मेलम्चीमा भित्रियो नयाँ ठेकेदार, तीन बर्षभित्र काठमाडौंमा पानी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

GO MAOISTS !! मेलम्चीमा भित्रियो नयाँ ठेकेदार, तीन बर्षभित्र काठमाडौंमा पानी 7 ३१ असार, काठमाडौं । झण्डै दश महिनादेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्य अगाडी बढ्ने भएको छ । आयोजना र इटालीको कोअपरेटिभा म्युराटोरी एण्ड केमिनिस्टीबीच सोमबार राजधानीमा ठेक्का सम्झौता भएपछि सुरुङ निर्माण कार्य अगाडी बढ्ने भएको हो । कम्पनीले ७ अर्ब ७२ करोड ३४ लाख रुपैयाँमा सुरुङ निर्माण गर्ने स्विकृती पाएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना एसियाली विकास बैँकलगायत विभिन्न दातृ निकायको आर्थिक सहयोगमा निर्माण हुन थालेको हो । उक्त आयोजना नेपाल सरकारको उच्च प्राथमिकता आयोजनाहरु मध्ये एक हो । २७ किलोमिटर लामो सुरुङ र मुहान निर्माण कार्य चीनको चाइना रेलवे कम्पनीले अगाडी बढाउन नसकेपछि गत असोजदेखि अलपत्र परेको थियो । ठेक्का सम्झौतापत्रमा आयोजनाका तर्फबाट कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य र इटालियन कम्पनीका तर्फबाट अध्यक्ष साल्भाटोरेले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार सुरुङ तथा मुहान निर्माण कार्य शुरु गरेको ३ वर्षभित्रमा सम्पन्न गरेर आयोजनालाई हस्तान्तरण गर्नुपर्ने छ । तोकिएको समयावधीमा निर्माण सम्पन्न गरेमा निर्माण कम्पनीलाई प्रोत्साहनस्वरुप नेपाल सरकारले बोनस दिने व्यवस्था गरिएको छ । मुहान तथा सुरुङ निर्माण सम्पन्न भैसकेपछि मेलम्चीको पानी वितरणका लागि तयारी अवस्थामा रहन काठमाडौँको आरुबारी, महाँकालचौर, बाँसबारी, बालाजु, पानीपोखरी र खुमलटारमा करिब पाँच करोड लिटरको पानी सङ्कलन क्षमताका छ ठूला पानीपोखरी निर्माण गर्ने लक्ष्य मन्त्रालयले राखेको छ ।

ashishme · Jul 15, 2013 11:10 PM · 2,345 views

2 Replies

Ahilesamma rokne chai ko ni? Aru party hola pakkai pani. Dude, I suggest you change your username; your credibility in Sajha is 0. You are making Maoists look worse than they really are.

Kiddo · Jul 16, 2013 8:37 AM

 Go Maoist re LOL.....kati hasnu...hasda hasda pet nai dukhyo vanya....yo morolai maoist ahile gov ma chaina vanne thaha chaina ki k ho......kati hasnu.....

giordano · Jul 16, 2013 6:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all