तीन बर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने अर्थमन्त्रीको दावी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माओबादी जिन्दाबाद तीन बर्षभित्रै लोडसेडिङ अन्त्य गर्ने अर्थमन्त्रीको दावी स्रोत-साधनले भ्याएसम्म बजेट महत्वाकांक्षी नै बनाउनुपर्छ : गभर्नर 4 ३१ असार, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले तीन बर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाउने दावी गर्नुभएको छ । आइतवार पेश गरेको बजेटबारे सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कोइरालाले त्यही लक्ष्यअनुसार बिजुलीमा बढि बजेट छुट्टयाइएको बताउनुभयो । बिजुली भनेको बिकाश हो भन्दै उहाँले निजी क्षेत्रको लगानी व्यापक परिचालन गर्ने र स्वयम सरकारले समेत लगानी गर्ने अर्थमन्त्री कोइरालाले बताउनुभयो । बजेटमा लुम्विनी क्षेत्र विकास, पशुपती क्षेत्र विकास, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र भेरी बबई डाइभर्सन गरि ४ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडी बढाउने बताइएको छ । यी आयोजना सम्पन्न गर्न प्रयाप्त बजेट विनियोजन गरेको अर्थमन्त्रीको भनाई छ । बजेट बढी महत्वाकांक्षी भयो भन्ने गुनासो सुन्नमा आएको उल्लेख गर्दै उहाँले बजेट बढी महत्वाकांक्षी नभएको स्पष्ट पार्नुभयो । समयमै पूर्ण बजेट ल्याउनु नै पहिलो सफलता भएको दाबि गर्नुभएको छ । बजेटमा सबै पक्षलाई समानुपातिक हिसाबमा समेट्ने प्रयास भएको बताउनुभयो । बजेटलाई व्यवहारमा उतार्न सरकारलाई कुनै कठिनाई नहुने उहाँले दाबि समेत गर्नुभयो । समयमा बजेट आएको हुँदा पनि कार्यान्वयनमा कुनै समस्या नआउने उहाँको विश्वास रहेको छ । संविधान सभापछि बन्ने नयाँ सरकारलाई बजेटले कुनै पनि अप्ठ्यारोमा नपार्ने अर्थमन्त्री कोइरालाले ठोकुवा गर्नुभयो । सरकारले बजेटमा धेरै आयोजनालाई अगाडी नसारेको स्पष्ट पार्दै उहाँले बजेटमा ४ सय ५२ अयोजनालाई मात्र प्राथमिकतामा राखेको बताउनुभयो । गत आर्थिक वर्षमा ४ सय ५९ आयोजनालाई प्राथमिकतामा राखिएको थियो । मुलुक चलाउने दायित्वबाट बिमुख नभई विकास निर्माणमा हात हालेको उहाँको स्पष्टोक्ति थियो । सरकारले बजेटमा अधिकांश आयोजनाहरुलाई पहिलो वर्गमा राखेको छ । कृषि लगानी गरेको छोटो अवधिमा प्रतिफल प्राप्त हुने क्षेत्र भएकाले यसलाई दोश्रो प्राथमिकतामा राखेको अर्थमन्त्री कोइरालले प्रष्टाउनुभयो । कृषि उत्पादन बढाएर निर्यात वृद्धि तथा आयात प्रतिस्थापन गर्ने लक्ष्य सरकारको रहेको छ । त्यसको अलवा पर्यटन, शिक्षा, निकासी प्रवर्द्धन, स्वास्थ्य, खानेपानी, सरसफाई लगाएतमा पनि प्रयाप्त बजेट छुट्टाएको उहाँले जानकरी दिनुभयो । निजी क्षेत्रका समस्याहरु पनि बजेटले सम्बोधन गरेको उहाँको दाबि छ । चोभारमा रहेको हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र र सुख्खा बन्दरगाह निर्माण गर्न बजेटमा व्यवस्था गरिएको छ । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले स्रोत साधनले भ्याएसम्म बजेटलाई महत्वाकांक्षी बनाउनुपर्ने बताउनुभयो । बजेटलाई महत्वाकांक्षी पनि बनाउने कार्यान्वयनमा पनि जोडतोडका साथ लाग्नुपर्ने उहाँको भनाई थियो ।

ashishme · Jul 15, 2013 11:13 PM · 3,702 views

1 Reply

हैन त्यो खरायोलाइ ब्याउने बनाएको जस्तो हो कि क्याहो एक बर्समा ४ बेत ब्याए जस्तै लोडसेडिन कम गर्ने ? भट्टराइ बाको पालामा पानि ल्याउने भनि सुरुगरेको योजना अझै सकिएको छैन चुनाब आउदै छन् जनतालाई भेडा जस्तो झुट्टा कुरा सुन्न सुरु गर्न थाले| मन्त्रि फोटोग्राफर पछि लगाई साझा चडेको बिज्ञापन देसमा मात्रै हैन बिदेसमा पनि गरि सके तिनका एजेन्टले |

Magorkhe1 · Jul 16, 2013 6:07 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all