भरत मोहन अधिकारी पछि सुरेन्द्र पाण्डे पनि घुस्याहा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 http://www.onlinekhabar.com/20... युनिटी घुसकाण्डमा मुछिए एमालेका पूर्व अर्थमन्त्री   १९ असार, काठमाण्डौ । एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युनिटी काण्डमा करोडौं घुस खाएको अभियोग लागेको छ । अर्थमन्त्री हुँदा पाण्डेले ५करोड नगद र करोडौं रुपैयाँका अन्य जिन्सी समाग्री लिएको आरोपसहित यतिबेला एमाले कार्यकर्ता अध्यक्ष झलनाथ खनालको दैलोमा पुगेका छन् । एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले पार्टीको नाम जोडेर युनिटीसँग भएका आर्थिक लेनदेनको पारदर्शीताको माग गर्दै खनालसमक्ष निबेदन दिएको बुधबार साप्ताहिकले छापेको छ । युनिटी प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका पाठकले बैशाखको तेस्रो साता बसेको एमाले स्थायी समितिको वैठकमा पाण्डेमाथि संगीन आरोप लगाउँदै पत्र बुझाएका छन् । महासचिव इश्वर पोखरेल वैठकबाट बाहिरिएका बेला पारेर दिइएको पत्र सवै स्थायी समिति सदस्यलाई एक-एक प्रति दिइएको थियो भने बोधार्थ अनुशासन आयोगलाई दिइएको थियो । अनुरोधपत्रमा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पाण्डे र युनिटीका चाटर्ड एकाउन्टेन कृष्ण पनेरुमार्फत् युनिटीले एमालेलाई ३ करोड ५० लाख बुझाएको उल्लेख छ । पाण्डे अर्थमन्त्री भएपछि पनि पार्टीलाई सहयोगस्वरुप भनेर दुईपटक ५०-५० लाख गरी कुल १ करोड रुपैयाँ बुझाएको र पार्टीका केन्द्रीय सदस्यहरुका लागि भनी पहिलो चरणमा ३३ थान अत्याधुनिक ल्यापटप दिइएको पाठकले पत्रमा उल्लेख गरेका छन् । युनिटी र पाण्डेवीच पछिल्लो समय मनमुटाव हुनुमा पनि आर्थिक लेनदेन नै मुख्य कारण रहेको पाठकले दावी गरेका छन् । उनले भनेको छन-’०६७ बैशाखको पहिलो हप्तातिर तत्कालिन मन्त्री सुरेन्द्र पाण्डेमार्फत् बाणिज्य मन्त्रालय लगायत बिमा समिति, राजश्व र राष्ट्र बैंकसम्म कागजात र कुरा मिलाउनुपर्ने भयो र त्यसका लागि पार्टीका लागि ५ करोड रुपैयाँ र एउटा हाइलक्स गाडी दिनुपर्ने भयो भन्दै युनिटीका अध्यक्ष र एमडी मसँग आए ।’ पाठकका अनुसार त्यसबारे कुरा गर्न उनी स्वयं पाण्डेसमक्ष पुगेका थिए । बिगतमा पनि सहयोग गरेकै हो, यसबेला त्यति धेरै रकम सहयोग गर्न नसक्ने तर बढिमा २ करोडसम्म दिन सकिने बताएपछि पाण्डे उनीमाथि खनिएको पत्रमा उल्लेख छ । ‘तपाई किन आउनुपर्‍यो, यसमा अरु नै साथीहरु लागिरहनुभएको छ, यसमा तपाईले धेरै चासो नदिनुहोला भनेपछि म फर्केर त्यही कुरा अध्यक्ष र एमडीलाई बताएँ, त्यसको एक महिनापछि युनिटी बन्द भयो ।’ पाठकले बुझाएको पत्रमा उल्लेख छ । त्यो रकम पार्टीमा आए/नआएको वा पार्टीको नाम जोडेर पाण्डेले नै अनियमितता गरेको बारे छानविन गर्न उनले अध्यक्ष खनालसमक्ष माग गरेका छन् ।

metta · Jul 3, 2013 7:44 AM · 2,751 views

2 Replies

भरतमोहन : उन्कोपालामा समानता कि सिध्धान्त्मा बिरोध गरि आफ्नो घर जग्गा बाड्नु हुँदैन भन्ने हुन् , पार्टी चाहि कमुनिस्ट तर ब्यबहार र काम गराई चाहि सामन्ती बादी थियो | यिनले घुस खाएनन बनि विश्वास गर्नेमा जनाबार पनि हुँदैन |

magorkhe1 · Jul 3, 2013 1:23 PM

 http://www.onlinekhabar.com/20...   एमालेभित्र चर्कियो युनिटी काण्डको रडाको पार्टीले ३३ थान ल्यापटप र साढे ४ करोड लिएको दाबी २० असार, काठमाडौं । जनताबाट अर्बौं रुपैयाँ उठाएर ठगी गरेको आरोप खेप्दै आएको युनिटी लाइफ इन्टरनेशनल कम्पनी एमालेको दुहुनो गाई भएको रहस्य एमाले निकटकै व्यक्तिहरुले खोलेपछि यतिबेला सिंगै पार्टीमा तरंग आएको छ । यतिबेला एमाले नेताहरु युनिटी प्रकरणमा आफूहरुको संलग्नता छ र छैन भन्दै सार्वजनिक भनाभनमा उत्रिएका छन् । एमालेनिकट बुधबार साप्ताहिकले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नामसमेत युनिटी प्रकरणमा मुछेपछि विहीबार नेता पाण्डेले पत्रकार सम्मेलनै गरेर समाचारको खण्डन गर्नुभयो । तर, पाण्डे पत्रकार सम्मेलन गरी आफ्नो चरित्र हत्या भएको जनाएलगत्तै एमालेकै युवा नेता एवं पत्रकार विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं बोल्छ’ भन्दै एमाले मुख्यायलमा परेको निवेदन सार्वजनिक गर्नुभएको छ । बाग्लुङका उमाले संगठित सदस्य कृष्ण पाठकले युनिटी प्रकरणमा ३० महिना ३ दिन जेल बसेर ३८ लाख धरौटीमा निस्किएपछि युनिटी प्रकरणमा एमालेले पटक-पटक गरी दिएको ४ करोड ५० लाख रुपैयाँ र ल्यापटप कहाँ छ भनी सोधेका छन् । एमाले अध्यक्ष खलनाथ खनाललाई सम्धोन गरी लेखिएको निवेदनमा खनालका साँढुभाइ एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई थप पाँच करोड रुपैयाँ र हाइलक्स गाडी मागेको आरोप लगाइएको छ, जसको खण्डन पोडेले विहीबार पत्रकार सम्मेलनमार्फत गरिसक्नुभएको छ । पाण्डेले पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गर्नासाथ विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं बोल्छ’ भन्दै लेख्नुभएको छ-’पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बुधबारले चरित्र हत्या गर्यो भन्दै त्रपकार सम्मेलन नै गर्नुभएछ । फेरि पनि अनुरोध छ, बुधबारले उहाँलाई कुनै आरोप लगाएको छैन । एमालेकै कार्यकर्ताले पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष दिइएको निवेदनलाई आधार बनाएर सामान्य समाचार मात्र लेखेको छ ।’ रिजालले पाण्डेको खिल्ली उढाउँदै लेख्नुभएको छ-’ गजबको कुरा त उहाँ अर्थमन्त्री हुँदा प्रायः सँगै देखिने एमाले लेखा परीक्षण आयोगका सदस्यसमेत रहेका चार्टर्ड एकाउन्टेन्ट टंक पनेरुलाई पनि चिन्दिन भन्नुभएछ । एउटा समाचारमा यति आतंकित नभए हुन्थ्यो- कुनै दिन आफ्नै श्रीमतीलाई चिन्दिन भन्नु नपरोस् ।’ एमाले नेता सुरेन्द्र पाण्डे पार्टीमा स्वच्छ छविका नेताका रुपमा चर्चामा रहँदै आउनुभएको थियो । तर, एमालेकै कार्यकर्ताबाट पाण्डेमाथि आर्थिक लेनदेनको आरोप लागेको छ । युनिटीका सञ्चालकहरुले जनताको ठूलो धनराशी डुबाएर बिचल्नी पारेको अवस्थामा एमाले नेताहरुले युनिटीबाट ३३ वटा ल्यापटप र साढे ४ करोड चन्दा लिएको प्रमाणित भए जनताको पैसा बल्खुमा समेत पुगेको प्रमाणित हुने डरले एमाले नेताहरु आत्तिएका छन् । निवेदनमा दाबी गरिएअनुसार बुटवलको आठौं महाधिवेशनमा एमालेले ३ करोड ५० लाख रुपैयाँ युनिटीबाट चन्दास्वरुप लिएको थियो भने सुरेन्द्र पाण्डे अर्थमन्त्री भैसकेपछि दुईपटक गरी १ करोड रुपैयाँ र केन्द्रीय सदस्यका लागि भन्दै ३३ वटा ल्यापटप लगिएको थियो । हेर्नुहोस् बल्खुमा गत बैशाखमा परेको निवेदन    

metta · Jul 4, 2013 11:30 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all