हिन्दीले सबै भाषालाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  लौ मधेसी दाजु भाई हो, हाम्रो  दछिण  को मित्र देश ले हिन्दि फैलाउदै छ , तपाइँ हरु लै आफ्नो मात्री भाषा मन पर्छ कि हिन्दि ?  हिन्दीले सबै भाषालाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति June 30, 2013   समाचार   No comments काठमाडौं। उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषाले सबै भाषालाई जोड्ने काम गरेको बताएका छन्। उनले भाषा अभिव्यक्तिको माध्यम रहेको बताउँदै भाषा कुनै क्षेत्रमा सीमित नरहेको बताए। उनले भाषाको लागि राजनीति गर्न नहुने बताए। ‘तराई–मधेशमा थुप्रै भाषा छ सबैका आफ्नै मातृभाषा छन् तर हिन्दीले सबै भाषा तथा समुदायलाई जोड्ने काम गरेको छ,’ उनले भने। नेपालबाट हिन्दी भाषामा प्रकाशित हुँदै आएको मासिक पत्रिका द पब्लिक पत्रिकाको दोस्रो वार्षिकोत्सवको अवसरमा उपराष्ट्रपतिले लोकार्पण गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार राजेश्वर नेपालीलाई द पब्लिक पत्रिकामा आफ्नो रचनात्मक सहयोगको कदर गर्दै दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरेका थिए। पत्रिकाको हरेक अंकमा प्रकाशित चित्रांकनमा सर्वश्रेष्ठ चित्रको लागि जेम्स स्कुलका छात्र आयुष झालाई पुरस्कृत गरिएको थियो। द पब्लिकका सम्पादक तथा प्रकाशक वीणा सिन्हाले नेपालमा हिन्दी पत्रकारिताको कठिनाई र समस्या को सम्बन्धमा जानकारी गराएकी थिइन्। उनले नेपालमा हिन्दी भाषाको राम्रो भविष्य र नेपाली भाषाको पछि हिन्दी भाषाको जनप्रसार साहित्यिक, सांस्कृति र पर्यटकीय दृष्टिले अति महत्वपूर्ण भएकाले हिन्दी भाषा नेपालको द्वितीय भाषा बनाउनुपर्नेमा जोड दिएकी थिइन्। उक्त कार्यक्रममा भारतीय दुतावासका पीआईसी प्रमुख अभय कुमार र पूर्व शिक्षा मंत्री तथा वरिष्ठ साहित्यकार रामहरी जोशीले पनि आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए। पत्रिकाको समीक्षा राम भरोस कापड222ी भ्रमरले गरेका थिए भने धन्यवाद मन्तव्य डा. गौरीशंकर लाल दासले गरेका थिए। Last edited: 05-Jul-13 09:24 AM

_____ · Jul 5, 2013 6:41 AM · 1,919 views

1 Reply

 Hindi vaneko Hindustani aka Indian.Maithali ra Bhojpuri chai hamro desh kai bhasa jasto lagcha..kahile,kaha,kasari jodyo Hindi bhasa le Nepali haru lai??....yo manche le jahile ni janata lai confuse garaune kaam bahek kehi gardaina...Terai ko manche vayera matrai upa-Rastrapati vako ho natra ta mithai pasal kholne khalko dimaag cha hamro upa-rastrapati ko.

Alias_ · Jul 7, 2013 12:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all