३० असार, काठमाडौं । शनिबार अपरान्ह झण्डै ५ बजेको समय । केहीबेरअघि दर्केको पानी बिस्तारै कम हुँदै थियो । दिनभर आआफ्ना कामधन्दाले शहरका ठाउँठाउँमा पुगेकाहरु घर र्फकन सार्वजनिक गाडी कुर्दै थिए । जमलको बसस्टपमा पनि गाडी पर्खनेहरुको उत्तिकै घुईंचो थियो । नयाँ बसपार्कबाट महाराजगंज, लाजिम्पाट, लैनचौर, कमलादी हुँदै लगनखेलतर्फ गुडिरहेको साझाबस जमलमा रोकियो । पहिल्यै ठेलम्ठेल रहेको बसमा त्यहाँ पनि उसैगरी यात्रु थपिए । त्यही हूलमा एक परिचित अनुहार पनि देख्दा केही यात्रुलाई नौलो लाग्यो । राष्ट्रिय नाचघरको एउटा कार्यक्रममा पुगेका पूर्वमन्त्री एवं एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकर सहयोगी र सुरक्षागार्डसँगै बसमा चढ्नुभयो । चिनेका एक दुईजनाले उहाँलाई सिट छोडिदिए । तर उहाँ बस्न मान्नुभएन । माथि समातेर उभिनुभयो । केहीले पूर्वमन्त्री र माओवादीका नेता भनेर चिनेपनि धेरै यात्रुले उहाँलाई चिनेनन् । जहाजमा भएको भए विमान परिचारिकाले ‘पूर्वमन्त्रीलाई स्वागत छ’ भन्थिन् । तर साझा बसका चालक र सहचालकले उहाँलाई चिन्दै चिनेनन् । चिनेको भए दंग मात्र पर्थे होला, स्वागत गर्नु त परको कुरा । अरु यात्रुलाई जस्तै साझा बसकी महिला सहचालकले पछाडि उभिएका पूर्वमन्त्री शर्मालाई पनि ‘ए दाइ लौन, अलि अघि अघि सर्नुस्, अगाडि यत्रो खाली छ’ भनिन् । सहचालकले भनेजस्तै उहाँ पनि माथि समाउँदै अघि सर्नुभयो । साझा बस चढेका पूर्वमन्त्री शर्मा जावलाखेल ओर्लनुथियो । उहाँले आफ्नो, सहयोगी र सुरक्षागार्डको भाडा समेत आफैंले तिर्नुभयो । सिंहदबार कटेपछि शर्मा उभिएको नजिकै सिटमा बसेका मान्छे बसबाट झरे । त्यसपछि भने उहाँले बस्न पाउनुभयो । पूर्वमन्त्री शर्मा यसरी साझा बसको फराकिलो सिटमा बस्दा संविधानसभा भवनमा सभासद खचाखच बसेको जस्तो दृश्य लाग्थ्यो । एकछिन सिटमा बसेपछि जावलाखेल आइपुगियो । पूर्वमन्त्री शर्मा त्यहाँ ओर्लनुभयो र हिँडेरै निवासतिर लाग्नुभयो । पूर्वमन्त्रीमध्ये कमैले मात्र यसरी सार्वजनिक गाडीमा यात्रा गर्छन् । धेरैका आआफ्नै निजी गाडी छन् । ‘मेरो गाडी बिगि्रयो, त्यसैले बस चढ्नुपरेको’ शर्माले अनलाइनखबरसित भन्नुभयो-’बिहान आउँदा टेम्पो चढेको थिएँ, अहिले साझा बस भेटियो ।’ यात्राको क्रममा भएको छोटो कुराकानीमा उहाँले सार्वजनिक यात्रालाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । ‘अब बाटो फराकिलो भएपनि जामको समस्या त कम होला, तर अरु धेरै सुधार हुनुपर्ने खाँचो छ’ उहाँले भन्नुभयो । उहाँको कुरा सुनिरहेका एउटा यात्रु भन्दैथिए-’उहाँलाई यसरी बसमा चढेको देख्न पाउँदा खुशी लाग्यो, अब केही हुन्छ कि ।’
ashishme · Jul 14, 2013 1:02 AM · 3,052 views
रबिन (मार्माली) Reply: July 14th, 2013 at 4:50 am नेपाल मा लाखौ जनता दैनिक हिड्न बाध्य छन ,एउटा भूपू मन्त्रि साझा बस चढेको कुरा को यसरी ठुलो समाचार बनाउनु आवस्यक छैन ,तर पनि सधै यसरीनै सार्बजनिक साधन प्रयोग गरे राम्रै कुरा हो,कम्तिमा जनता को समस्या त थाहा हुन्छ / Well-loved. Like or Dislike: 51 5 uresh Grg Reply: July 14th, 2013 at 5:59 am चुनावको बेला प्रचार प्रसार गर्ने पनि अनेक तरिका हुँदोरहेछ बा !!! पत्रकारको टोली र क्यामेरा म्यान बोकेर पूर्वमन्त्री एवं क्यास माओवादीका नेता जनार्दन शर्मा प्रभाकर साझा बसमा चढेछन ? यत्रो बाईँफट लाउन पर्छ उनको ? उनको आर्थिक हैसियत कस्तो थियो र ? यस्तै साझा बसमा र बिक्रम टेम्पोमा हिँड्न पर्ने मान्छे त हुन नि ! मन्त्री हुँदैमा सर्बसाधारण यातायातमा चढन नहुने हो भने त कसरी धान्छ यि गरीब नेपाली जनताको पेट काटिएको करले ? एक पटकमा पच्पन्न साठी जनाको जम्बो मन्त्रिमन्डल बनाउने चलन छ यहाँ अनी बर्षको दुई पटक मन्त्रिमन्डल फेरिन्छ ! अल्ली बिचार गरेर लेख्न पर्छ नि ! चाकडी गर्नुछ भनेर यसरी नाङ्गै तेल लाउन त हुँदैन गाँठे । समाचारको पनि अलिकती मर्यादा हुन्छ ! Well-loved. Like or Dislike: 108 15 कांग्रेसी wrote on 14 July, 2013, 4:11 प्रभुभक्त चार्टर्ड हेलिकप्टर र प्लेन मा , प्रभुभक्तको भक्त साझा बस मा / वेरि गुड आइडीया टु ब्रेनवाश द ब्रेन अफ़ पुअर नेपाली पिपल्स / एमाओवादी ले मात्र मात्रै भ्रष्टाचार गर्न जानेको छ ,बिकाशका काम गरेर जनता फकाउन जानेको छैन / साझा बस चढेर जनताको ब्रेनवाश गरेर जनता झुक्याम्ला भनेर नसोचे हुन्छ Well-loved. Like or Dislike: 127 92 Birendra Katuwal wrote on 14 July, 2013, 4:41 डाकाहरु! लुट्नु जति लुटे, पेट दुख्यो भने अमेरिका र सिंगापुर पुग्छन यहाँ साझा बस चढेर नाटक देखाउछन। चुनाव नजिकिंदै छ, साझा बसको यात्रा एउटा क्लिन चिट होला। जनताले भोट पनि कसलाई हाल्नु र ? सद्धे कोहि छैन, सबै डाका सबै भ्रस्ट। जसले राम्रो नाटक मन्चन गर्छ उसैको हुन्छ हाइ हाइ । जनताहरु त तिमीहरुको नाटकका स्थाई दर्शक मात्र बन्न पुगे। Well-loved. Like or Dislike: 81 22 लेखु विवस wrote on 14 July, 2013, 6:16 पूर्वमन्त्री साझा बसमा त चढे / राम्रो कुरा हो / तर पत्रकार नि संगै लगेछन / हास उठ्दो कुरो !!!! जे होस् चुनाब आउन लागेको संकेत / Well-loved. Like or Dislike: 41 4
timi_mero_sathi · Jul 14, 2013 7:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion