराजित गर्दै उक्त पदक जितेका हुन् । दुर्गा गुरुङ न्यूयोर्कको तर्फबाट प्रतिनिधित्व गरेका थिए भने गुरुंग सेमि फाइनलमा नर्थ क्यारोलिनासंग पराजित भएका थिए । अमेरिकाको सिकागोमा जुलाई ३ देखि ८ सम्म सम्पन्न अमेरिकी राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१३ मा अमेरिकाभरिबाट करिब ४००० तेक्वान्दो खेलाडीहरुले भाग लिएका थिए l

mahoday · Jul 20, 2013 6:03 AM · 8,537 views

2 Replies

 हाम्रो बाजे लाई धेरै धेरै बधाई छ 

Bityojiban · Jul 20, 2013 11:23 AM

Is this guy a social worker? A reporter? Serious question, why does he keep posting these news with his real name appended? Not saying good or bad, just curious.

Kiddo · Jul 20, 2013 12:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all