जहाजका लागि एयरबसलाई डेढ अर्ब भुक्तानी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

MAOISTS ROCK !! जहाजका लागि एयरबसलाई डेढ अर्ब भुक्तानी १ साउन, काठमाण्डौ । राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई डेढ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । एयरबसका दुईवटा सानो आकारका जहाज किन्ने सम्झौता गरेको निगमले पहिलो किस्तास्वरुप सोमबार रकम पठाएको हो । खरिद सम्झौता भएको एक सातामै पहिलो किस्ता रकम पठाउनुपर्ने भएपनि राष्ट्र बैंकले डलर सटही सुबिधा नदिएका कारण दुई साता ढिला हुन पुगेको हो । ‘पहिलो किस्तास्वरुप एक करोड ४७ लाख डलर पठायौं’ निगमका फाइनान्स डाइरेक्टर केशवराज शर्माले भन्नुभयो-’पहिलो किस्तासँगै अब एयरबसले निगमका लागि जहाज बनाउन सुरु गर्ने छ ।’ शर्माका अनुसार आगामी साउन १७ मा दोस्रो किस्ता र असोज १५ मा तेस्रो किस्ता रकम एयरबसलाई पठाइने छ । निगम र एयरवसवीच ए ३२०-२०० मोडलका दुईवटा जहाज खरिदका लागि असार १३ गते सम्झौता भएको थियो । जहाज ढुवानीअघि निगमले कुल रकमको २२ प्रतिशत भुक्तानी गर्नुपर्ने छ । सम्झौताअनुसार एउटा जहाजका लागि निगमले ७ अर्ब १२ करोड ५० लाख रुपैयाँ तिर्नुपर्ने छ । एयरबसले २०७१ साल फागुनमा पहिलो र त्यसको दुई महिनापछि दोस्रो निगमलाई दिने छ ।

ashishme · Jul 15, 2013 11:07 PM · 3,479 views

2 Replies

I have to admit this that Maoist are the only party that have done a betterment for Nepal Airlines. People like Sujata Koirala, Girija prasad were always looking to downgrade the national carrier. For only this, I say with Ashishme "Maoist Rock"!

worldwideweb · Jul 16, 2013 5:32 AM

 Oh...2015 ma ,naya plane ma KTM jane... Badhai cha sab lai.

Alias_ · Jul 16, 2013 7:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all