बा तिम्रो सपना तिम्रो रहर तिम्रो इक्ष्या मलाई ईन्जिनियर बनाउने सब खेर गो बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो बा तिम्ले भन्ने गरेको थियौ पढेनस भने गधा हुन्छस पल्ला घरे रामे जस्तो ड्राइभर हुन्छस बा मैले पढे अब्बल दर्जा मा पास नि गरे तर पनि बा म ड्राइभर बने तिम्ले भनेको मिलेन बा बा अम्रिका उल्टा को देस रइछ जे पनि उल्टो खाने बस्ने गर्ने सब तरिका उल्टो तेइ भएर बा तिम्रो गाली नि उल्टो भो तिम्रो छोरो पढ्यो पास भो अनी तिम्रो छोरो अम्रिका मा ड्राइभर भो बा , हाम्रा गाउ मा मान्छे पढेन भने निकम्मा हुन्छ बेकार हुन्छ अनी ड्राइभर हुन्छ तर बा यहाँ उल्टो छ ड्राइभर हुन लाई पढ्न पर्छ इस्कुल गएर क्लास लिन पर्छ १०० मा ७० ल्याएर पास हुन्छ पर्छ मैले ८६ ल्याए बा अनी तिम्रो छोरो अम्रिका को ड्राइभर भो बा तर म चानचुने ड्राइभर हैन , सपना को शहर को ड्राइभर ठुला ठुला मान्छे बोक्ने ड्राइभर सेता गोरा खैरा बोक्ने ड्राइभर अनी म जस्ताइ नयाँ नयाँ सपना बोकेर भित्रिने लाई तितो एथार्थ मा उतार्ने ड्राइभर बा तिम्रो छोरो अम्रिका को ड्राइभर बा अम्रिका अचम्म छ यहाँ सब गर्न पर्छ बाँच्न अनी खान लाई जे आउछ तेइ गर्न पर्दो राइछ यो गर्छु त्यो गर्छु आफ्नो मन नचल्ने रइेछ म पनि तेही बेग सँग बगे बा जता लान्छ जिन्दकी ले तेतै दौडिए अनी म अम्रिका को ड्राइभर भए बा यहाँ काम सानो ठुलो छैन कसैले कसैलाई हेप्दा नि हेप्दैन त सानो म ठुलो भनेर चेप्दा नि चेप्दैन काम काम हो तर पनि बा तिम्ले भनेको बच्चै देखी सुनेको अनी देखेको भएर मन अमिलो भो ड्राइभर बनेर शहर घुम्दा तिम्रो याद झल्लस आउँदा आँखा भरी भो बा तिम्रो छोरो अम्रिका मा ड्राइभर भो
amricane · Jul 14, 2013 2:11 PM · 21,792 views
राम्रो लेख्नु भयो अम्रिकाने ब्रो ले/ धन्यबाद है ?
adhikari_bandhu · Jul 14, 2013 9:55 PM
Driver matra? yaha choro le ahile samman 30 wata pesa dhari sakyo. Ramro prastuti.. Last edited: 14-Jul-13 10:39 PM
hydrogen sulphide · Jul 14, 2013 10:39 PM
Nice one americane.
Karnali Blues · Jul 15, 2013 9:30 AM
अम्रिकाने साथी साझाबाट हराएकोमा सार्है दिक्क लागेको थियो, राम्रो कविता लिएर फर्केकोमा स्वागतम अनि धन्यवाद !
Geology Tiger · Jul 15, 2013 10:10 AM
मन पराइ दिने सम्पूर्ण साझा मित्र हरु मा मेरो साझा नमस्कार . जी टी दाजु हराएको छैन , काम को व्यस्तताले गर्दा केहि लेखेकै थिन तेइ भएर साझा हेर्दै बस्दै थे
amricane · Jul 15, 2013 12:05 PM
Yeseri harauna bhayena americane brother. Kabita lai nirantarta dinu pani ta auta kaam nai ta ho. Farak khali yeti ho ki, it doesn't pay the bills :P
Karnali Blues · Jul 15, 2013 12:08 PM
Nice presentation. I liked it so much that I shared it on my facebook page.
Sparty · Jul 15, 2013 1:45 PM
अम्रिकेन साथी,धेरैपछि आउनु भो तर मिठो प्रस्तुति लिएर त्यसको धन्यबाद....अरु पनि ल्याम्दै गरम न साथी .. एउटा सानो फुर्यो....... हजुरको कविता पढ्दा पढ्दै ....येही जोडें है ...अन्यथा नलिनुस नि .... म सपनाको शहरमा सबलाइ डोहोर्याउने बिपनाको एउटा डाइबर म भावनामा आफुलाई बिलिन गराउने भावशुन्य एउटा डाइबर म भोलिको लागि आजलाई घिच्याउने आशाको एउटा डाइबर बा , तिम्रो अपुरो कल्पनालाइ बास्तबिकतासंग जोड्न खोज्दै यो तिम्रो छोरो एउटा डाइबर ..... अबिश्वासको पाराकाश्टा छिचोलेर उज्यालो पच्छाउन खोज्दै एउटा डाइबर तिम्रा नीति अर्ति उपदेश निचोरेर समाजमा तैरिन खोज्दै एउटा डाइबर पुरातन रित औ ओइलाएका सोंच बदल्न खोज्दै एउटा डाइबर बा, म तिम्रो छोरा आज एक कोशिसरत नवासिखिया डाइबर , बास एउटा साधारण नेपाली डाइबर || - थाहाछैन (थाने )
ThahaChaena · Jul 15, 2013 3:30 PM
Hello Americane, is it possible to get your email address? Ma euta project ma kaam gari rachhu aile ani yo project mildo juldo bhaekole kei idea linu paryo bhanera. please contact me at thakurat@usc.edu Dhanyabad mitra, rajendra
baaukosapana · Jul 16, 2013 10:04 PM
थाने तेती मिठो थपाइ को लागी धन्यबाद । राजेन्द्र जी अन्येथा नलिनु होला तपाई ले मलाई साझा मै message गर्न सक्नु हुन्छ । मेरो ईमेल मा आउने हुना ले मैले तुरुन्त थाहा पाउछु र म सक्दो सहयोग गर्नेछु ।
amricane · Jul 17, 2013 2:34 AM
Amricane comes back with a bang!
rethink · Jul 17, 2013 9:16 AM
nice one Americane.The sure thing is we always try to live upto other's people expectations and their whims rather than our own intrest and style.And,on the way get exhausted and self defeated for no reasons.If somebody advertise for a vacancy of a driver to work in US in Nepali newspapers...I am guessing half of Nepal's population will apply for the job..It pays good and it needs focus and concentration...everyone can't be a drive and it need skills to be a good driver.The main thing is taking satisfaction in whatever you doing.If you don't love it..just leave it,very simple......Oh! how I wish someday, I will own my own bus and I will drive it playing good nepali songs from my playlist,entertaing the passengers and flow in Nepali highways along the company of the sprinting rivers that flows near the roads looking at crispy green land of Nepal...good for all. So be it....
Alias_ · Jul 17, 2013 10:17 PM
Great Americane
guitarcenter · Jul 17, 2013 10:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion