३५ किलो अवैध सुन बरामद सुन साहुहरू पनि समातिए (6 Votes) 1 2 3 4 5 प्रतिमा बाँस्कोटा ५ सम्बन्धित समाचार काठमाडौ, असार २६ - चीनको खासाबाट तस्करी गरेर राजधानी ल्याइएको ३५ किलो सुनसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले कन्टेनरमा लुकाएर ल्याउँदै गरेको उक्त सुन बुधबार बिहान साढे ५ बजे कोटेश्वरबाट बरामद गरेको हो । प्रहरीले सुन साहुहरू कालिकास्थानका मोहन अग्रवाल र बौद्ध चुच्चेपाटीका घ्याम्जो लामा, कन्टेनर साहु नामगेल भनिने ओमबहादुर बज्राचार्य र कन्टेनरका चालक निमा छिरिङ तामाङलाई पक्राउ गरेको छ । ब्युरो प्रमुख डिआईजी प्रकाश अर्यालले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताए । 'ठूलै मात्रामा अबैध सुन लिएर आउँदै गरेको सूचनाका आधारमा अनुसन्धान गरेका थियौं,' उनले भने 'सिलबन्दी गरेको कन्टेनरको अगाडीको भागमा लुकाएको अवश्थामा फेला पार्‍यौं ।' प्रहरीले सुरुमा कन्टेनर चालकलाई मात्र पक्रेको थियो । उनैले दिएको सुचनाका आधारमा बाँकीलाई समातेको हो । प्रहरीका अनुसार सुन काण्डमा अहिलेसम्मकै ठूला तस्कर पक्राउ परेका हुन् । यसअघि भरिया (क्यारियर) मात्र समातिने गरेका थिए । तर यस पटक सुन धनी र पठाउने व्यक्ति समेत समातिएका छन् । यसले सुन तस्कको धन्दा कमजोर हुने दाबी प्रहरीको छ । 'यो तहसम्मका मान्छे समातिएपछि तस्करी गर्ने गिरोहले धन्दा नगर्ला,' एक प्रहरी अधिकृतले भने । प्रकाशित मिति: २०७० असार २६ ०९:४६ - See more at: http://www.ekantipur.com/np/20...
_____ · Jul 10, 2013 10:15 AM · 14,277 views
Should we expect a protest from Nepal Sun byapari sangh?
Kiddo · Jul 10, 2013 10:20 AM
This should be unacceptable to Gold Traders. Nepali gold traders should me immuned from Gold Smmugling, Tax Evading and directly stealing from the consumers by crooking the weigh machine.
SAP Dude · Jul 10, 2013 12:24 PM
I dont understand why they have a low to bring gold into the counrty. Get it tax freeed and tax those wo want to take it out. Stupid .....
MN_Nepali · Jul 10, 2013 12:56 PM
पहिले पहिले मलद्वारमा लुकाएर ल्यौथ्यो आजभोलि खुल्लम खुल्ला| हुन पनि हो त्येत्रो ३५ किलो सुन मलद्वारमा अटाउने कसरि? हाइ राम साचिकै एक्काइसौ सताब्दी को प्रब्लेम रहेछ | कठैबरी स्मग्लरहरु | स्मग्लरको हीतको निम्ति स्मग्लर असोसियसन् खोल्ने बेला भो
funtush · Jul 10, 2013 3:20 PM
mn_nepali, I did not understand why you don't understand this simple fact. Duty-free gold import means an outflow of huge amount of foreign reserve to buy that gold. It could be considered OK if the duty-free gold is used in 'value added' purpose, but it is obvious that the imported gold will be smuggled through the sourthern border. funtus, हो र भन्या ? मलद्वारमा लुकाउने त लागु औषधि होइन र ? हा हा
nepalilaure · Jul 10, 2013 3:37 PM
he he...someone brings the gold in their kando to dulo and and people buy that to hang it on their neck. Now all you Gold wearing folks just think about it...that gold you have on your nose or around your neck could have been transported inside someone's kando to dulo.
sidster · Jul 10, 2013 8:47 PM
What about people who have gold teeth. Where was their gold hiding before it went in there mouth??
SAP Dude · Jul 11, 2013 1:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion