अमेरिकामा पशुपतिनाथबुद्द फाऊण्डेशन र हाम्रो दायित्व

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

     शिव मिश्र \ बोष्टन अमेरिकामा पशुपतिनाथबुद्द फाऊण्डेशन र हाम्रो दायित्व मान्छे जहा बसेपनि आफ्नो पहिचानले बाच्न चाहन्छ । आफ्नै कला सँस्कृतिमा रमाऊन चाहन्छ आफ्नै समाजमा हराऊन चाहन्छ । त्यसैले जहाभएपनि नेपालीहरु आफ्नै गौरवशाली पहिचानमा बाचेका छन नेपाली सानले हासेका छन गरिब हैन धनि मन एक आपसमा साटेका छन , नेपालीहरु कला सँस्कृतिका यति धेरै धनि छन जसलाई स्वदेशि हरु मात्र हैन बिदेशीहरु समेत मुक्त कण्ठले प्रशँसा गर्छन, अत :   नेपाली कला सँस्कृति बचाईराख्नु र बिस्तार गर्नु नेपालीको परम दायित्व हो भने भावी सन्तती हरुमा यसको हस्ताँतरण, अर्को एक अत्याबश्यक नेपाली कर्तब्य भएको छ । अमेरिकाको ग्रेटर बोस्टन एरियामा नेपालीहरुको छाता संस्थाको रुपमा रहेको संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जस्लाई हामी जि बि एन सिभनेर जाँन्दछौ) ले स्थापना काल देखी नै नेपालमा मनाइने चाडपर्ब , संस्कृति लाई जोगाइ राख्ने उद्द्श्यले हरेक बर्ष बिभिन्न कार्यक्रमकोआयोजना गर्दै आइरहेको छ । हरेक दु:ख सु:खको साथी बन्दै यस सँस्थाले नेपालीको कला सँस्कृतिको जगेर्नार्थ बिगत २२ बर्ष देखि गरिआएको काम लाई यस क्षेत्रमा बसोबास गर्ने नेपालीले कहिल्यै भुल्न सक्दैनन । यस ग्रेटर बोस्टन क्षेत्रमा धेरै आप्रबसीहरुको जनसँख्या बढदो छ । त्यसैगरि नेपालीहरुको जनघनत्व पनि बढिरहेको छ । नेपालीहरु का यति धेरै सँस्कृति छन, हरेक सँस्कृति एक से एक छन । बोष्टन क्षेत्रमा  नेपाली जातजाती अनुरुपका चाडपर्ब र धर्म रिति अनुसारका कार्यक्रमले गर्दा आजकल भ्याई नभ्याई हुने गर्दछ ।  बोष्टनमा नेपाली साँस्कृतिक कार्यक्रम हरुको आयोजना पनि धेरै नै बढन थालेका छन । कार्यक्रम गर्ने हल को सँख्या  सिमित भएकोले नेपालीहरुलाई हल पाउन धेरै गाह्रो पर्न थालेको महसुस  हुन थालेको छ । हल पाईहाले पनि धेरै महँगो पर्नेदेखिएको छ । यस्तो चोटलाई  कार्यक्रम आयोजना गर्ने संस्थाका पदाधिकारीहरुले मात्र थाहा पाऊने गर्छन , जस्लाइ हामी उखानमा भन्दा यसरी भन्न सक्छौ "खुकुरिले हानेको चोट अचानो लाई थाहा हुन्छ, खुकुरी लाई के थाहा ? तेस्ताई हामी नेपालीहरुको आफ्नै कम्युनिटी भवन नहुँदा परेको चोट आयोजकलाई  नै थाहा छ, तेसैले अबका दिनमा हामीले दस्तुर तिरेर पनि हल नपाउने अवस्था आई रहेको छ । यिनै कुराहरुलाई महशुस् गरी जिबिएनसीका अध्यक्ष मिलन गुरुङ्को अगुवाईमा हिमालयन  लायन्स् क्लब ,बोस्टन लोक सुशेली समुह ,बोस्टन मगर समाज, बोस्टन तमु समाज साथै अन्य नेपाली संघ संस्था समेतको प्रयासमा गत बर्ष सँयुक्त देउसी भैलो खेलियो र केही रकम जम्मा गर्न सफल भयौ हामिहरु । गत फेब्रुअरी ११, २०१३ मा बसेको टाउन हल मिटीङले दिएको म्याण्डेट अनुरुप "पशुपतिनाथ बुद्ध फाऊण्डेशन अफ न्यु इङ्ल्यान्ड” नामाकरण गरियो । टाउनहल मिटीङले अनुमती दिए अनुरुप कार्यसमिती समेत गठन भयो । जुन हजुरहरु सबैलाई अबगत भएकै छ । सो कार्य  समितिले आर्थिक कारोबारलाई सहज र शुलभ बनाउन दर्ता प्रकिया पनि पुरागरी सकेको र संस्थाको फाईव ओ वान सि पनि आई सकेको कुरा  जानकारी गराउन चाहन्छु ! जस्ले गर्दा अब सस्थाको लागि आर्थिक कारोबार  गर्न पुरै ढोका खुलेको छ । नरऊडका नेपालीले फाऊण्डेशनको सव कमिटी स्थापना गरि सबै नेपालीलाई बारबेक्यु मार्फत शसक्त सन्देश दिईसकेका छन । फाऊण्डेशनलाई एक लाख भन्दा बढी डलर सहयोग गर्ने बचन दिईसकेका छन । यो फाऊण्डेशनको लागी साह्रै खुसिको कुरा भएको छ । अब अन्य सिटीमा पनि शाखा बिस्तारको चर्चा सकारात्मक रुपमा अगाडी बढेको अबस्था छ । सायद यहाँहरुमा कौतुहुल जागिरहेको हुनसक्छ.. यस कम्युनिटी  भबन मा केवल हिन्दु र बुद्ध धर्माबलम्बिले मात्रै ऊपभोग \उपयोग गर्न पाउनेछन भनेर ? यहाँ कसैलाई पनि धर्म बर्ण जात जाति लैङिक कुनै पनि हिसाबले छुट्याइने छैन जुन कुरा संस्थाका अध्यक्षले ले पनि बारम्बार बताउदै आउनु भएको छ ।यहाँ सबैले आ-आफना रितिरिवाज अनुरुप प्रोग्राम गर्न पाउनेछन । किन “ पशुपतिनाथ बुद्ध फाऊण्डेशन” नाम राखियो त ? यहाँ कानुन अनुसार कम्युनिटी भवन भनेर नामाकरण गर्दा प्रशासनिक काम झण्झटिलो, लामो र  कठिनाईपुर्ण हुने थाहा हुन जादा धार्मिक नाम राख्दा दर्ता प्रकिया छोटो र सजिलो हुने देखिएअनुरुप   पशुपतिनाथ बुद्ध भनेर नामाकारण गरिएको हो । तेसैले अब नामको अल्झाई बाट हामी फडको मारिसकेका छौ । अबभने यो महान कार्यलाई कसरी पुरा गर्ने भनि सबैले सोच्नु जरुरि भएको छ ।अब हाम्रा सामु धेरै कुराहरु आइपरेका छन्: सबै भन्दा पहिला हामीमा अर्थ सँकलन राम्रो हुनु जरुरी छ । त्यसैले हामीले जतिसक्दो छिटो प्रत्यक शहरमा  “पशुपतिनाथ बुद्ध फाउण्डेशन” को सब कमिटि बनाउनु पर्दछ, र सो कमिटिलाई नै सो क्षेत्रको जिम्मा दिनुपर्छ जस्ले गर्दा मुल कमिटीलाइ पनि कामको भार कम होस् , काम छिटो र छरितो सम्पन्न सम्पन्न होस ।   सो सब कमिटिलाई नै सो क्षेत्रमा नेपाली को तथ्याङक राख्ने, त्यहाँ बसोबास् गर्ने नेपालीहरु सँग सहकार्य गर्ने काम जिम्मा दिदा अझ प्रभावकारि हुनेछ  ।  कम्युनिटी भवन कहाँ निर्माण गर्ने त ? भवन कहाँ बनाउने भनि संस्थाले खुलस्त पार्नु पर्ने  बेला आएको छ ।  स्वभाबिकै हो, सबैले आफ्नो एरियामा होस् भन्ने चाहन्छन्, मेरो मान्यता सबैलाई पाई पर्ने, धेरै नेपालीको बसोबास् भएको ,पब्लिक यातायात भएको ठाउँमा बनाईनु जरुरी देखिन्छ, सो सम्बन्धी अहिले देखिनैस्पष्ट धारणा  राखिनु पर्दछ जस्ले गर्दा पछि मनमुटाब नहोस् । यसको अतिरिक्त निम्नानुसारका कुराहरुमा फाऊण्डेशन छिट्टै स्पष्ट हुन जरुरी देखिन्छ । सदस्यता बितरण सम्बन्धमा के गर्ने ? आजीवन सदस्यता लिनको लागि कति रकम निर्धारण गर्ने ? ताम्रपत्रमा नाम लेख्नको लागि कति चन्दा दिनु पर्ने ? कोठाको भित्तामा नाम हुनको लागि कति चन्दा दिनु पर्ने ? यि आदी कुरहरुको बारेमा तत्काल छलफल हुनु अनिबार्य देखिन्छ । अन्तमा यो महान कार्य पुरा गर्न सम्पुर्ण ग्रेटरबोष्टनबासी नेपाली एक हुनु जरुरी छ । म एउटा संस्था को शुभ चिन्तक अनि सँस्थाको मिडियामा काम गर्ने ब्यक्ति भएको नाताले सम्पूर्ण नेपाली र  नेपाली भाषि दाजु भाई दिदी बहिनी ,बुवामुमा मा के अनुरोध गर्न चाहन्छु भने यो पशुपतिनाथ बुद्ध फाऊण्डेशन तपाईं हामी सबैको सँस्था हो, यो संस्थाले भवन निर्माण कार्य मात्र पुरा गर्ने छैन बिदेशमा भएका नेपालीलाई एकताको सुत्रमा आबद्द गर्ने काम समेत गर्ने जानेछ । नेपाली पहिचानलाई शसक्त रुपमा अगाडी बढाऊने छ । तसर्थ आफुशक्य सहयोग गरेर आफुलाई धन्य पार्दै नेपाल र नेपालीको पक्षमा एक ठोस काम गरेर देखाऊन आफु समेत आफ्नो सम्पर्कका बिश्वको जुन्सुकै मुलुकमा रहेकानेपालीलाई समेत यस महायज्ञमा सहभागी गराई अमेरिकामा थालेको यस पवित्र कार्यलाई सफल पार्नु सम्पुर्ण ग्रेटरबोष्टनबासी नेपालीको परम दायित्व भएको छ । सबैलाई चेतना भया । धन्यवाद ।  

mrshiva · Jul 17, 2013 1:37 PM · 16,291 views

3 Replies

yo pashupatinath foundation kolnu bhanda baru barsa ko 10 jana lai american university ma scholarship dinu paryo, computer science degree ko lagi. help educate, this will help nepal more than anything. ke bhannu hunchha?

mancini · Jul 17, 2013 9:08 PM

hagaaie vanda padhai thulo eslai vanincha.. vagwaan ko naam liyera kaam sajilo huncha vanne harule sanskriti bachaune re... voli tei vagwaan ko naam maa banaako hall maa dance party garera beer khayera jagadaa garne holaa.. ali laaj pachauna vayena..

arni1101 · Jul 18, 2013 9:10 PM

नाम खोपाउने कुरामा मैले भोगेको एक अंश : कुलायनको नाममा मधेसमा भवन निर्माणमा "SALVATION " को नाममा केहि दान गरेको थिए | म एक्लो भएको भए कौडि पनि जादैन थियो होला |  अहिले भित्तो कुद्ने अभियान चलेको छ | घर परिवार सबै एक मुख छन् " त्यो भित्तामा नाम कुद्न पाए यो बिदेसिएको लाहुरे स्वर्ग पुग्थ्योकी भनि" | भित्तो कुद्ने मा राजनीति देखेर तिन चित परेको छु | मेरो ४० बर्से लाठे भतिजा र बुहारीको नाम अहिले राख्न नमिल्ने रे ? ह किन नमिल्ने ? पैसै तिरेर नाम लेखाउने भए पछि किन पुस्ता छुट्याउनु , त्यो नाम टास्ने बेला सम्म जन्मेका अनि स्वर्ग पुर्याउन चाहने जतिको सबै खोपाए के नै फरक पर्छ ? यो धर्मको नाममा केको राजनीति ? ठुलो हुनु पर्नेले एउटा एउटा बिङ्गो देखाएर आफ्ना कुरा ठिक भन्ने मति  र त्यो घुस्याहा कर्मचारीमा केहि फरक देखिन | Last edited: 20-Jul-13 01:38 PM

MaGorkhe1 · Jul 19, 2013 1:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all