"मन" सुन्छु कसैको “मन” काँच झैँ चकनाचूर भयो रे , सुन्छु कसैको “मन” ऐना झैँ चूर चूर भयो रे कसैको मन फलामे थुङ्गा भयो रे कसैको मन बेजान ढुङ्गा भयो रे................. सोच्छु , मन यति कमजोर किन हुन्छ?? यति निर्दयी र कठोर किन हुन्छ? हो मन, कोमल हुन्छ , मुलायम हुन्छ, मन फूलको धारले रेटिने , छालमा मेटिने पनि हुन सक्छ . अथाह पीडा, अनगिन्ति बेदना अटाउने सक्ने आँशुको सागर भित्र भित्रै लुकाउने सक्ने आमाको कोख कस्तो बेमिशाल मातृत्वको स्नेह जस्तो बिशाल हुन्छ मन . कसैले दुखाउदैमा दुखीरहने मन यति साह्रो कमजोर हुन्न, कसैले चुकचुकाउँदै सुकी झर्ने मन यति खुकुलो गठजोड हुन्न . तर मन अमिलो अंगुर हुन सक्दैन तर मन नाजुक र भंगुर हुन सकदैन सजिलै टुक्रिन्छ भने सजिलै जोडिन्छ भने अबश्य पनि त्यो मन पहिलेई चर्किसकेको मन हुनु पर्छ, तन र धनले लेपेको मन हुनु पर्छ . हो, बदनलाई माया गरेर मुनाको मदन हुँ भन्नेहरुको मन मिल्ने भन्दा धन मिल्ने खोजी हिड्ने एक पछी अर्को रोजी हिड्ने सीता साबित्रिहरुको भने मन नै हुँदैन ... फगत रगत तान्ने र फाल्ने जिउदो छु भन्ने प्रमाणरुपी एउटा मुटु हुन्छ, बस एउटा मुटु हुन्छ . * भंगुर = Brittle ** नाजुक= Fragile Last edited: 15-Jul-13 10:48 AM
rahulvai · Jul 15, 2013 10:38 AM · 10,016 views
Kudos thuldai. Tapaiko mann chune kabita le mero pani mann choyo..
Karnali Blues · Jul 15, 2013 12:06 PM
सजिलै टुक्रिएर जोड्ने मन ...पहिलेनै चर्किसकेको हुनुपर्छ / वाह..वाह ...मन मात्रै होइन मेरो त मुटु नै चर्कायो /मुरी मुरी धन्यवाद कबि राहुल जी लाई/
samvoo · Jul 15, 2013 1:01 PM
गजब ठुल्दाइ .. बिहान बिहान ठुल्दाइको कविता के पढेको थिए अहिलेसम्म पनि मसँग 'मन' छ कि 'मुटु' छ भन्ने कुरा पत्ता लगाउने कोशिसमै छु ...
Geology Tiger · Jul 15, 2013 4:51 PM
वाह ठुल्दाइ ..बेजोड प्रस्तुति ...अन्तिममा त सटिक गयो झन् !!
bhakte dai · Jul 15, 2013 11:05 PM
अन्तिम केहि पंग्ति ले सारा कबिताको अर्थ निचोड्यो जस्तो लाग्यो.... राम्रो लाग्यो ठुल्दाई हजुरको कविता... - थाने भाइ
ThahaChaena · Jul 16, 2013 9:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion