अमेरिका बस्नेको जग्गा केरुङ बस्नेका नाममा पुग्यो 05 Jul 2013 | 13:04pm शुक्रबार २१ असार, २०७० रासस 0 Comments and 0 Reactions 1 2 3 4 5 (0 votes) सोलुखुम्बु — अमेरिकामा बस्दै आएका टाप्टिङ– ७ सोलुखुम्बुका छोङकर्मा शेर्पाको सल्लेरी– ५ आवाडाँडामा रहेको जग्गा अरुकै नाममा दर्ता गरिएको पाइएको छ। शेर्पाको नाममा रहेको कित्ता नम्बर २११८ को जग्गा सडक भाग छुट्टिँदा नयाँ दर्ता भएको कित्ता नम्बर ३६०७ नम्बरको ८४.७५ वर्गमिटर जग्गा हराएको हो। फाप्लु जन्तरधाप सडक आयोजनाले जग्गाधनीहरुलाई मुआब्जा वितरण गर्ने खबर पाएपछि मुआब्जा लिन जाँदा मुआब्जा रकम अरुले नै लगिसकेको र जग्गासमेत छोङकर्माको नाममा नरहेको पाइएको हो। जग्गाको खरिद बिक्रीसमेत नभई जग्गा हराएपछि छोङकर्माका बाबु डी शेर्पाले नापी कार्यालयमा जग्गा खोजिदिन निवेदन दिएका थिए। नापी कार्यालयमा प्राप्त निवेदनका आधारमा जग्गा खोजी गर्दा सो जग्गा केरुङ– २, सोलुखुम्बुका आङ याङडी शेर्पाको नाममा रहेको पाइएको थियो। पुरानो दस्तावेजलाई केलाउँदा छोङकर्मा शेर्पाकै नाममा जग्गा पाएपछि याङडीले आफूले जानाजानी नभई आफ्नो जग्गा दर्ता गर्दा भूलबस उक्त जग्गा पनि आएको भएको भन्दै जग्गा फिर्ता गरिदिएका छन् । http://www.nagariknews.com.np/
_____ · Jul 5, 2013 5:41 AM · 1,956 views
कमाउनु को नया अर्थ : साम दाम दण्ड र भेद नीति अपनाएर, रातो रात बिना परिश्रम , मिहिनेत ethics लाइ एक कुना मा थन्क्याएर सम्पति बटुल्नु होसम्पति बटुल्नु हो | जग्गा मात्रै गएछ ; यहा मान्छे पनि आफ्नो बनाइ सके | http://sajha.com/sajha/html/in... Last edited: 09-Jul-13 04:12 PM
Magorkhe1 · Jul 7, 2013 2:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion