विद्यार्थीले छोटा लुगा लगाउँदा शिक्षक हैरान घुँडा छोप्ने स्कर्ट लगाउने सरकारी निर्देशन अलपत्र २४ असार, काठमाडौं । केही महिना पहिले धादिङको एउटा सरकारी स्कूलमा शिक्षकहरुको बैठक बस्यो । बैठकका एजेण्डामध्ये एक थियो-भड्किलो पोशाक लगाउने विद्यार्थीलाई के गर्ने ? ‘छोटो फ्राक (स्कर्ट) लगाएकी छात्रा अगाडि बेञ्चमा बसेकी छ भने पढाउनै समस्या हुन्छ’ एकजना पाका शिक्षकले भने । ‘त्यति मात्र हो र, कतिले त सर्टको माथिल्लो बटम समेत लगाउँदैनन्’ अर्काले थपे-’फेशन नै छोटो लगाउने भैसक्यो, कसरी नियन्त्रण गर्न सकिएला ?’ छोटो स्कर्ट लगाउने छात्रा तथा पाइन्ट कम्मरभन्दा तल सार्ने छात्रको कारण विकृति बढेकोमा सबै शिक्षक सहमत भएपनि यसलाई नियन्त्रण गर्ने तत्काल उपाय देखिएन । सरकारले संस्थागत विद्यालयको लागि जारी गरेको पोशाकसम्बन्धी नियम अनुसार गर्ने निर्णय भएर बैठक सकियो । तर सरकारले गएको फागुनमा स्वीकृत गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशका धेरै संस्थागत विद्यालयमा पनि लागू भएको छैन । उच्च माध्यमिक विद्यालयको लागि तयार भएको यो निर्देशिका तल्लो कक्षाका विद्यार्थीका लागि पनि लागू हुने सरकारले बताएको छ । यस्तै संस्थागत विद्यालयको लागि भनिएपनि सरकारी विद्यालयको लागि पनि यसले समेट्ने सरकारको बुझाई छ । तर जसको लागि भनेर नियम बनाइएको हो, त्यसले समेत यसको पालना गरेको छैन । ‘गएको वर्ष त निर्देशिका बनेको भएकाले हामीले त्यति चासो दिएनौं, तर यो वर्षदेखि भने लागू गर्नुपर्छ’ उच्च माध्यमिक शिक्षा परिषदका उपसचिव डम्बरकुमार बतासले अनलाइनखबरसित भन्नुभयो-’धेरैले पालना गरेको पाइएको छैन, हामी यसको पनि अनुगमन गर्छौं ।’ तर जथाभावी भर्ना र विज्ञापन नै रोक्न नसकेको सरकारले पोशाकसम्बन्धी नियम कहिलेसम्म पालना गराउन सक्ला, यसै भन्न सकिन्न । सरकारले संस्थागत विद्यालयको लागि लागू गरेको पोशाकसम्बन्धी नियम यस्तो छः · विद्यार्थी पोशाकका रुपमा चुज पाइन्ट प्रयोग गर्न पाइने छैन । पाइन्टको मोता आधारभूत तहका लागि १२-१४ र माध्यमिक तहको लागि १६ इन्च भन्दा कम हुन हुने छैन, · कम्मर भन्दा कम्तिमा १ इन्च माथि सम्म पाइन्ट/स्कर्ट हुनु पर्नेछ । हिपहप हुने छैन, · स्कर्टको तल्लो भागको हकमा घुँडा भन्दा कम्तिमा २ इन्च तल सम्म हुनु पर्नेछ, · नेक भन्दा १ इन्च तल सम्म मात्र सर्टको वटन खोल्न मिल्नेछ । सर्ट भन्दा अन्य पोसाक जस्तै कुर्ता सुरुवाल आदि प्रयोग गर्ने भएमा नेक भन्दा ३ इन्च तल सम्म खुल्ला भएको पोशाक प्रयोग गर्न सकिनेछ, · कम्मर पेटीको हकमा १.५ इन्च भन्दा कम चौडाई भएको कम्मर पेटी प्रयोग गर्नु पर्नेछ र फेसनेवल प्रकारको पेटिको वकल प्रयोग गर्न पाइने छैन, · माथिका पोसाकसंग मिल्ने कोट, स्वीटर, ज्याकेट, मफलर तथा जुत्ता मोजा विद्यालयले तोके बमोजिमको रंग र डिजाइनको प्रयोग गर्नु पर्नेछ, · पोशाकमा टाइ समेत लगाउने व्यवस्था भएको भए टाइको गाँठो नेकसम्म हुनुपर्ने छ, तर टाइ लगाउने वा नलगाउने वा मौसम अनुसार कुन कुन समयमा टाइ लगाउने भन्ने विद्यालयले तय गरे. बमोजिम हुनेछ , · संस्थागत विद्यालयहरूले नियमित पोशाकको हकमा हप्तामा सामान्यतया २ किसिमको ड्रेस मात्र विद्यार्थीहरूलाई प्रयोग गर्ने व्यवस्था मिलाउनु पर्ने छ , · पोशाक तोक्दा सकेसम्म नेपाली संस्कृति तथा परम्परा सुहाउने खालको पोशाक तोक्नु पर्नेछ र नेपाली उत्पादनका कपडाहरूलाई प्राथमिकता दिनु पर्नेछ , · विद्यालयहरूले पोशाक निर्धारण गर्दा मौसम अनृुसार -जाडो, गर्मी) का समयका लागि उपयुक्त हुनुपर्नुछ , · विद्यालयबाट निर्धारित डे्रस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनु पर्नेछ । तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य गरिने छैन ।
cybernepali · Jul 10, 2013 9:21 AM · 13,330 views
common they look fine...
MN_Nepali · Jul 10, 2013 12:54 PM
मुला pervert सिक्श्यकको गालामा catapult को स्वाद नपरेको | तन्काएर दियेछी ठिक हुन्छ| नेपाल को सहरी क्षेत्रका डेमसेलसका दाजोमा यी बिचरा गाउको सरकारी बिद्ध्यालयका ठिटा-ठिटी के नै गरेछन र ? मानसिकता बदल्नुपर्छ अब सरहरु ले नि| यो परिवर्तन को बेग हो, २/४ को हलन्तरो ले रोकिदैन. Last edited: 10-Jul-13 09:05 PM
Hydrogen Sulphide · Jul 10, 2013 9:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion