अमेरिकामा रहेका नेपाली संस्थाहरुले साझालाई किन आफ्नो प्रचारप्रसारको माध्यम मात्र ठान्छन् ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फलाना नेपाली संस्थाले यस्तो गर्‍यो, ढिसानाले यस्तो गर्‍यो, यस्लाई यो सम्मान गरियो, त्यसलाई त्यो सम्मान गरियो ... ए बाबा यो पढ्दा पढ्दा आँखा नै टट्टाइसक्यो भन्या .. ल ठीक छ, संस्थाको प्रचार प्रसार गर्नु, संस्थाले गरेका कामहरुको बारेमा जानकारी दिनु आँफैमा नराम्रो होइन .. यसबाट साझाका पाठकहरुले केही न केही जानकारीनै प्राप्त गरिरहेका हुन्छन् .. तर त्यस्ता धागोहरुमा साझाका प्रयोगकर्ताहरुले राखेका जिज्ञासा, गरेका टिप्पणीहरुको सम्बन्धमा भने यिनिहरुलाई कत्ति पनि चासो छैन .. यिनिहरुको कार्य त एउटा प्रचार प्रसार गर्न तयार पारिएको रोबोट जस्तो छ, संस्थाको कुरा चाँही भ्याट भ्याट टाँसेको टाँस्यै तर अरुले लेखेको चाँही देख्दै नदेख्ने हो कि, देखेर पनि "बाल मतलब" भन्ने हो कि के हो के हो ? अमेरिकामा रहेका नेपालीहरुको नाममा संस्था खोले पछि झन् उनीहरुको बिचारलाई बढी भन्दा बढी मात्रामा कसरी सामावेश गराउने भन्ने कुरामा आँफैले प्रयन्त गर्नु त कता हो कता हो, साझाले सित्तैमा थुप्रै नेपालीहरुको विचारलाई सुन्ने र उनीहरुलाई आफ्नो विचार बुझाउने अवसर दिदा पनि केही मतलब छैन बा !! हैन हो कहिले सम्म यसरी एकोहोरो डम्फु बजाउनु हुन्छ भन्या ?  

Geology Tiger · Jul 11, 2013 7:56 PM · 10,439 views

4 Replies

कुरा सहि हो |

bittertruth · Jul 11, 2013 8:52 PM

 BAGH DAI yo mapai ko maadal thokney ani khaijadeji ko taal ma nachhney haru ko kura garera k sadhay hunchha ra??? nepal ta chodey...tara nepali mentality ani politics chhai sangai bokera aaye yaha!

biwash prawashi · Jul 12, 2013 6:07 PM

 Nepal ma nabhayera aba bidesh mani aayera saganthan kholne, groupism garne aruko kura ma kaan ugharne, paadhna paachaina haawako chal garne yi sabai twake nepali haruko sangat maile jugou pahile chhodisakeko hu. Affno gara, kasailai marka parecha bhani jui-jyan diyera sahayog gara. Bharsak arumathi aasin huna nakhoja kina ki pardesh maa haami dukha kasari garne bhanne pani sikna aako ho. America aako 10/12 barsha bhayo sayad mero badi ma 5 jana nepali saathiharu holan, tara yaso bhandai ma pareko nepali lai kahile pani sahayog garna pachadi parena. Sahayogi-bhawana haamro desh ko saskriti ho, aajako jasto giddhepana hoina. 

hydrogen sulphide · Jul 12, 2013 9:59 PM

जुध्नु जुधाउनु अनि आफु लाइ सर्बोत्तम देखाउनु हामि नेपालीको धेरै गुण मद्धे एक हो | " गिदड्कि खाल बदलि जा सक्ति है लेकिन आदते कभी नही" के गरुन बसी बियालो गर्ने पर्यो  अनि साझा भन्दा अर्को साइट कुनै छ र बिज्ञापन गर्ने ? तर रिहानाका बूब्स ले साझा भर्ने भन्दा यिनीहरु अलिक उपल्लो दर्जाका हैनन र ?

Magorkhe1 · Jul 13, 2013 10:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all