न्युयोर्क, १६ जुलाइ, २०१३ ।विश्वभरि छरिएर रहेका नेपालीभाषी भूटानीहरुको प्रतिनिधि आवाजका रुपमा अमेरिकाबाट टेलिभिजन कार्यक्रम उत्पादन एवं प्रसारण सुरु गर्न लागिएको छ । अमेरिकाको पेन्सिलभेनिया राज्यको स्क्रयान्टनमा बस्दै आएका नेपालीभाषी भूटानी युवाहरुको सामुहिक प्रयासमा कार्यक्रम उत्पादन थालिएको हो । आवाजविहीनहरुको आवाजका रुपमा अगाडि बढाइने कार्यक्रमको निर्माण भरत तामाङ, नन्दु लघुन र मनोज बस्नेतले गरेका हुन् । शरणार्थीका रुपमा लामो समयसम्म नेपालमा रहेका नेपालीभाषी भुटानी अहिले विश्वका विभिन्न मुलुकमा पुनस्र्थापना गराइदैछन् । भुटानमा जन्मेर, एकदशकभन्दा लामो समय नेपाल बिताएपछि पहिलो विश्वका विभिन्न ठाउामा पुनस्र्थापना गराउादा उनीहरुले भोग्नुपरेका विभिन्न समस्यालाई केन्द्रमा राखेर कार्यक्रम उत्पादन गरिएको हो । भुटानी डायरी नाम दिइएको कार्यक्रम अमेरिकाको न्युयोर्कबाट सञ्चालन भइरहेको नेपाली टेलिजिभन ह्वाईट हिमाल टेलिभिजनबाट शुक्रबारदेखि सुरु हुनेछ । सााझ ९.३० बजे प्रसारण हुने ३० मिनेटको कार्यक्रम तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा भुटानी सेरोफेरो, दोस्रो खण्डमा भुटानी खबर र तेस्रो खण्डमा भुटानी शरणार्थीसम्वन्धी विषवस्तुमाथि कुराकानी रहने छ । भुटानी डायरी कार्यक्रमको पेन्सिलभेनियाको स्क्रयान्टनमा आयोजित एक कार्यक्रमका बीच ह्वाईट हिमाल टेलिभिजनका अध्यक्ष शान खड्काले औपचारिक उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यमा ह्वाईट हिमाल टेलिभिजन संसारका बिभिन्न स्थानमा रहेका नेपाली भाषीहरुको साझा आबाजलाई लिएर अघि बढिरहेको बताउदै अध्यक्ष खड्काले भुटानी डायरी कार्यक्रमले भूटानी नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने बिश्वास व्यक्त गर्नुभयो । भूटनिज कम्युनिटी अफ स्क्रयान्टनका अध्यक्ष नारद पोखरेलले सभापतिको आसनबाट तेश्रो मुलुकमा बसोबास गराइएका भूटानी नेपाली र संसारका बिभिन्न स्थानमा छरिएर रहेका भुटानी नेपालीलाई समेटेर बनाइने कार्यक्रमको प्रशंसा गर्दै यसले सबैलाई भावनात्मक रुपमा जोड्ने पुलको काम गर्ने बताउनु भयो । कार्यक्रममा ठूलो संख्यामा स्थानीय भुटानी समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । भुटानी डायरी सुरु भएकोमा खुशी व्यक्त गर्दै उनीहरुले यसबाट परदेशी हुनपुगेका नेपालीभाषी भुटानीहरुको विविध पक्ष सार्वजनिक हुने र अन्तत: आवाजविहीन नेपालीभाषी भुटानीहरुले आवाज पाउने बताए ।
mahoday · Jul 17, 2013 6:01 PM · 2,775 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion